२६ जेष्ठ २०७९, बिहीबार १६:०७ – Page 3 – Nagarikabhiyan : National News

सीजी मोटर्सद्वारा निटा ब्रान्डको ‘निटा भी’ विद्युतीय कार सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले वातावरणमैत्री विद्युतीय सवारीको व्यवसायमा प्रवेश गरेको छ । चौधरी ग्रुप १५० वर्ष भन्दा लामो समयदेखि विभिन्न व्यवसायमा संलग्न रहँदै आएको नेपालको प्रतिष्ठित व्यवसायिक घराना हो ।

भविष्यको सवारी ‘न्यू इनर्जी’ सवारी भएकाले चौधरी समूह विद्युतीय सवारी ब्रान्ड निटा नेपाली बजारमा सार्वजनिक गरेको छ । निटा ब्रान्ड चिनियाँ मोटर उत्पादक कम्पनी हो, जसले अटो मोबाइलले उत्पादन गर्दै आएको छ ।

सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पेट्रोलियम पदार्थको आयात घटाई व्यापार घाटा कम गर्ने सरकारी नीतिलाई सहयोग पु¥याउन आफूहरुले विद्युतीय सवारीको प्रवद्र्धन गरेको बताए ।

‘सरकारले नेपालको व्यापार घाटाको मुख्य कारक रहेको सवारी साधनमा प्रयोग हुने पेट्रोलियम पदार्थको खपत सन् २०५० सम्ममा आधामा झार्ने योजना बनाएको छ’, प्रबन्ध निर्देशक चौधरीले भने, ‘सरकारको यही योजनालाई सघाउन हामीले निजी र व्यवसायिक रुपमा प्रयोग हुने विद्युतीय सवारी साधनको विस्तारमा लागेका हौँ ।’

सीजी मोटर्सले चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी होजोन अटोका क्रस ओभर कार नेपाली बजारमा ल्याएको हो । अन्यअधिकांश सवारी उत्पादकले आइसी (इन्टरनल कम्बस्चन) इन्जिनयुक्त कारकै लागि डिजाइन गरिएको प्लेटफर्ममा विद्युतीय कार बनाउँदै आएको भएपनि निटा ब्रान्ड भने पूर्णरुपमा विद्युतीय सवारी उत्पादन गर्नकै लागि डिजाइन गरिएको कार भएकाले यो निक्कै इफिसियन्ट रहेको कम्पनीको भनाइ छ ।

सीजी मोटर्सले ‘सीजी रिभोलुसन’को नारासहित न्यू इनर्र्जी सवारीलाई प्राथमिकता दिने नीतिमा रहेका कारण धेरै रेन्जदिने, उपयुक्त मूल््यको विद्युतीय सवारी नेपाली उपभोक्तालाई उपलब्ध गराउन चाहेको थियो । नेपाली उपभोक्ताको चाहना र कम्पनीको उद्देश्य पूरा हुनेगरि होजोनले उत्पादन गरेको निटा ब्रान्ड सीजी मोटर्सले ल्याएको हो ।

सीजी मोटर्सले विश्ववातावरण दिवसको अवसर पारेर वातावरणमैत्री विद्युतीय सवारी निटा भी सार्वजनिक गरेको हो । विद्युतीय सवारीमा समकालीन विश्वको सबै भन्दा शक्तिशाली उत्पादकहरु चीनमै छन् । तिनै शक्तिशालीमध्येको एक होजोन अटोमोबाइल हो । होजोन न्यू इनर्जी अटोमोबाइल कम्पनी लिमिटेड विश्व विख्यात अटोमोबाइल कम्पनीमा काम गरिसकेका अनुभवी प्रविधिक तथा दक्ष व्यक्तिहरुको समूहले स्थापना गरेको कम्पनी हो ।

होजोन अटोले अमेरिकाको सिलिकनभ्यालीमा अटोनोमस भेहिकल रिसर्च सेन्टर सन् २०१८ मा स्थापना गरेको थियो । होजोन अटोमोबाइल चिनियाँ विद्युतीय सवारी उत्पादकहरुमा टप ब्रान्डमा पर्दछ । होजोनको मुख्य विशेषता भनेको उच्च प्रविधियुक्त सवारी र सवारीले दिने माइलेज हो ।

होजोनले निटा ब्रान्डका कार उत्पादनगर्दै आएको छ । सीजी मोटर्सले पहिलो चरणमा नेपालीबजारमा निटा भी कार ल्याएको हो । होजोनले२०२० मा निटा भी सार्वजनिकज निक गरेको थियो र २०२१ मा निटा यू प्रो र निटा एस सार्वजनिक गरेको थियो ।

सीजी मोटर्सले सुरुमा नेपाल ल्याएको निटा भीले एक पटकको फुल चार्जमा ३८०+९ल्भ्म्ऋ० किलोमिटर रेन्ज दिनेछ । निटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादककम्पनी सियाटलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ ।

निटा भीको अधिकतमगति १ सय १ किलोमिटर प्रतिघण्टा रहेको छ । निटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजारकिलोमिटर वारेन्टी दिइएको छ ।

फ्रन्ट एक्सएलमा रहेको विद्युतीय मोटरले ७० किलोवाट, ९५ पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्छ । यो कारमा गर्र्मीवा जाडो मौसममा समेत ब्याट्रीको दक्षता कम नहोस् भनेर अटोमेटिक हिटिङ तथाकुलिङ प्रणाली रहेको छ ।

होजोन अटोमोबाइलले २०२१ मा विभिन्न कम्पनीहरुसँग रणनीतिक साझेदारीका लागि सम्झौता गरेको छ । कम्पनीले सेन्स टाइम, होराइजन, रोबोटिक्स, हुवावे, सीएटीएल, थाइल्यान्ड पीटीटीसँग रणनीतिक साझेदारी गरेको हो । सीएटीएल विश्वको सबैभन्दा ठूलो विद्युतीय कारको ब्याट्री उत्पादक कम्पनीहो । र, निटामा सीएटीएलले नै उत्पादन गरेको लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ ।

नेपाली बजारमा उपलब्ध निटा भी विभिन्न ५ रंगमा उपलब्ध छ भने यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै सीजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ केडब्लूको चार्जर र एक वर्षको बीमाको सुविधा निःशुल्क उपलब्ध गराइने छ । सीजी मोटर्सका सीईओ हेमन्त अग्रवालले नेपालको यातायात क्षेत्रमै नयाँ आयाम ल्याउने लक्ष्यसहित नयाँ प्रविधि र नवीतम सोचसहित सवारी ल्याइएको बताए ।

‘सीजी मोटरले विद्युतीय सेगमेन्टमा निजी सवारी मात्र नभइ सार्वजनिक तथा कमर्सियल सवारी पनिल्याउँदै छ’, सीईओ अग्रवालले भने, ‘११ देखि १४ सिट क्षमताका भ्यान तथा माइक्रोबसलाई विद्युतीयले विस्थापन गर्ने गरि हामीले काम गर्दैछौं ।’

डिजेल/पेट्रोल सवारीले वातावरण प्रदूषण गर्ने भएकाले सीजी मोटरले विद्युतीय सवारी मात्र आयात गर्ने योजना बनाइएको उनको भनाइ छ । त्यस्तै, सीजी मोटर्सले १.५ र २.५ टन क्षमताको विद्युतीय पिकअप समेत छिट्टै नेपाली बजारमा उपलब्ध गराउने भएको छ ।
सीजी मोटर्सले स्टेट अफ आर्टमा आधारित वर्कसप तथाचार्जिङ नेटवर्क बनाउँदै जाने तयारीमा रहेको अग्रवालले बताए ।

‘हामी उपभोक्तालाई विश्वस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउनतयार छौं’, उनले भने, ‘उत्कृष्ट शाोरुम तथावर्कसप र हाइवेहरु तथा देशका मुख्य सहरमा चार्जिङ नेटवर्क निर्माणलाई तीब्रताका साथ अघि बढाइरहेका छौं ।’

अपाङ्गता भएकालाई दोस्रो दर्जाको हुन दिन्नौं : मन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अपाङ्गता भएका व्‍यक्तिहरुलाई दोस्रो दर्जाको हुन नदिने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

बिहीबार मन्त्रालयमा भएको अपाङ्गता भएका व्यक्तिहरुको समावेशी शिक्षा विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले अपाङ्गता भएकाहरुको समस्या राज्यको समस्या भएको बताए ।

मन्त्री पौडेलले सरकारमा सम्भव भएका ठाउँमा अपाङ्गता भएका व्यक्तिहरुलाई समेट्न लागिरहेको पनि बताए ।

‘म के विश्वास दिलाउन चाहन्छु भने धेरै कुराहरु समेटिँदै पनि गएका छन्, बाँकी रहेका कुराहरु पनि हामी समेटेर तपाईंहरुलाई दोस्रो दर्जाको नागरिकको अनुभुति हुन नदिने गरेर राज्यको तर्फबाट सम्मान हुनेछ’ उनले भने ।

मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले कस्ता अपाङ्गता भएका व्यक्तिलाई कसरी र कहाँ शिक्षादिक्षा दिने र उत्पादित जनशक्तिलाई कसरी प्रयोग गर्ने भन्ने समस्या रहेको बताए ।

उनले यससम्बन्धी कुनै दीर्घकालीन नीति र सोचाई नरहेको पनि बताए । ‘हामीले कस्ता अपाङ्गता भएका व्यक्तिलाई कसरी र कहाँ शिक्षादिक्षा दिने हो, उत्पादन भएकालाई कसरी बजारीकरण गर्ने हो रु भन्ने कुरा समस्या छ । न दीर्घकालीन नीति छ, न सोचाई छ’ सचिव कोइरालाले भने ।

बालेनको लौरो नुवाकोटे जनताको टाउकोमा बजारियो : एमाले सांसद

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले फोहोर व्यवस्थाापनको नाममा नुवाकोटे जनतामाथि प्रहरी दमन भएको भन्दै विरोध जनाएका छन् ।

प्रतिनिधि सभामा बैठकमा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०ले स्थानीय निर्वाचनमा पाएको चुनाव चिन्ह लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिएको टिप्पणी गरे । ‘स्थानीय चुनावमा चुनाव चिन्ह रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ’ सांसद खतिवडाले भने ।

काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि बन्चरेडाँडा जाँदै गर्दा स्थानीयबासिन्दासँग प्रहरीको झडप भएको थियो । सोही झडपतर्फ संकेत गर्दै सांसद खतिवडाले यस्तो बताएका हुन् । सांसद खतिवडाले थपे, ‘सभामुख महोदय, यही जेठ महिनाको २४ र २५ गते नुवाकोट जिल्लाको ककनी र धादिङको धुनीबेंसी बीचको बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने निहुँमा नुवाकोटे जनताहरुमाथि प्रहरी दमन भएको छ ।’

फोहोर व्यवस्थापनको नाममा नुवाकोटमा १७ वर्ष अगाडिदेखि वेतिथी भएको उल्लेख गर्दै उनले स्थानीय जनताको जायज माग सुनेर, ती मागहरु पुरा गरेर फोहोर व्यवस्थापन गर्ने व्यवस्था गर्नका लागि सरकारको ध्यानाकर्षण गरेका छन् ।

पाकिस्तानको पञ्जावमा ९ जनाको गोली हानी हत्या

पाकिस्तानको पञ्जाव प्रान्तमा अलग अलग स्थानमा भएका गोली प्रहारमा परेर कम्तीमा पनि नौ जनाको ज्यान गएको छ ।

गएको २४ घन्टा यता भएका ती हमलाहरुमा नौ जनाको हत्या भएको प्रहरीले जनाएको छ । अज्ञात समूहले बुधबार यहाँका विभिन्न स्थानमा अन्धाधुन्ध गोली हानेको जनाएको हो ।

पञ्जाव प्रान्तको शिखुपुरा जिल्लामा गोली हानेर चार जनाको हत्या गरिएको प्रहरीले जनाएको छ । सो स्थानमा बुधबार अपराह्न सवारी साधनमै गोली हानेर चार जना यात्रुको हत्या गरिएको प्रहरीले जनाएको छ ।

सडकमै गोली प्रहार गरेर चार जनाको हत्या गरेको सो अज्ञात व्यक्ति भाग्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरीले खोजी अभियानलाई जारी राखेको भए पनि बुधबार रातिसम्म पक्राउ गर्न सकेको छैन ।

त्यसैगरी पञ्जाव राज्यको भवलपुर जिल्लामा पनि भ्यानमा यात्रा गरिरहेका यात्रुमाथि गोली चलाइएको थियो । त्यसमा परेर पाँच जना मारिएका थिए ।सो घटनामा संलग्नको पनि प्रहरीले खोजी जारी राखेको बताएको छ ।

सडकमा गुडिरहेको भ्यानमा एक अज्ञात व्यक्तिले गोली हानेर भागेको थियो ।

मल आपूर्ति र फोहर व्यवस्थापनकाे मुद्दा संसदमा उठ्याे

काठमाडाैँ । प्रतिनिधिसभा सदस्यहरुले मलको अभावका कारण किसानहरु समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । लफलमा विषेष समय लिएर सांसद हृदयेश त्रिपाठीले मुलुकमा रासायनिक मल हाहाकार हुँदा पनि सरकारले ध्यान दिन नसकेको आरोप लगाउनुभयो । उहाँले यस्तै अवस्था रहेमा यसपाली धानको उत्पादनसमेत घटने छ भन्नुभयो । सांसद त्रिपाठीले प्रहरीका घुमुवाले विचौलिकाको काम गरिरहेको पनि जिकिर गर्नुभयो ।

सांसद कृष्णबहादुर राईले काठमाडौँ उपत्यकको फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । अर्का सांंसद गणेशसिंह ठगुन्नाले दार्चुलामा बुधबार एकल महिलालाई आगो लगाएर मारिएको छ भन्दै त्यस घटनाका दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गर्नुभयो ।

मल आपूर्ति र फोहर व्यवस्थापनकाे मुद्दा संसदमा उठ्याे

काठमाडाैँ । प्रतिनिधिसभा सदस्यहरुले मलको अभावका कारण किसानहरु समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । लफलमा विषेष समय लिएर सांसद हृदयेश त्रिपाठीले मुलुकमा रासायनिक मल हाहाकार हुँदा पनि सरकारले ध्यान दिन नसकेको आरोप लगाउनुभयो । उहाँले यस्तै अवस्था रहेमा यसपाली धानको उत्पादनसमेत घटने छ भन्नुभयो । सांसद त्रिपाठीले प्रहरीका घुमुवाले विचौलिकाको काम गरिरहेको पनि जिकिर गर्नुभयो ।

सांसद कृष्णबहादुर राईले काठमाडौँ उपत्यकको फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । अर्का सांंसद गणेशसिंह ठगुन्नाले दार्चुलामा बुधबार एकल महिलालाई आगो लगाएर मारिएको छ भन्दै त्यस घटनाका दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गर्नुभयो ।

काठमाडौंका जनप्रतिनिधिलाई प्रकाशमानको सुझाव– जनताको विश्वास जितेर काम गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकामा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको विश्वास जितेर काम गर्न सुझाव दिएका छन् ।

पार्टीबाट विजयी उम्मेदवारलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आज नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ९ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्न सुझाव दिए ।

‘जनताले विश्वास गरेका छन्, जनताको अझ बढी विश्वास जितेर काम गर्नुस्,’ नेता सिंहले भने, ‘आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्नुस् ।’

काठमाडौं महानगरपालिकामा मेयर पद नजिते पनि ३२मध्ये १९ वटा वडामा जितेको बताउँदै उनले चुनाव फेरि–फेरि पनि आउँछ भन्ने कुरालाई ख्याल गरेर काम गर्न सुझाव दिए । उनले भने, ‘मलजल गर्यो भने नेपाली कांग्रेस अझ राम्रो हुन्छ । पार्टी र संगठनलाई केन्द्रमा राखेर काम गर्नुस् ।’ समयको माग अनुसार नचले आउँदा दिन अझै कठिन हुने उनले बताए ।

पार्टीका नेताहरु वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतले गरेको त्याग र योगदानलाई नबिर्सन उनले सुझाव पनि दिए ।

 

बन्चरेडाँडा जान सकेनन् फोहोर बोकेका गाडी

काठमाडौं । काठमाडौंको फोहोर बिहीबार विहान बञ्चरेडाँडा ल्याण्डफिल साइट गएका छैनन् । सुरक्षाको प्रत्याभूति नभएपछि फोहोरका गाडी पठाउनेरनपठाउनेबारे अन्योल भएको छ ।
प्रहरीहरु नै घाइते हुने गरी झडप भएपछि बुधबार गएका गाडी फोहोर नखसाली काठमाडौैं आएका थिए ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटा गाडी नै तोडफोड भएकाले सुरक्षाको थप व्यवस्था गरेर मात्रै पठाउन छलफल भइरहेको बताउँछन् ।’सुरक्षा व्यवस्था मजबुत बनाएर गाडी पठाउन छलफल भइरहेको छ,’ उनले भने ।

हिजोको झडपमा चारजना प्रहरी र केही स्थानीयवासी पनि घाइते भएका थिए ।

प्रहरीले पनि सुरक्षा दिन नसकेपछि फोहोर बोकेका सवारीलाई काठमाडौं नै फर्काइएको श्रेष्ठले थियो । फोहोर फाल्न नपाएपछि काठमाडौंमा फोहोर उठ्न बन्द भएको छ ।

शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो । तर स्थानीयले फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच भएको सहमति नमान्ने भन्दै अवरोध गरेका थिए ।

सहमतिमा धुनिबेसी नगरपालिकाको १, ३ र ४ तथा ककनीको १,२ र ३ नम्बर वडाका स्थायी बासिन्दाको स्वास्थ्य बीमा बोर्डबाट दोहोरो नपर्ने गरी स्वास्थ्य बीमा गर्न एक हप्ताभित्रै काम सुरु गर्ने, यस क्षेत्रमा विगतबाट उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने, १० दिनभित्र ल्यान्डफिल साइटको दुर्गन्ध हटाउने गरी रसायन छर्ने प्रतिवद्धता काठमाडौं महानगरपालिकाले गरेको थियो ।

असार मसान्तपछि स्रोतमै फोहोर छुट्याएर मात्रै ल्यान्डफिल साइटमा लैजाने प्रतिवद्धता महानगरपालिकाले गरेको थियो । त्यतिन्जेलसम्म महानगरमा हाल थुप्रिएका फोहोर लगेर फालेपछि माटोले उचित तरिकाले पुर्ने प्रतिवद्धता पनि महानगरपालिको जनाएको थियो । साउन १ देखि फोहोर श्रोतमै वर्गीकरण गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता पनि महानगरले गरेको छ । वातावरणीय प्रभाव मूल्यांकनका आधारमा ६ महिनाभित्र सिसडोलको डम्पिङसाइटमा पोस्ट क्लोजर प्रक्रिया सुरु गर्न पनि महानगरपालिका सहमत भएको थियो ।

तर यो सहमतिमा स्थानीय वासिन्दाले चित्त बुझाएनन् । स्थानीयवासीका अनुसार केही जनप्रतिनिधिहरुलाई लोभ र त्रास देखाएर हस्ताक्षर गराएको र संघर्ष समितिलाई बेवास्ता गरेकाले अवरोध गरिएको हो । यो सहमति हुँदा बञ्चरेडाँडा क्षेत्रका वासिन्दा र संघर्ष समितिलाई सहभागी गराइएको थिएन ।

स्थानीय संघर्ष समितिलाई अवहेलना गरिएकाले अवरोधमा उत्रिएको समितिका सदस्य श्रीहरि ढकाल बताउँछन् । बिहीबार पनि आफूहरुको अवरोध निरन्तर रहहेको उनी बताउँछन् ।

रक्षा, अर्थ, शिक्षा र खानेपानी मन्त्रालयको खर्च एक रुपैयाँ कायम गर्न एमालेको प्रस्ताव

 काठमाडौं । नेकपा एमालेले रक्षा, अर्थ, शिक्षा र खानेपानी मन्त्रालयको खर्च कटौती गरेर एक रुपैयाँ कायम गर्न प्रस्ताव गर्ने भएको छ । आजको प्रतिनिधि सभा बैठकमा एमाले सांसदहरुले रक्षा, अर्थ, शिक्षा र खानेपानी मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गर्ने भएका हुन् ।

संसद सचिवालयले सार्वजनिक गरेको आजको बैठकको कार्यसूचीमा यज्ञराज सुनुवारले शिक्षा मन्त्रालयको, सूर्यप्रसाद पाठकले खानेपानी मन्त्रालयको, भीम रावलले अर्थ मन्त्रालयको र नवराज सिलवालले रक्षा मन्त्रालयको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।

आजको बैठकमा सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुगौ पौडेलले र नेमकिपाका प्रेम सुवालले पनि यी चार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गर्ने उल्लेख छ ।

छायाँ सेन्टरले निःशुल्क शौचालय उपलब्ध गराउने

काठमाडाैँ । राजधानीको प्रमुख पर्यटकी क्षेत्र ठमेलस्थित छायाँ सेन्टरले सर्वसाधरणलाई निःशुल्क शौचालय उपलब्ध गराउने भएको छ । काठमाडौँ महानगरपालिकाको ‘निःशुल्क शौचालय’ अभियानमा ऐक्यबद्धता जनाउँदै सेन्टरले व्यापारिक भवनभित्र रहेका १२ वटै शौचालय सबैका लागि निःशुल्क उपलब्ध गराएको छ ।

छायाँ सेन्टरका सञ्चालक एवं वरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डेले विदेशी पर्यटकका साथै सर्वसाधरणलाई सहज हुनेगरी निःशुल्क शौचालयको व्यवस्था गरिएको बताउनुभयो । उहाँले महानगरपालिकाको घोषित निःशुल्क शौचालय सेवाको अभियानमा जोडिन पाउँदा खुसी लागेको भन्दै महानगरपालिका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डङ्गोल तथा ३२ वटै वडाध्यक्ष तथा सदस्यहरुप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।

“मेयर शाहबाट घोषित निःशुल्क शौचालय सेवाको अभियानमा ठमेल–२६ स्थित छायाँ सेन्टर, पर्यटकीय व्यापारिक कम्प्लेक्सले सहभागिता जनाउने निर्णय गरेको जानकारी गराउँछौँ’’, सेन्टरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पोखरीमा डुबेर बालिकाको मृत्यु

महोत्तरी । यहाँको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा बुधबार साँझ पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय किशोर सदाकी छोरी ६ वर्षीया आँचल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । बालिकाको शव परीक्षणका लागि गए राति प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ ।

कञ्चनपुर जिससमा कांग्रेसको प्यानल निर्विरोध

कञ्चनपुर । जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नेपाली कांग्रेसका दुर्गादत्त बोहरा निर्विरोध चयन हुनुभएको छ ।

जिसस प्रमुखमा कांग्रेसको मात्र उम्मेदवारी परेको थियो । जिसस उपप्रमुखमा कांग्रेसकै रामकुमारी राना निर्विरोध चयन हुनुभएको छ ।

जिसस सदस्यहरुमा मोहन महता, रामसिंह भण्डारी, जयसिंह विष्ट, लिला चौधरी, चन्द्रावती थापा, विमलाकुमारी सार्की र अन्जुदेवी राना निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिससमा अन्य दलले उम्मेदवारी दिएका थिएनन् ।

भारतलाई विजुली बेचेर दैनिक झण्डै साढे सात करोड कमाउदै नेपाल

काठमाडौं । नेपालले दैनिक करिब साढे सात करोड रुपियाँको विद्युत् भारत निर्यात गर्न सुरु गरेको छ ।

बुधबार रातिदेखि नेपाल विद्युत् प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज ९आईआईएक्स०मा नेपालका पाँच आयोजनाको कुल ३१२ मेगावाट विद्युत् निर्यात सुरु गरेको हो ।

बुधबार रातिदेखि बिहीबार मध्यरातसम्म छ हजार आठ सय मेगावाट घण्टा निर्यात हुने भएको छ । नेपालको बिजुलीले महँगो मूल्य पाइरहेको छ ।

बुधबार मध्यराति १२ बजेदेखि बिहीबार मध्य रातिसम्मका लागि प्रतियुनिट औसत भारतीय छ रुपियाँ ८८ पैसा ९११ रुपियाँ नेपाली०मा बिक्री भएको हो ।

यसअनुसार यो २४ घण्टामा छ हजार आठ सय मेगावाट घण्टा नेपालबाट बिजुली निर्यात हुने भएको हो । यो आँकडाअनुसार बिहीबार मात्रै सात करोड ४८ लाख ५४ हजार रुपियाँको बिजुली निर्यात भएको छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

अत्यधिक वर्षाले मेलम्ची आसपासमा जाेखिम, फट्टेको पुलमा क्षति

सिन्धुपाल्चोक । अत्यधिक वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदी आसपास क्षेत्र प्रभावित बनेको छ । गए रातिको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति पुगेको छ ।

वर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युमपाइप जडित फट्टेको पुलमा क्षति पुगेको छ । पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ । अहिले मेलम्ची नगरप्रमुख आइतमान तामाङ, वडा नं ११ का अध्यक्ष चन्द्रबहादुर तामाङसहितको टोलीले उक्त क्षेत्रको अनुगमन गरेपछि पुलको मर्मत थालिएको छ । मेलम्ची नगरपालिका–७ र ११ जोड्ने फट्टेमा अस्थाई कल्भर्टमा क्षति पुगेसँगै यातायात सेवा अवरूद्व भएको छ ।

भारतको उत्तर प्रदेश र बिहारको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभावले नेपालको मैसममा खराबी

काठमाडौं । नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभावका साथै भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

उक्त मौसमी प्रणालीको प्रभावका कारण अहिले प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहको छ ।

प्रदेश १ र मधेसका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

राजधानी काठमाडौँ उपत्यकामा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । उपत्यकामा पूर्ण रुपमा बदली छ ।

दिउँसो प्रदेश १, मधेश प्रदेस, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

काठमाडौँको अधिकतम तापक्रम २८ र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ ।

बिहीबारकाे वाचा पूरा गरे मन्त्री आलेले, चलचित्र निर्माणका लागि दिए आफ्नो ५ महिनाको तलव

काठमाडौं । पर्यटनमन्त्री प्रेमबहादुर आलेले फिल्म ‘सर्वजीत’ निर्माणका लागि पूर्वघोषित प्रतिबद्धता अनुसार पाँच महिनाको तलब दिएका छन्र । उनले चलचित्रका निर्देशक दिनेश डिसीलाई उक्त रकम उपलब्ध गराएका हुन् ।

दलित आन्दोलनका अभियन्ता भगत सर्वजीत विश्वकर्माको जीवन चित्रण गर्ने चलचित्र सर्वजित यही भदौबाट छाँयांकन हुँदै छ ।

मन्त्री आलेले बिहीबार  नै चलचित्रको शुभमूहुर्तको बेला प्रधानमन्त्री निवास वालुवाटारमा चलचित्र निर्माणका लागि आफ्नो ५ महिनाको तलव लेभी काटेर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

मन्त्री आलेद्वारा हस्तान्तरित कार्यक्रममा दलित महिला नेपालकी संस्थापक अध्यक्ष गौराको समेत उपस्थिति रहेको थियो ।