१३ मंसिर २०७८, सोमबार १४:४४ – Page 6 – Nagarikabhiyan : National News

भोटिङ मेसिनको मतदान बदर नहुने, उम्मेदवारका नाम र तस्बिर सेट गर्न झन्डै आठ घन्टा लाग्ने

काठमाडौं ।नेकपा एमाले महाधिवेशनका लागि ७२ वटा भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ । आधाभन्दा बढी पदमा सर्वसम्मत भएको जनाउँदै प्रावधिक टोलीले ७२ वटा मेसिन निर्वाचनका लागि तयारी अवस्थामा राखेको हो ।

‘अहिले मतदानका लागि ७२ वटा मेसिन तयारी अवस्थामा छन्, आवाश्यक परेको खण्डमा एक सय मेसिन थप राख्न सकिन्छ ?’ रामलक्ष्मण इन्भेट्सका डाईरेक्टर लक्ष्मण पाण्डले न्युज कारखानासँग भने, ‘धेरै जसो पदमा सर्वसम्मत भएको बुझिएकाले अनुमान गरेको भन्दा कम मेसिन राखिएको हो ।’ उनका अनुसार भोटिङ मेसिनमा मत बदर हुने सम्भावना रहेको हुन्न । ‘भोटिङ मेसिनमा बदरको सम्भावना हुँदैन किन भने यसले ‘एस’ वा ‘नो’ भन्ने बाहेक अन्य विकल्प दिँदैन, सतप्रतिशत मत खस्छ’ पाण्डेले अगाडी भने, ‘मत हालिसकेपछि प्रिन्ट पनि अटोमेटिक दिन्छ ।’ उनका अनुसार निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेपछि उम्मेदवारको नाम र तस्बिर सिस्टममा अपग्रेड गर्न भने झन्डै ७-८ घन्टा भने लाग्नेछ ।

बस्नेतले पाए माओवादी केन्द्रीय सल्लाहकारको जिम्मेवारी

१३ मंसिर, काठमाडौं । दश वर्षे जनयुद्धको दौरानमा आफ्ना दुई छोरा गुमाएका झापाका भीमबहादुर बस्नेतले नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकारको जिम्मेवारी प्राप्त गरेका छन् ।

माओवादी केन्द्रको पछिल्लो स्थायी समितिको वैठकले बस्नेतलाई सो जिम्मेवारी दिएको हो । माओवादी केन्द्रको विधान अनुसार केन्द्रीय सल्लाहकारलाई केन्द्रीय सदस्य सरहको मर्यादा दिइएको छ ।

बस्नेतले विगतमा माओवादीको झापा जिल्ला सदस्य, कोचिला राज्य समिति सल्लाहकार, वेपत्ता योद्धा परिवार समाजका संस्थापक सहसंयोजक लगायतको जिम्मेवारीमा रही आफ्नो भूमिका निर्वाह गरेका थिए । बस्नेत विगतमा माओवादीको तत्कालीन हेटौंडा महाधिवेशन प्रतिनिधि र विराटनगर राष्ट्रिय सम्मेलन प्रतिनिधिको रुपमा समेत सहभागी थिए ।

वि.सं.२०६० देखि बस्नेतका माइला छोरा पुष्पराज बस्नेत र कान्छा छोरा धीरेन्द्र बस्नेत तत्कालीन सेनाको भैरवनाथ गणबाट हालसम्म वेपत्ता बनाइएका छन् । द्वन्द्वकालमा राज्यपक्षबाट वेपत्ता पारिएकाहरूलाई सार्वजनिक गराउन माग गर्दै भएको आन्दोलनमा बस्नेतले लामो समयसम्म नेतृत्व गरेका थिए ।

तीन दिनको विवाह कार्यक्रमका लागि कट्रिना-विक्कीले बुक गरे ४५ होटल

१३ मंसिर, काठमाडौं । बलिउड कपल विक्की कौशल र कट्रिना कैफले विवाह गर्न लागेको खबर त अब नयाँ भएन । उसो त यी दुईले अहिलेसम्म विवाहको विषयमा कुनै औपचारिक घोषणा गरेका छैनन् ।

तर, डिसेम्बर ७ देखि ९ सम्म

विक्की र कट्रिनाको बिहेमा बलिउडकर्मी, आफन्त र साथीभाइहरुको बाक्लो उपस्थिति हुनेछ । यसैले पनि विवाह समारोहलाई भव्य बनाउन यी दुईले कुनै कसर बाँकी नराख्ने देखिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार विक्की र कट्रिनाको विवाहका लागि ४५ वटा होटल बुक गरिएको छ । महंगा र आरामदायी होटलमा विवाहमा पुगेका पाहुनाहरु बस्नेछन् ।

यी दुईले विवाह गर्दैछन् । विवाहका लागि केही समय अगाडिबाट नै तयारी पनि शुरु गरिएको छ ।

तनहुँ जलविद्युत आयोजना निर्माणमा ढिलाइ नगर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सोमबार निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण भ्रमण गरेकी छिन् । मन्त्री भुसालले नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माण स्थल र निर्माणाधीन भूमिगत विद्युतगृह, टेलरेस, सुरुङलगायतका संरचनाको निरीक्षण गरिन् ।

मन्त्री भुसालले सरकारी तहबाट निर्माण भइरहेको जलाशययुक्त आयोजनाको काममा बिलम्ब नगरी तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिइन् । ‘कुलेखानी बाहेक सञ्चालमा रहेका सबै आयोजनाहरु नदीको बहावमा आधारित भएकोले हिउँदमा उत्पादन घट्दा मुलुकभित्रको माग धान्न अझै पनि विद्युत आयात गर्नु पर्ने र वर्खामा खपत गर्न नसकी खेर फाल्नु पर्ने अवस्था छ,’ भुसालले निर्देशन दिंदै भनिन्,’यस्तो अवस्थाको अन्त्यका लागि रणनीतिक महत्वको जलाशययुक्त तनहुँ आयोजनाको निर्माण स्रोत, साधन, स्थानीय समस्यालगायतका कारणले ढिलाइ हुनुहुँदैन, तोकिएकै समय र लागतका सम्पन्न गर्नु पर्छ ।’

निर्माण कार्यमा स्थानीय तह र अन्तरमन्त्रालय समन्वयका साथ अगाडि बढाउनु पर्ने उल्लेख गर्दै उनले निर्माणमा आई पर्ने समस्या तत्काल जानकारी गराउन र त्यस्ता समस्या समाधान गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आयोजनाको जलासय बनेपछि यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने र त्यसबाटे स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिन सक्ने बताइन् ।

आयोजनाको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध-सञ्चालक किरण कुमार श्रेष्ठले निर्माणमा हालसम्म प्राप्त भौतिक तथा वित्तीय प्रगति, व्यहोरिएको समस्यालगायतका विषयमा जानकारी गराएका थिए ।

आयोजनाको पहिलो प्याकेजका निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम-कालिका कन्सट्रक्सन (प्रा. लि.) नेपाल जेभीसँगको ठेक्का सम्झौता १४ भदौ २०७८बाट कार्यान्वयनमा आएको छ । सोङ्ग दा-कालिका जेभीले आफ्नो कार्यालय, श्रमिक आवास सुविधा, मोवाइल क्रसर प्लान्ट स्थापना गरी नदी फर्काउने कार्य सुरु गरेको छ ।

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजको निर्माण कार्य जारी छ । ठेकेदार कम्पनीले केबुल सुरुङ, मुख्य पुहँच सुरुङ निर्माण सम्पन्न गरी भूमिगत विद्युत गृह खनिरहेको छ । सर्जट्यांकतर्फको पहुँच सुरुङ्ग निर्माण सम्पन्न गरेको छ ।

आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य भइरहेको छ । अहिलेसम्म ३० वटा टावरको जग हाल्ने कार्य सम्पन्न भई  आठ वटा टावर ठडाइएको छ ।

आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले  १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

साराको सहारा ‘गुञ्जन’

१३ मंसिर, काठमाडौं । करिब दुई वर्षपछि चलचित्र क्षेत्र चलायमान हुन थालेसँगै नयाँ ‘प्रोजेक्ट’ शुरु गर्न निर्माताहरु उत्साहित भएका छन् । यस्तै रोकिएका चलचित्रको छायांकन पनि धमाधम हुन थालेको छ ।

कोरोना महामारी नियन्त्रणका लागि लगाइएको लकडाउनअघि छायांकन हुँदाहुँदै रोकिएको चलचित्र ‘गुञ्जन’को एक गीतको छायांकन दुबईमा भएकोसाराले सार्वजनिक गरेको तस्वीरमा उनको सुन्दरताको प्रशंसा भइरहेको छ । साराका लागि चलचित्र ‘गुुञ्जन’ विशेष छ । किनकि, यो चलचित्र बक्स अफिसमा सफल भएको खण्डमा साराको करिअरका लागि सुखद् हुनेछ । यसअघिका तीनवटा चलचित्र असफल भएपछि साराका लागि ‘गुञ्जन’ करिअरको सहारा नै बनेको छ । छ । यो गीतको छायांकन गर्न दुबई पुगेकी नायिका सारा सिर्पालीको एक तस्वीरले सामाजिक सञ्जालमा राम्रै चर्चा पाएको छ ।

ओमिक्रोनका कारण जापानले सबै विदेशी यात्रुमाथि रोक लगायो

१३ मंसिर, काठमाडौं । जापानले सबै विदेशी यात्रुलाई प्रवेशमा रोक लगाएको छ । विभिन्न मुलुकमा नयाँ कोरोना भाइरस फैलिने क्रमबीच जापानले अन्तर्राष्ट्रिय यात्रुलाई प्रवेशमा रोक लगाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् ।

सोमबार जापानी प्रधानमन्त्री फुमिओ किशिदाले सबै विदेशी यात्रुलाई मुलुक प्रवेशमा रोक लगाउने बताए ।

‘जापानमा देखिन सक्ने सबैभन्दा खराब अवस्था नियन्त्रणका लागि पूर्वसावधानी स्वरुप यो कदम चालेका हौं,’ किशिदाले भने । मंगलबारदेखि विदेशी यात्रुलाई प्रवेशमा रोक लगाइने उनको भनाइ थियो ।

त्यस्तै, किशिदाले मानिसहरूलाई नयाँ ओमिक्रोन भेरियन्टबारे थप विवरण नआइन्जेलसम्म मास्क लगाउन र भाइरसविरुद्धका अन्य आधारभूत नियम निरन्तर पालना गर्न समेत आह्वान गरेका छन् ।

यसै महिनाको सुरुमा जापानले आफ्नो अन्तर्राष्ट्रिय सीमाना खुकुलो पार्दै छोटो समयका लागि व्यापारी, विदेशी विद्यार्थी र कामदारलाई प्रवेश गर्न दिने बताएको थियो । तर पछिल्लो निर्णयसँगै सीमानामा पुन: कडाइ हुने भएको छ ।

नयाँ कोरोना भेरियन्ट फैलिन थालेपछि विभिन्न मुलुकले अन्तर्राष्ट्रिय यात्रामाथि कडाइ गर्न थालेपछि जापानले पछिल्लो निर्णय लिएको हो ।

यसअघि इजरायलले आइतबार सबै विदेशी यात्रुलाई प्रवेशमा रोक लगाउने निर्णय गरिसकेको छ । त्यस्तै मोरक्कोमा आजदेखि अन्य मुलुकबाट हुने सबै उडान बन्द गरिँदै छ । बेलायत, अमेरिकासहितका विभिन्न मुलुकले दक्षिण अफ्रिकी मुलुबाट हुने यात्रामाथि प्रतिबन्ध लगाइसकेका छन् ।

कालीकोटमा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

१३ मङ्सिर, मान्म (कालीकोट) । कालीकोटको नरहरीनाथ गाउँपालिका-१ कोटवाडामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कर्णाली करिडोरको लालीघाट बजारबाट सुनथराली विमानस्थलतर्फ जादैँ गरेको बा५ख ४६४३ नं को मिनि ट्रक कोटवाडामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मिनि ट्रकमा सवार नरहरीनाथ-१ कोटबाडाका ५८ वर्षीया जयबहादुर विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकमा चार जना सवार रहेका र ट्रक मालिक नेत्रबहादुर विष्ट घाइते भएको प्रहरीले जनाएको छ । घाइते विष्टको थप उपचारका लागि जिल्ला अस्पताल कालीकोट ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।निर्माणधीन सुनथराली विमानस्थलका लागि निर्माण सामग्री बोकेको मिनि ट्रक दुर्घटना भएको स्थानीय जमानसिंह विष्टले बताए । मिनि ट्रकका चालक र सहचालक सकुसल रहेको प्रहरीले जानकारी दिएको छ ।

वैवाहिक जीवनमा बाँधिइन् रेश्मा घिमिरे

काठमाडौं । नायिका तथा मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिएकी छन् । सोमबार उनले अमेरिकामा बस्दै आएका प्रभात बाबुसँग विवाह गरेकी हुन् ।

रेश्मा र प्रभातको विवाह समारोह विराटनगरको एक रिसोर्टमा चलिरहेको छ । उनीहरुको बिहेमा आफन्त, परिवार, साथीभाइ र केही चलचित्रकर्मीको मात्र उपस्थिति छ । नायिका वर्षा राउत रेश्मालाई शुभकामना दिन विराटनगर पुगेकी छन् । वर्षा र रेश्मा नजिकका साथी हुन् ।

सपोर्ट लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडलेको संस्थापक समूहको सेयर लिलामी सेयरमा आवेदन गर्ने अन्तिम दिन आज रहेको छ । संस्थाले १५ हजार ८ सय ५० कित्ता संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले आज मंसिर १३ गते कार्यलय समयसम्ममा बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त सेयरको न्यूनतम मूल्य ५ सय ५० रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम एक सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन्  ।

एनएलजी इन्स्योरेन्सद्धारा बीमा सर्भेयरका लागि सूचिकृत हुन आग्रह, ३५ दिनभित्र आवेदन दिनुपर्ने

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा सर्भेयरका लागि सूचिकृत हुन आग्रह गरेको छ ।

कम्पनीले एक सूचना जारी गर्दै चालु आर्थिक वर्षको लागि सो कम्पनीमा आउने बीमा दाबीको क्षति मूल्यांकन कार्य गर्नको लागि सर्भेयरहरुको सूचि तयार गर्नको लागि सूचिकृत हुन आग्रह गरेको हो ।

कम्पनीले बीमा समितिबाट मूल्याङ्कनकर्ता (सर्भेयर) को इजाजत प्राप्त इच्छुक व्यक्ति।फर्म।कम्पनीलाई ३५ दिनभित्र प्रधान कार्यालयमा आवश्यक कागजातसहित सूचिकरणको लागि आवेदन गर्न आग्रह गरेको छ ।

तनहुँ सेती जलविद्युत् आयोजनाको निर्माणको काम तीव्र गतिमा लैजानमन्त्री भुसालको निर्देशन

तनह । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अर्धजलाशययुक्त आयोजनाका रुपमा रहेको तनहुँ सेती जलविद्युत् आयोजनाको काम तीव्र गतिमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

निर्माणाधीन १४० मेगावाट जडित क्षमताको सो आयोजनाको आज स्थलगत निरीक्षण गर्दै उहाँले सरकारी तहबाट निर्माण भइरहेको अर्धजलाशययुक्त आयोजनाको काममा विलम्ब नगरी तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिए ।

“कुलेखानीबाहेक सञ्चालनमा रहेका सबै आयोजना नदीको बहावमा आधारित भएकाले हिउँदमा उत्पादन घट्दा मुलुकभित्रको माग धान्न अझै पनि विद्युत् आयात गर्नुपर्ने र बर्खामा खपत गर्न नसकी खेर फाल्नुपर्ने अवस्था छ”, मन्त्री भुसालले भने, “यस्तो अवस्थाको अन्त्यका लागि रणनीतिक महत्वको अर्धजलाशययुक्त तनहुँ आयोजनाको निर्माण स्रोत, साधन, स्थानीय समस्यालगायत कारणले ढिलाइ हुनुहुँदैन, तोकिएकै समय र लागतका सम्पन्न गर्नुपर्छ ।”निर्माण कार्यमा स्थानीय तह र अन्तरमन्त्रालय समन्वयका साथ अगाडि बढाउनुपर्ने उल्लेख गर्दै उहाँले निर्माणमा आइपर्ने समस्या तत्काल जानकारी गराउन र त्यस्ता समस्या समाधान गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उनले आयोजनाको जलाशय बनेपछि यस क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने र त्यसबाट स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिनसक्ने बताए ।

मन्त्री भुसालले आयोजनाअन्तर्गत नदी फर्काउने, बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माणस्थल र निर्माणाधीन भूमिगत विद्युत्गृह, टेलरेस, सुरुङलगायत संरचनाको निरीक्षण गर्नुभएको थियो । आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठले निर्माणमा हालसम्म प्राप्त भौतिक तथा वित्तीय प्रगति, व्यहोरिएको समस्यालगायत विषयमा जानकारी गराउनुभएको थियो ।

आयोजनाको पहिलो प्याकेजका निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन ९प्रा० लि नेपाल जेभीसँगकोे ठेक्का सम्झौता १४ भदौ २०७८ बाट कार्यान्वयनमा आएको छ । सोङ दा–कालिका जेभीले आफ्नो कार्यालय, श्रमिक आवास सुविधा, मोबाइल क्रसर प्लान्ट स्थापना गरी नदी फर्काउने कार्य सुरु गरेको छ ।
आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजको निर्माण कार्य जारी छ । ठेकेदार कम्पनीले केबुल सुरुङ, मुख्य पहुँच सुरुङ निर्माण सम्पन्न गरी भूमिगत विद्युत् गृह खनिरहेको छ । सर्जट्यांकतर्फको पहुँच सुरुङ निर्माण सम्पन्न गरेको छ ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य भइरहेको छ । अहिलेसम्म ३० टावरको जग हाल्ने कार्य सम्पन्न भई आठ वटा टावर ठड्याइएको छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।

कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत० ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडीबीले  १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

नेपाल बैंकको साधारण सभा यही पुस २ गते, के–के छन् एजेण्डा ?

काठमाडौं । नेपाल बैंक लिमिटेड ६२ औँ वार्षिक साधारण सभा यही आउँदो पुस २ गते हुने भएको छ । बिहीबार बसेको सञ्चालक समितिको अठारौँ बैंठकले साधारण सभाको मिति तय गरेको हो ।

साधारण सभाको बैठक प्रधान कार्यालय, धर्मपथ काठमाडौँमा हुने बैंकले सूचनामार्फत जानकारी गराएको छ। बैठक बिहान ११ बजे जुममार्फत सुरु हुनेछ। साधारण सभामा बैंकले आर्थिक वर्ष २०७७-७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७७-७८ को नाफा-नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुुसूचीहरु छलफल गरी पारित गर्नेछ ।

बैंकले हालको चुक्तापुँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६२४ रुपैयाँको तीन प्रतिशतको दरले हुन आउने सैँतीस करोड एकानब्बे लाख दुई हजार सात सय अन्ठाउन्न रुपैयाँ र बहत्तर पैसा नगर लाभांश वितरण गर्ने प्रस्ताव गर्ने तयारी गरेको छ।

त्यस्तै सभामा आव २०७८-७९ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तयारी गरेको छ।

त्यसैगरी साधारण सभामा सञ्चालक समितिबाट प्रस्तावित हालको चुक्तापुँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६२४ रुपैयाँको चौध प्रतिशतको दरले हुने आउने एक अर्ब ७६ करोड एकानब्बे लाख छयालीस हजार दुई सय सात रुपैयाँ र छत्तीस पैसा रकम बराबरको बोनस सेयर वितरण गर्ने तयारी रहेको छ।

मिदास ई-क्लासको नयाँ भर्सन, अब अनलाइनमै पढ्न पाइने

काठमाडौं । शिक्षा क्षेत्रको प्रतिष्ठित नेपाली अनलाइन लर्निङ प्लेटफर्म मिदास ई-क्लासको नयाँ भर्सन सार्वजनिक हुने भएको छ । कम्पनीले सहरका दक्ष तथा नामी शिक्षकहरू मार्फत सर्वसुलभ मूल्यमा ग्रामीण क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने उद्देश्यका साथ नयाँ संस्करण ल्याउन लागेको हो ।

आन्तरिक रुपमा सफ्ट लञ्च गरिसकेको कम्पनीले अबको एक साताभित्र यसको औपचारिक सुरुवात गर्ने भएको छ । विगत तीन वर्ष अघि नै मिदासले विद्यार्थीको अध्ययन/सिकाइलाई सहयोगी र प्रभावकारी बनाउने उद्देश्यले पुरानो भर्सनलाई स्थगित गरेको थियो ।

इन्टरनेटको पहुँच बढेसँगै शैक्षिक सामग्री प्रशस्त मात्रामा उपलब्ध हुन थालेपछि कम्पनीले सन् १०१७ मा आफ्नो सेवा बन्द गरेको थियो । नयाँ आएका कम्प्युटरहरूमा विन्डोज १९९७ मा बनाइएका मिदास ई-क्लासका सीडी चक्काहरू चल्न छोडेपछि कम्पनीले बजारमा आफ्नो छवि बिग्रिने ठानेर त्यसलाई पनि रोकेको थियो ।

अब भने कम्पनीले नयाँ रणनीतिका साथ ई-क्लासको नयाँ भर्सन ल्याउन लागेको हो । यसमा विद्यालयदेखि विश्वविद्यालय तहसम्मका अनलाइन कक्षा रहने कम्पनीका संस्थापक छत्र कार्कीले जानकारी दिए ।

मिदास ई-क्लास अब रेकर्डेड कक्षाहरूलाई नभई लाइभ कक्षाहरूमा केन्द्रित हुने उनको भनाई छ । सुरुवाती समयमा सीडी चक्का तथा पेनड्राइभ मार्फत अध्ययन सामग्री उपलब्ध गराउँदै आएको मिदास ई-क्लासले सन् २०१७ पछि आफ्नो छुट्टै एप सार्वजनिक गरेको थियो ।

सिकाइ अनुभवमा आधारित हुनुपर्ने बुझाईका साथ मिदास कहिल्यै पनि सिकाइमा सैद्धान्तिक ज्ञान र परीक्षा केन्द्रित नभएको संस्थापक कार्कीले बताए । ‘एपमार्फत परीक्षामा कसरी लेख्ने, कसरी लेख्दा राम्रो अङ्क ल्याउन सकिन्छ भन्ने कुराको जानकारी दिने योजना बनाएका छौँ,’ उनले भने ।

विद्यार्थीको चौतर्फी विकासका लागि तयार गरिएको एपमा गुणस्तरीय शिक्षा दिँदै आएका शिक्षण संस्थामा आवद्ध दुई सय शिक्षकहरू जोडिएको कम्पनीले बताएको छ । विद्यार्थीको भूगोल र स्थानीय परिवेश अनुसारको शिक्षा दिनका लागि मिदासले स्थानीय तहसँग समेत समन्वयको काम गरिरहेको छ ।

त्यस्तै शिक्षकहरूलाई पनि आवश्यक तालिमको व्यवस्था  आफूहरूले गरिरहेको प्रबन्ध निर्देशक कार्कीले बताए । विद्यालयमा स्कुलको व्यवस्थापन मात्र सुधारेर नहुने भन्दै उनी विद्यार्थीको सहजतालाई पनि ध्यान दिनुपर्ने उनको बुझाई छ ।

‘मेरा ग्राहक त विद्यार्थी र शिक्षक दुवै हुन् । त्यसो हुँदा मैले दुवैको सुविधालाई मध्यनजर गर्नु जरुरी थियो । मैले त विद्यार्थीको गुणस्तरीय सिकाइका अहिले एपमा भने प्रश्न उत्तर सन्दर्भ सामग्रीका रुपमा राखेको उनले बताए ।

परीक्षा लेख्ने तौर तरिका र छुटाउन नहुने कुराहरूको भिडिओ सामग्री एपमा समावेश छ । करिब तीन वर्ष लगाएर तयार गरिएको मिदासको नयाँ भर्जन २.० मा दुईसय भन्दा धेरै शिक्षामा विशेषज्ञता भएका व्यक्ति सामेल भएको उनले सुनाए ।

विद्यालयका लागि जुन सुविधा उपलब्ध गराउन चुनौतिपूर्ण हुन्छ । त्यही काम धेरै विद्यार्थीका लागि तयार गर्न मिदासले सक्छ । विद्यालयले चाहेर पनि विद्यार्थीलाई दिन नसकेको सुविधा मिदासले अनलाइनबाट उपलब्ध गराउने कार्कीले बताए ।

‘समय सापेक्ष र प्राविधिक शैक्षिक क्रियाकलापहरू ग्रामीण भेगका शिक्षकहरूले गराउँन सक्दैनन् । जसका लागि मिदासले नै आवश्यक तालिम दिएर आवश्यक शिक्षक तयार पारिरहेको छ,’ उनले भने ।

यति मात्र होइन, शिक्षकहरूले रचनात्मक शैक्षिक क्रियाकलाप र सिकाइ सामग्री सम्बन्धी भिडिओ बनाएर मिदासको एपमा राख्न सक्नेछन् । त्यस्ता सामग्रीमा आउने भ्युजको आधारमा शिक्षकहरूले भुक्तानी पाउनेछन् ।

प्लेटफर्ममा राखिने कम्पनीले जनाएको छ । यसो गर्दा शिक्षकलाई हौसला प्राप्त हुने र शैक्षिक गुणस्तर वृद्धि हुने मिदासको विश्वास छ ।

यद्यपि मिदासका अनलाइन कक्षाहरू विद्यालयमा प्रत्यक्ष सञ्चालन गरिने कक्षाहरू जस्तो नहुने भन्दै संस्थापक कार्कीले वैकल्पिक कक्षाको रुपमा उपयोगी हुने बताए । ती कक्षाहरू बिहान र बेलुकाको समयमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।

सन् २०२३ तिर सञ्चालनमा ल्याउने तयारी रहेको मिदास भर्सन २.० कोभिड महामारीका कारण चाँडै ल्याउनु परेको कार्कीले बताए । मिदास ई-क्लासको सेवा लिन चाहने विद्यार्थीहरूले आफ्नो विद्यालयमार्फत वा सोझै सब्स्क्रिप्सन लिनुपर्ने बताइएको छ ।

तर व्यक्तिगत तवरबाट अभिभावकले सदस्यता लिनुभन्दा विद्यालयले सदस्यता लिनु सस्तो पर्नेछ । यसका साथै मिदास ई-क्लासको नयाँ भर्सनमा सिनियर विद्यार्थीले समेत आफूभन्दा जुनियर विद्यार्थीलाई पढाउने अवसर प्राप्त गर्न सक्नेछन् ।

यसमा सहभागी हुने विद्यार्थीका लागि  ‘लर्न एन्ड अर्न’ फिचर रहने कार्कीले बताए । उनले भने, ‘चार कक्षाको गणित पढाउनलाई मास्टर्स पढेको टिचर किन चाहियो ? नौ कक्षाको बच्चाले अझ राम्ररी पढाउन र बुझाउन सक्छ । त्यति मात्र नभएर उसले त बालभावना पनि बुझेको हुन्छ । सिकाइ झनै प्रभावकारी हुने भयो । यो ट्यालेन्ट विद्यार्थीलाई कमाइको लागि नयाँ प्लेर्टफम हो ।’

मिदास ई-क्लासमा पढ्ने भन्दा बाहेकका पनि धेरै उपयोगी फिचर भएको उनले बताए । यसरी मिदास ई-क्लास किताब भन्दा बाहिरका कुरा सिकाउने माध्यम हुनुका साथै शिक्षण सिकाइको मार्केट प्लेसकै रुपमा आउने भएको छ ।

मिदास ई-क्लासका कक्षाहरू सुरूको एक महिना परीक्षण स्वरुप सञ्चालन हुनेछन् । जसका लागि कुनै शुल्क लाग्ने छैन । त्यसपछि भने प्याकेज अनुसार मासिक एक डेढ सय देखि छ सय रुपैयाँसम्म पर्ने कार्कीले बताए । ‘मिदास सकेसम्म शिक्षालाई सुलभ बनाउन प्रयत्नरत छ,’ उनले भने ।

यात्रामाथि प्रतिबन्ध लगाउने कदम अनुचित : दक्षिण अफ्रिकी राष्ट्रपति

१३ मंसिर, काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले कोभिड-१९ को ओमिक्रोन भेरियन्टका कारण यात्रामाथि लगाएको प्रतिबन्धको निन्दा गरेका छन् ।

राष्ट्रपति रामापोसाले आफ्नो मुलुक र आफ्ना छिमेकीमाथि लगाइएको यात्रा प्रतिबन्धको आलोचना गरेका हुन् । उनले यात्रा प्रतिबन्ध लगाउने विभिन्न मुलुकको कदम गतल भन्दै तत्काल हटाउन समेत आग्रह गरेका छन् ।

‘हाम्रो मुलुक र हाम्रा दक्षिण अफ्रिकी छिमेकीहरूमाथि यात्रा प्रतिबन्ध लगाएका मुलुकलाई तत्काल आफ्नो निर्णय फिर्ता लिन आह्वान गर्न चाहन्छु’, ओमिक्रोन पत्ता लागेपछि पहिलो पटक राष्ट्रलाई सम्बोधन गर्दै रामापोसाले भने । यात्रा प्रतिबन्ध वैज्ञानिक रुपमा अनुचित र विभेदकारी भएको पनि उनको भनाइ थियो ।

यसअघि दक्षिण अफ्रिकाको विदेशमन्त्रालयले नयाँ भेरियन्ट पत्ता लगाएकोमा प्रशंसा गर्नुको साटो आफूहरूलाई दण्डित गरिएको बताएको थियो ।

कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेपछि अमेरिका, बेलायत र युरोपेली युनियनसहितका कैयौं मुलुकले दक्षिण अफ्रिकी मुलुकबाट हुने यात्रामा प्रतिबन्ध लगाएका छन् ।

विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई ‘चिन्ताको विषय’ भनिसकेको छ । तर हतारमा यात्रा प्रतिबन्ध लगाउँदा जोखिम र वैज्ञानिक आधार हेर्नुपर्ने समेत संगठनको भनाइ छ ।

प्रारम्भिक प्रमाणअनुसार ओमिक्रोनको उत्परिवर्तन क्षमता धेरै रहेको र संक्रमणको जोखिम उच्च रहेको देखिन्छ । तर विद्यमान खोपलाई नयाँ भेरियन्टले छल्न सक्ने वा नसक्ने भनेर पुष्टि हुन भने बाँकी छ ।

हालसम्म ओमिक्रोन बेलायत, जर्मनी, अष्ट्रेलियासहित झण्डै एक दर्जन मुलुकमा फैलिइसकेको छ ।

घट्यो सुनचाँदीको मुल्य, तोलामा कति ?

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार १००मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु १०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला रु ९१ हजार ६०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।

भिजिट भिसामा कामदार पठाउने म्यानपावरको लाइसेन्स रद्द गरिदिने चेतावनी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले भिजिट भिसामा कामदार पठाउने म्यानपावर कम्पनीलाई कठोर तरिकाले कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार वैदेशिक रोजगार व्यवसायी तमुधीः समाजको शुभकामना ग्रहणका क्रममा श्रममन्त्री श्रेष्ठले उक्त चेतावनी दिएका हुन् ।

मन्त्रालयमा आयोजित कार्यक्रममा वैदेशिक रोजगार क्षेत्रमा तत्काल गरिनुपर्ने समाजका माग सुनेपछि मन्त्री श्रेष्ठले भने, ‘मैले तपाईंहरूले सुधारका लागि राखेका माग गम्भीरताका साथ सुनें, कतिपय विषयमा म पहिलेदेखि नै जानकार पनि छु, सुधार कसरी गर्न सकिन्छ अध्ययन पनि गरिरहेको छु । तर एउटा कुरा के छ भने व्यवसायीहरूले नै ठूलो संख्यामा युवायुवतीलाई भिजिट भिसामा पठाएको रिपोर्ट आइरहेको छ । त्यसरी पठाउन छोड्नु भएन र सुध्रिनु भएन भने नसोचेको कठोर कारबाही हुनसक्छ ।’

वैदेशिक रोजगार ऐनको दफा ४४ अनुसार इजाजतवालाले स्वीकृति नलिई वैदेशिक रोजगारमा कामदार पठाएमा त्यसवापत लिएको रकम र सोको पचास प्रतिशत जरिवानासहित थप तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्ष कैद गरी इजाजतपत्र रद्द हुुने व्यवस्था छ । मन्त्री श्रेष्ठले त्यसतर्फ संकेत गरेका थिए ।

मन्त्री श्रेष्ठले कतार पुलिसका बारेमा व्यवसायीमा व्यापक मात्रामा भ्रम रहेको भन्दै मापदण्ड बनाई उचित रकम लिएर कामदार पठाउने व्यवस्था गर्ने बताए । उनले आफूसमक्ष क्यूभीसी, बायोमेट्रिक, गाम्का लगायतका संस्थाका समस्या आइरहेको भन्दै सबैका विषयमा गहिरिएर अध्ययन गरिरहेको र सकेसम्म एक चरणमा सबै पक्षलाई छलफलमा राखेर निर्णय लिने बताए ।