९ बैशाख २०७७, मंगलवार ०७:१४ – Page 9 – Nagarikabhiyan : National News

प्रधानमन्त्रीमा अधिनायकवादी आकांक्षा देखियो : रवीन्द्र मिश्र

काठमाडौं । सरकारले सोमबार राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन साझा पार्टीले माग गरेको छ । उक्त अध्यादेशबाट प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवादको डरलाग्दो आकांक्षा प्रकट भएको साझा पार्टीले ठहर गरेको छ ।

संयोजक रवीन्द्र मिश्रले मंगलबार विज्ञप्ति जारी गरी झण्डै दुई तिहाइ जनमतसहित शासन गरेको दुई वर्षमा जनविश्वास गुमाएपछि सत्तामा कायम रहिरहन प्रधानमन्त्रीको निरंकुश र व्यक्तिवादी सोच हाबी भएको बताएका छन् ।

‘देश कोरोना भाइरस संक्रमणका कारण कठिन र अनिश्चयको परिस्थितिबाट गुज्रिरहेको बेला थोरैमात्र मानवीय विवेक र राजकीय जिम्मेवारीको बोध भएको नेताले गर्नै नसक्ने काम प्रधानमन्त्रीबाट भएको छ’ मिश्रले विज्ञप्तिमा भनेका छन् ।

संसदमा बलियो जनमत हुँदाहुँदै संसदबाट नभई पार्टी फुट र जुटको घृणित राजनीति तथा संवैधानिक निकायमाथिको पूर्ण नियन्त्रणबाट शासन चलाउन खोज्नु नेपालको दशकौं‌को लोकतान्त्रिक संघर्षकै उपहास भएको साझा पार्टीले बताएको छ । सरकारको कदमले लोकतान्त्रिक पद्धतिको आत्मा मानिने शक्ति पृथकीकरणको मान्यतामाथिको नाङ्गो आक्रमण गरेको साझा पार्टीको ठहर छ ।

अध्यादेशले नेपालको लोकतन्त्रलाई नै संकटतर्फ उन्मुख गर्न सक्ने भन्दै साझा पार्टीले आफ्नो असक्षमता र अकर्मण्यता छोप्न स्थापित संस्था तथा लोकतन्त्रका मूल्य(मान्यतामाथि प्रहार गर्ने पुरानै नेपाली राजनीतिको शैली फेरि पुनरावृत्ति भएको बताएको छ । साझा पार्टीेले सबै राजनीतिकर्मी तथा आमनेपालीलाई आ(आफ्ना राजनीतिक मतभेद छोडेर एक जुट हुन अपिल गरेको छ । अनलाइनखबरबाट

 

उदयपुरमा थप ८ जनामा कोरोना संक्रमणको आशंका

काठमाडौं ।  उदयपुरमा थप ८ जनामा कोरोना भाइरस संक्रमण आशंका गरिएको छ ।

विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न पठाइएको छ ।

कोशी अस्पतालका एक चिकित्सकका अनुसार उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेकाहरु ६८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

त्यसमध्ये ८ जनामा शंकास्पद नतिजा देखिएपछि धरानमा पुनस् परीक्षणका लागि पठाइएको हो ।

कोरोना संक्रमण हो या होइन भन्ने धरानमा परीक्षणपछिमात्र थाहा हुने ती चिकित्सकले बताए । अनलाइनखबरबाट

 

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै नेकपा सचिवालय बैठक प्रभावित

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालयमा छलफल भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सोमबार सिफारिस गरेका दुई अध्यादेश जारी गरेपछि बैठक प्रभावित भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मुलुक कोरोना महामारीसँग लडिरहेको बेला पार्टीमा छलफल नै नगरी सरकारले अध्यादेश ल्याउन लागेको भन्दै नेताहरुले विरोध गरेपछि नेकपाले सोमबार साँझ साढे ५ बजे सचिवालय बैठक बोलाएको थियो ।

बैठकको सुरुमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश ल्याउनुको कारणबारे ब्रिफिङ गरे । त्यसपछि नेताहरुले त्यसमाथि आ आफ्नो धारणा राखिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै अध्यादेश जारी गरेको सूचना आएपछि सचिवालय बैठक नै प्रभावित भएको हो ।

अध्यादेशलाई महत्वका साथ लिएर छलफल भइरहेको बेला राष्ट्रपतिबाट प्रमाणीकरण भएको खबर आएको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘यसले स्वाभाविक रुपमा थप छलफल गर्नुको औचित्य रहेन ।’अनलाइनखबरबाट

 

 

महामारीसँग जुधिरहेका बेला अध्यादेश ल्याउनु दुःखद घटना : देउवा

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सोमबार जारी भएको राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा गम्भीर असहमति जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै नागरिक जीवन संकटमा रहेको बेला सरकारले अध्यादेश ल्याएको र राष्ट्रपतिले हतारमा प्रमाणीकरण गरेको बताएका हुन् ।

सरकारले सोमबार संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत भए दल फुटाउन सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो । यसअघि संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत चाहिने व्यवस्था थियो ।

यस्तै, विपक्षी दलका नेताविना नै संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि ल्याउने निर्णय गरेको थियो । सरकारले सिफारिस गरेको दुवै अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पनि प्रमाणीकरण गरेकी छन् ।

कांग्रेस सभापति देउवाले भने विश्व एक भएर कोरोनाको संक्रमणसँग लडिरहेको बेला यसरी अध्यादेश ल्याउनु सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको प्रमाण भएको बताएका छन् ।

‘यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो’ उनले विज्ञप्तिमा भनेका छन्, ‘यो घडीमा सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बाँसुरी’ हो ।’

संविधान निर्माण गर्दा राजनीतिक स्थिरता र संवैधानिक नियुक्तिहरूमा साझा स्वामित्वका लागि गरिएका व्यवस्थाहरू सरकारले अध्यादेशमार्फत संशोधन गरेको भन्दै कांग्रेस सभापति देउवाले भनेका छन्, ‘नेपाली कांग्रेस अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दछ ।’

उनले अन्य सबै खेलभन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई अपिलसमेत गरेका छन् । अनलाइनखबरबाट

 

 

सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा दुवै अध्यादेश जारी

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषद्ले सिफारिस गरेको अध्यादेश जारी गरेकी छन् ।

राजनीतिक दल सम्बन्धी ९दोस्रो संशोधन० अध्यादेश २०७७ र संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको जनाएका छन् ।

सोमबार दिउँसो मन्त्रिपरिषद् बैठकले यी दुवै अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत मत पुर्‍याएमा  पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

स‌ंवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा भने परिषद् बैठक बस्न प्रमुख प्रतिपक्षी दलका नेताविनै संवैधानिक परिषद्को बैठक बस्न र निर्णय गर्न सकिने व्यवस्था गरिएको छ ।

आकस्मिक रूपमा दलसम्बन्धी अध्यादेश जारी भएपछि राजनीति एकाएक गर्माएको छ ।

अनलाइनखबरबाट

लक डाउनमा कडाई गरिएसँगै इनरुवा बजार सुनसान

इनरुवा  ।  सरकारले घोषणा गरेको लक डाउनमा कडाई गरिएसँगै सुनसरी सदरमुकाम इनरुवा लगायतका बजार सुनसान देखिएका छन् । प्रहरी प्रशासनले लक डाउनलाई कडाई गर्ने निर्णय गरेसँगै इनरुवा सहित जिल्लाका सबैजसो बजारमा चहलपहल घटेको छ ।

अत्यावश्यक बाहेक मानिसहरु घरबाहिर निस्कन छाडेका छन् । घरबाहिर निस्कने उपर कडाई थालेसँगै हिंडडुल गर्नेको संख्यामा कमी आएको प्रहरीले जनाएको छ । प्रहरीले साँझ विहान लक डाउनलाई थप कडाई गर्ने गरेको छ । अत्यावश्यक बाहेकका सवारी साधन प्रहरीले सडकमा गुड्न दिएको छैन् ।

लक डाउनको उल्लंघन गर्नेहरुको सवालमा नियन्त्रणमा लिई कार्वाही गर्ने गरेको सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिनुभएको छ । प्रहरीको आँखा छली बजार निस्कनेहरु पछिल्लो केहिदिन यता स्वयं घर भित्रै बस्न थालेका छन् ।

कोरोनाको जोखिम बढ्ने क्रमसँगै धेरै हदसम्म मानिसहरु घरबाहिर निस्कन छाडेका समेत छन् । तीन दिनको अवधिमा सुनसरीमा १ सय ८५ जना नियन्त्रणमा लिई कार्वाही गरिएको प्रहरीले जनाएको छ ।

यसैबिच सुनसरीमा समेत प्रहरीले सडकमा बिचल्लीमा परेकाहरुलाई गनतब्यमा पुर्याउन मद्यत गर्न थालेको छ । विभिन्न स्थानबाट सुनसरी आइपुगेका पैदल यात्रुहरुलाई गाडी चढाएर गनतब्य पुग्न सहयोग गर्न थालेको हो । सम्वन्धित क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा चेकजाँच गरी गनतब्य सम्म जाने प्रवन्ध मिलाउन थालिएको प्रहरीले जनाएको छ ।

टमाटर खेतमै कुहिन थालेपछि किसान चिन्तित

इनरुवा  ।  सुनसरीको इनरुवा ९ बबियाका किसान रामदेव मेहताले लगाउनुभएको टमाटर लकडाउनका कारण बारीमै कुहिन थालेको छ । मेहताले तीन महिनादेखी मेहेनत गरेर फलाएको टमाटरले लकडाउनका कारणले बजार नपाए पछि बारीमै कुहिन थालेको गुनासो गर्नुभयो ।

मेहताले पाचँ कट्ठामा लगाएको टमाटरले बजार लानुपर्ने समयमा सरकारले कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि भन्दै लकडाउन लगाएकाले बजार नपाए पछि बारीमै कुहिन थालेको गुनासो गर्नुभयो ।

यसैबीच जिल्लाको बराहक्षेत्रका कृषकले उत्पादन गरेको टमाटर लकडाउनका कारण बारीमै कुहिन थालेको छ । बराहक्षेत्र ८ मा लामो समय देखि तरकारी खेती गर्दै आएका जिल्लाकै अगुवा कृषक कर्णबहादुर कार्कीले अहिले चिन्तित बन्नुभयो ।  बारीमा लटारम्ब फलेको टमाटर टिप्दै बस्तुलाई दिन थालेको उहाँ भन्नुभयो, कर्मले दियो भाग्यले दिएन ।

बराहक्षेत्र वडा नं ८ चौखोला चोकमा वर्षौं देखि कृषि पेशा गर्दै आईरहेका जिल्लाकै अगुवा कृषक कार्कीले ३ कट्ठामा लगाएको टमाटर पाकेर बोटमै कुहिन थालेको छ । हाट बजार लगेर बिक्री गर्न सक्ने अवस्था नभएपछि लगानी मात्र नभई आफ्नो मेहनत समेत नउठ्ने भएपछी अहिले टमाटर बस्तुलाई दिन थालेको बताउनुभयो ।

कोरोना भाईरसको कारण सिङ्गो देश लकडाउनमा रहेका बेला आजको भोलि बेच्नुपर्ने कृषि उत्पादन बारीमै कुहिए पछी आफूहरुलाई ठूलो नोक्सान भएको र वास्तविक कृषकको पीडा आज सम्म कसैले बुझ्न नसकेको ठम्याई कृषक कार्कीको छ ।

टमाटर मज्जाले फले पनि अहिले लकडाउनले कही पुराउँन नसक्दा आफुहरुले लगानी र समय खेर गएको बताउनुभयो । कृषि क्षेत्रमा लामो समय देखि लागेका उनलाई यो बर्ष लकडाउनले नराम्ररी ढुबाएको छ ।

अरुबेला व्यापारी तथा विचौलिया बारीमा नै तरकारी लिन आउने गरेका थिए ।
तर यसपटक व्यापारी आएका छैनन् । करिव ३० कुइन्टल टमाटर बारीमै कुहिन लागेको बताउनुभयो ।

सरकारले कृषकले उत्पादन गरेको वस्तुको भण्डारण, बजारीकरणमा ध्यान दिन आवश्यक रहेको बताका छन् ।

लकडाउन उल्लघंन गर्ने १९ जना प्रहरी नियन्त्रणमा

धरान । सुनसरीको धरानमा लकडाउन उल्लंघन गर्नेहरूको अहिले पनि कमी भएको छैन । धरान प्रहरीले सोमबार पनि १९ जनालाई नियन्त्रणमा लिएको छ ।
धरान उपमहानगरपालिकाले सुरक्षासंयन्त्रसँग छलफल गर्दै वैशाख ६ गतेदेखि ८ गतेसम्म औषधि र दूधबाहेक सबै पसल बन्द गर्न आह्वान गरेको थियो । मावनीय गतिविधि त सरकारले चैत ११ गतेदेखि नै लगाएको छ । तर, अहिले पनि मावनीय गतिविधि नियन्त्रण हुन सकेको छैन ।

प्रातकालीन हिँडाइ (मर्निङ वाक) गर्नेहरूको कमी आएको छैन । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक डुण्डीराज न्यौपानेका अनुसार ४ महिलासहित १९ जनालाई नियन्त्रणमा लिएर दुई घण्टासम्म सचेतना गराएर छाडिएको छ । केही दिनअघि अनावश्यक काममा हिँड्ने नागरिकहरूलाई बिहानदेखि साँझको ५ बजेसम्म राखिएको थियो । लकडाउनका बेला सवारी साधन कुदाउँनेको हकमा भने चाबी खोसेर राखिदिने गरेको छ ।

इटहरी क्वारेण्टाइनमा रहेका ५८ जना सवैजनाको आरडिटि परीक्षण, रिर्पोट नेगेटिभ

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका स्थित जनता क्याम्पस इटहरीमा रहेको क्वारेण्टाइनमा रहेका सवैजनाको आरडिटि परीक्षण गरिएको छ । त्यहाँ रहेका सवै ५८ जनामा आरडिटि टेष्टको रिर्पोट नेगेटिभ रहेको इटहरी अस्पताल इमरजेन्सी इन्र्चाज रामकुमार धमलाले जानकारी दिनुभयो ।

जनता क्यामपस इटहरीमा रहेको क्वारेण्टाइनमा ३६ जना भारतीय,१५ जना नेपाली र ७ जना नेपाली नागरिक छन । जनता क्यामपसमा इटहरी उपमहानगरले सय वेडको क्वारेण्टाइन वनाएको हो । इटहरी अस्पतालमा आरडिटि परीक्षण गरिदै आएको छ ।

उता विदेशबाट फर्किएका वराहक्षेत्र नगरभित्र आरडिटी किटबाट कोरोना भाइरसको परीक्षण सुरु गरिएको छ । सोमबारसम्म २० जनाको कोरोना भाइरसको आरडीटी परीक्षण गरिसकिएको छ । वराहक्षेत्र नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारि अनुसार २० जनाको कोरोना भाइरसको आरडीटी परीक्षण गरेको छ ।

भारत तथा नेपालका बिभिन्न जिल्लाबाट आएका नगरबासीहरुको परीक्षण गरिएको हो । वराहक्षेत्र नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारि अनुसार २० जनाकै परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

थप कीट उपलब्ध भएपछि देशका विभिन्न जिल्लाबाट वराहक्षेत्र प्रवेश  गरेकाहरुको पनि परीक्षण गरिने स्वास्थ्य शाखाकी प्रमुख सुलोचना चौधरीले बताउनुभयो । विगत दुई महिना यता विदेशबाट आएका नगरबासीहरुले अनिवार्य रुपमा आरडीटी परीक्षण गराउन नगर प्रमुख निलम खनालले नगरबासीहरुसंग अनुरोध गर्नुभयो ।

गुल्मीमा आगलागीमा जलेर एक जनाको मृत्यु, ५ घाइते

गुल्मी । गुल्मीमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरको बसपार्क नजिकैको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चालक पूर्ण खनालका छोरा १५ वर्षीय समीर खनालको मृत्यु भएको हो ।

एक्कासी आगलागी सुरु भएपछि बाहिर निस्कन नभ्याउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घरका अरु तीन सदस्य र बाहिरका दुई जना गरी पाँच जना घाइते भएका छन् ।

आगलागीबाट पसल सञ्चालक खनाल, उनकी श्रीमती रुपा, छोरा सञ्जय घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले जानकारी दिए ।

घाइतेको शरीरका विभिन्न भाग जलेको छ । घाइतेहरुलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि पाल्पा पठाइएको स्थानीय तेजेन्द्र थापाले बताए ।

पसल सञ्चालक खनाल बागलुङको बरेङ गाउँपालिका वडा नम्बर–३ बाटाकाचौरका वडा अध्यक्ष हुन् । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगो प्रहरी स्थानीयवासी मिलेर नियन्त्रणमा लिएका छन् । अनलाइनखबरबाट

 

राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने भएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकमा यसबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए । हालको कानुन अनुसार राजनीतिक दल विभाजन हुनलाई संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने प्रावधान छ ।

अब त्यसमा के(के संशोधन गर्ने भन्ने बारेमा छलफल भए पनि बुँदागत रुपमा अध्यादेश मस्यौदापछि थाहा हुने ती मन्त्रीले बताए । अनलाइनखबरबाट

 

राहत वितरणमा विवाद बढ्दै

राजविराज ।  लकडाउनले मर्कामा परेका विपन्नलाई राहत वितरणका क्रममा जिल्लाका विभिन्न स्थानमा विवाद देखिएको छ । कतै झडप भएर जनप्रतिनिधि नै घाइते भएका छन् त कतै वितरण नै स्थगन गर्नुपरेको छ । केही स्थानमा अहिलेसम्म वडास्तरीय संयन्त्र नै गठन हुन सकेको छैन ।

आइतबार कञ्चनरूप नगरपालिका–८ मा भएको विवादमा एक समूहको आक्रमणबाट जनप्रतिनिधि घाइते भए । इलाका प्रहरी कार्यालयका डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार वडा सदस्य सञ्जय पासमानमाथि आक्रमण भएको हो । टाउको फुटेर चारवटा टाँका लगाइएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । उनलाई जोगाउन गएका भाइ सुरेश पासमान पनि घाइते छन् ।

स्थानीयले आफूले पनि पाउनुपर्ने, राहत आवश्यक नभएकाको नाम पनि सूचीमा राखिएको भन्दै विवाद झिकेपछि त्यहाँ वितरण नै स्थगित गरिएको छ ।

डाकनेश्वरी नगरपालिका–८ मा पनि सोमबार राहत वितरणका क्रममा विवाद भएको छ । स्थानीय र जनप्रतिनिधिबीच तनाब बढेपछि सुरक्षाकर्मीले तत्काल स्थिति नियन्त्रणमा लिएको थियो । अहिले त्यहाँ राहत वितरण स्थगन गरिएको नगरप्रमुख शिवनारायण साहले बताए ।

बलान–बिहुल गाउँपालिकामा अध्यक्ष दयानन्द गोइत र उपाध्यक्ष रुबी गुप्ताबीचको द्वन्द्वले राहत वितरण प्रभावित भएको छ । छिन्नमस्ता गाउँपालिकामा वडास्तरीय समितिसम्म बन्न सकेको छैन । विष्णुपुर गाउँपालिकामा अझै नाम संकलन नै चलिरहेको छ ।

राहत वितरणका लागि वडाध्यक्षको संयोजकत्वमा राजनीतिक दल, सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको समिति बनाइएको छ । कतिपय स्थानमा समितिका सदस्यले आआफ्नो पार्टीका मानिसको नाम राख्नुपर्ने भन्दै अडान लिने गरेका छन् । कतै मापदण्डमा नरहेकाहरूलाई पनि राजनीतिक आस्थाका आधारमा राहत दिइने गरेको छ । कान्तिपुरबाट

 

कोरोना महामारीले अमेरिकी राष्ट्रपतिको चुनाव टर्ला ?

काठमाडौं । एकातिर कोरोना भाइरसको महामारीले अमेरिकी अर्थव्यस्थाको धार भुत्ते बनाइदिएको छ, अर्कोतिर चुनावको वर्ष लोकतान्त्रिक प्रक्रिया के होला भन्ने डरले अमेरिकी जनतालाई सताउन थालेको छ ।

अमेरिकी प्राइमरी चुनाव ढिलो भइरहेको छ या रोकिएको छ । पोलिङ स्टेशन बन्द छन् र कसैको अनुपस्थितिमा हुने मतदान प्रक्रियामा सन्देह उत्पन्न भएको छ । राजनेता, विधायिका र अदालत चुनावी प्रक्रियाको मुद्दामा एक कलहप्रिय लडाइँमा अल्झिएका छन् ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार अमेरिकामा आउँदो नोभेम्बर महिनामा राष्ट्रपति, संसदको धेरैजसो सिट र प्रान्तीय सरकारको हजारौं सिटका लागि चुनाव हुँदैछ । चुनावको दिन कस्तो होला रु चुनाव समयमै होला कि नहोला रु यही प्रश्नका बीच अमेरिकी जनतामा लगातार बहस भइरहेको छ ।

बीबीसीले यस्तै केही प्रमुख प्रश्नको उत्तर खोज्ने कोसिस गरेको छ ।

राष्ट्रपति चुनाव टर्न सक्छ ?

हालसम्म १५ राज्यले राष्ट्रपति चुनावभन्दा अगाडि हुने प्राइमरी चुनाव स्थगित गरेका छन् । यीमध्ये धेरैजसोले जून महिनासम्मका लागि चुनाव पछि सारेका छन् । तर यससँग सम्बन्धित एउटा अहम् प्रश्न यो छ कि के नोभेम्बरमा निर्धारित राष्ट्रपति चुनाव पनि टार्न सकिन्छ रु

सन् १८४५ को कानुनअनुसार अमेरिकामा हरेक चार–चार वर्षमा नोभेम्बर महिनाको पहिलो सोमबारपछिको मंगलबारको दिन राष्ट्रपतिको चुनाव हुन्छ । यस वर्षको त्यो मंगलबार ३ नोभेम्बरमा परेको छ ।

यसमा कुनै फेरबदल गर्नुपरेमा संसदको मञ्जुरी चाहिन्छ । संसदको मञ्जुरीको अर्थ डेमोक्रेटिक पार्टीको बहुमत रहेको हाउस अफ रिप्रिजेन्टेटिभ्स र रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटबाट यो प्रस्ताव पारित गर्नु पर्छ ।

अमेरिकाको संविधान के भन्छ रु

राष्ट्रपति चुनाव टार्ने मुद्दामा दुवै पार्टीबीच सम्भावना निकै कम छ । यदि चुनावको मिति बदलिएमा पनि एक अर्को अप्ठ्यारो पार लगाउनुपर्छ । त्यो हो अमेरिकी संविधानमा उल्लेख राष्ट्रपतिको चार वर्षे कार्यकाल ।

अर्को शब्दमा भन्ने हो भने राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकाल २१ जनवरी २०२१ मा सकिन्छ । यदि उनी पुनः निर्वाचित भएमा चार वर्षे कार्यकालमा फेरि दोहोरिने छन् । यदि ट्रम्पले चुनाव हारेमा डेमोक्रेटिक पार्टीका नेता जोए बाइडेन राष्ट्रपति बन्ने छन् ।

तर समय थोरै छ र चुनाव टार्ने निर्णयले पनि आउँदो राजनीतिक परिस्थितिलाई बदल्न सक्दैन ।

यदि चुनावको मिति पछि सारियो भने‘ ?

नयाँ प्रशासनको सुरुवातभन्दा अगाडि यदि अमेरिकामा राष्ट्रपति चुनाव नभएमा उत्तराधिकारीको पदार्पणमा सबैको नजर पर्नेछ । यस पदार्पणमा सबैभन्दा पहिले उपराष्ट्रपति माइक पेन्स आउँछन् । तर माइक पेन्समा पनि एउटा समस्या छ, त्यो के हो भने पेन्सको कार्यकाल पनि ट्रम्पसँगै समाप्त हुँदैछ ।

तेस्रो उत्तराधिकारीको रुपमा हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसीको नाम आउँछ । तर उनको दुई वर्षे कार्यकाल आउँदो डिसेम्बर महिनामा सकिँदैछ ।

यस्तो परिस्थितिमा राष्ट्रपति पदको योग्यता पुगेका सबैभन्दा वरिष्ठ सांसद चक ग्रासली हुन् । आयोवा राज्यका उनी रिपब्लिकन पार्टीका सांसद हुन् ।

सिनेटको १०० सिटमध्ये एक तिहाइ खाली भएपछि आफ्नो वर्चस्व हुन्छ भन्ने विश्वासरिपब्लिकन पार्टीलाई छ ।

कोरोना भाइरसले चुनावमा प्रभाव पर्छ ?

भलै राष्ट्रपति चुनावको मिति परिवर्तनको सम्भावना असम्भव नहोला, तर यसको अर्थ चुनावी प्रक्रियामा कुनै खतरा छैन भन्न पनि सकिँदैन ।

युनिभर्सिटी अफ क्यालिफोर्निया इरवाइनका प्रोफेसर रिचर्ड एल हेसन चुनावको जानकारहरुमध्ये एक हुन् । प्रोफेसर रिचर्डका अनुसार ट्रम्प प्रशासन र प्रान्तीय सरकारलाई मतदान केन्द्रको स्थानमा आमूल परिवर्तन गर्न सक्ने अधिकार छ ।

उदाहरणका लागि हालै सम्पन्न भएको विस्कोन्सिनको प्राइमरी चुनावमा कोरोना भाइरसको संक्रमणको चिन्ता थियो । चुनावी प्रक्रियामा सहयोगीहरुको अभाव थियो । चुनावका लागि अत्यावश्यक सामग्रीको आपूर्ति हुन सकिरहेको थिएन । यसको नतिजा के भयो भने विस्कोन्सिनको सबैभन्दा ठूलो शहर मिल्वाकीका १८० मध्ये १७५ केन्द्रहरु बन्द गरियो ।

यदि यस्तो कदम राजनीतिक हितलाई ध्यानमा राखेर गरियो भने विरोधीको वर्चस्व भएको क्षेत्रलाई निशाना बनाउन सकिन्छ । अर्थात् जहाँ–जहाँ विरोधीको वर्चस्व छ, त्यहाँ–त्यहाँको मतदान केन्द्रहरु बन्द गर्न सकिन्छ र यसको असर चुनावको नतिजामा पर्दछ ।

अमेरिकी राज्यले चुनावी नतिजालाई चुनौती दिन सक्छन् ?

प्रोफेसर रिचर्ड भन्छन्, यो एक असाधारण स्थिति हुन्छ । यद्यपि यसको सम्भावना कम नै छ । राज्यको संसदले कोरोना भाइरसको संक्रमणको अवस्थालाई देखाएर कुन राज्यबाट कुन उम्मेदवारलाई विजयी घोषणा गर्ने भन्ने अधिकार आफूले लिन सक्छन् ।

राज्यहरुलाई आफ्नो प्रान्तमा बहुमत समर्थन पाउने राष्ट्रपति पदको उम्मेदवारलाई नै समर्थन गर्ने र राष्ट्रपति पदका लागि कुनै पनि हालतमा चुनाव गराउनुपर्छ भन्ने कुनै संवैधानिक बाध्यता छैन ।

सबै कुरा अमेरिकी चुनावको महत्वपूर्ण र जमानादेखि चल्दै आएको इलेक्टोरल कलेज ९निर्वाचन मण्डल० को व्यवस्थामै निर्भर गर्नेछ । यस इलेक्टोरल कलेजमा राज्यका मतदाता हुन्छन् जसले राष्ट्रपति पदको चुनावमा भोट हाल्न पाउँछन् । सामान्य परिस्थितिमा यी मतदाताले प्रायजसो आफ्नो राज्यमा लोकप्रिय मत पाउने उम्मेदवारलाई नै भोट हाल्ने गर्दछन् ।

तर सधैं यस्तै हुन्छ भन्ने जरुरी पनि छैन । उदाहरणको लागि सन् १८०० को चुनावलाई लिन सकिन्छ । त्यति बेला राज्य संसदीय दलले आफ्ना मतदातालाई भोट हाल्न ह्वीप जारी गरेका थिए । यदि यस्तै भयो भने लोकप्रिय उम्मेदवारमाथि चिसो पानी खन्याएसरह हुन्छ ।

यदि कुनै राज्यले कडा कदम चाल्यो भने जनताले सडकमा उत्रिएर विरोध प्रदर्शन गर्न सक्ने प्रोफेसर रिचर्डको अनुमान छ ।

अरु कुनै कानुनी चुनौती पनि छ ?

आगामी दिनमा चुनावी प्रक्रियामा कसरी रोकावट आउनेवाला छ, त्यसको अनुमान विस्कोन्सिन प्राइमरीको हालैको अनुभवबाट लगाउन सकिन्छ । विस्कोन्सिन प्राइमरी चुनावमा थोरै संख्याका मतदान केन्द्रमा मतदाताहरुको लामो लाइन लाग्यो । त्यहाँ पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट ९पीपीई० लगाएका सुरक्षाकर्मी र स्वयंसेवक खटिएका थिए ।

प्राइमरी चुनावभन्दा अगाडि विस्कोन्सिनमा डेमोक्रेटिक गभर्नर टोनी एवर्स र रिपब्लिकन पार्टीको वर्चस्व रहेको राज्य संसदमा लामो कानुनी लडाइँ चल्यो । अन्ततः त्यसको अन्तिम फैसला अमेरिकाको सर्वोच्च अदालतले सुनाउनुपर्‍यो ।

यस कानुनी लडाइँको मुद्दा गभर्नरसँग चुनाव जून महिनासम्म सार्ने र अनुपस्थित रहेका मतदाताका लागि मतदानको मिति बढाउने अधिकार हुने कि नहुने भन्ने थियो ।

मार्च महिनामा ओहियो प्रान्तका रिपब्लिकन गभर्नर माइक डेवाइनले पनि आफ्नो राज्यमा प्राइमरी चुनाव टार्नका लागि अदालती लगाइँको सामना गर्नुपर्यो । टेक्सासका एक जना न्यायाधीशले गत बुधबार दिएको आदेशमा अनुपस्थित मतदाताका लागि कोरोना भाइरस संक्रमण मतदानको मिति नोभेम्बरसम्म बढाउने एक जायज कारण हुन सक्छ । टेक्सासमा हुलाक मतपत्रका लागि कडा सर्तहरुको पालना गर्नुपर्छ ।

जोखिम कसरी कम हुन्छ ?

हालै पिउ रिसर्च सेन्टरले गरेको एक सर्वेक्षणमा ६६ प्रतिशत अमेरिकी जनताले कोरोनाको महामारीका कारण मतदान केन्द्रसम्म पुगेर भोट हाल्न असहज लागेको बताएका छन् ।

यस्तो चिन्ताको बीच अमेरिकी राज्यलाई हुलाक मतपेटिकाको संख्या बढाउनुपर्ने दबाब बढेको छ ताकि धेरै मतदाता संक्रमणको खतराबाट आफैं जोगिएर मतदान गर्न सकुन् ।

अमेरिकाका सबै राज्यमा मतदान केन्द्रमा उपस्थित नभइ भोट हाल्न पाइने कुनै न कुनै प्रावधान छ । तर, यस्तो अवस्थामा कडा सर्तहरु पालना गर्नुपर्छ ।

प्रोफेसर रिचर्ड भन्छन्, ‘हामीकहाँ विकेन्द्रित व्यवस्था छ । राज्यहरु कुन कुरालाई कसरी लागू गर्ने भन्ने कुरामा पूर्ण स्वतन्त्र छन् ।’

वासिङ्टन, ओरेगन, कोलोराडोसहित पाँच राज्यले पूरै हुलाकमार्फत् चुनाव सम्पन्न गराएका छन् । क्यालिफोर्नियामा हुलाक मतपेटिका माग गर्नेहरुलाई त्यसको अवसर दिने प्रावधान छ ।

कुनै राज्यले हुलाक मतपेटिका किन मन पराउँदैनन् ?

तर, सबै अमेरिकी राज्यमा पोस्टल ब्यालेटको विकल्प सहज र सुगम भने छैन । १७ राज्यमा पोस्टल ब्यालेटका लागि निवेदन दिनेहरुले मतदान केन्द्रमा उपस्थित हुन नसक्नुको चित्तबुझ्दो कारण दिनुपर्छ ।

यी राज्यमा पोस्टल ब्यालेटका लागि हालको कानुन खुकुलो बनाउनुपर्ने माग उठिरहेको छ ताकि धेरैभन्दा धेरैले पोस्टल ब्यालेट प्रयोग गर्न सकुन् । यद्यपि केही नेताहरुले यसको विरोध गर्दछन् ।

मिसुरीमा रिपब्लिकन पार्टीका गभर्नर माइक पार्सनले पोस्टल ब्यालेट प्रयोगको अनुमति धेरैभन्दा धेरै व्यक्तिलाई दिने कुरा एक राजनीतिक एजेण्डा हो भनेका छन् । गत मंगलबार उनले भनेको यो कुरा सुन्दा लाग्छ कोरोना भाइरसको डरले पोस्टल ब्यालेटमा मत खसाल्ने अनुमति पाइँदैन ।

नर्थ क्यारोलिना र जर्जियामा समेत रिपब्लिकन पार्टीका गभर्नरहरुको यस्तै भनाइ छ ।

यस अवस्थामा संसदले हस्तक्षेप गर्न सक्छ । उसले चाह्यो भने सरकारलाई राष्ट्रिय चुनावका लागि पोस्टल ब्यालेटमा केही न्यूनतम सर्तमात्र राख्न निर्देशन दिन सक्छ । तर संसदको राजनीतिक असहमतिको वातावरणलाई हेर्दा त्यसको सम्भावना पनि कम भएको जस्तो लाग्छ ।

राजनीतिक दलबीच सहमति बन्न सक्ला ?

अहँ । अमेरिकामा जसरी राजनीतिक ध्रुवीकरण देखिन्छ, त्यसलाई देख्दा यो असम्भव जस्तै छ ।

राष्ट्रपति ट्रम्प स्वयंले पनि ब्यालेट भोटिङ बिस्तारको विरुद्धमा अभिव्यक्ति दिएका छन् । उनको विचारमा यसमा धाँधलीको सम्भावना हुन्छ ।

यदि पोस्टल भोटिङसम्बन्धी कानुन खुकुलो बनाइयो भने मतदान प्रतिशत बढ्ने छ र यसबाट रिपब्लिकन उम्मेदवारलाई हानी हुन सक्ने उनको अनुमान छ ।

हालै फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले भनेका छन्, ‘मतदानको पनि स्तर हुन्छ । यदि यसमा सहमत भएमा अमेरिकामा फेरि कहिल्यै पनि रिपब्लिकन उम्मेदारले चुनाव जित्ने छैन ।’
तर विगतको अनुभवमा पोस्टल भोटिङमा डेमोक्रेटको तुलनामा रिपब्लिकन पार्टीका धेरै समर्थकहरुले भाग लिएको पाइएको छ ।

के अमेरिकी लोकतन्त्र खतरामा छ ?

कोरोना भाइरसका कारण फैलिएको महामारीले अमेरिकी जनजीवनको हरेक पाटोलाई प्रभावित पारेको छ । एकातिर राष्ट्रपति ट्रम्पले स्थितिलाई सही बाटोमा ल्याउन कोसिस गरिरहे पनि अर्को तर्फ अहिलेको हालत तत्काल सामान्य हुने सम्भावना देखिँदैन ।

धेरै राज्यहरुमा प्राइमरी चुनाव जुन महिनासम्मका लागि स्थगित गरिएको छ भने अगस्ट महिनामा पार्टीहरुको महाधिवेशन राखिएको छ । अक्टुबरमा राष्ट्रपति पदका उम्मेदवारबीच सार्वजनिक बहस हुन्छ र नोभेम्बरमा मतदान हुन्छ ।

यदि स्थिति सामान्य हुँदो हो त राजनीतिक गतिविधिको चर्का बहसमा अमेरिकी जनताले दिन बिताइरहेका हुन्थे ।

यतिसम्मकी अहिले केही व्यक्तिहरुले त लोकतन्त्रको जगमा समेत शंका गर्न थालेका छन् । प्रोफेसर रिचर्ड भन्छन्, ‘वायरसको हमला सुरु हुनुभन्दा धेरै अगाडि नै मलाई सन् २०२० को चुनावनको नतिजालाई जनताले सहजै स्वीकार गर्न सक्लान् नि नसक्लान् भन्नेकुरामा शंका लागेको थियो । अहिले कोरोना भाइरसले त्यो चिन्तालाई झन् बढाइदिएको छ ।’  अनलाइनखबरबाट

 

कोरोना परीक्षणको दायरा समुदायस्तरसम्म विस्तार गर्नुपर्छ : देउवा

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण परीक्षणको दयरा समुदायस्तरमा विस्तार गर्न आग्रह गरेका छन् ।

आइतबार एक अपिल जारी गर्दै उनले परीक्षणको दायरा समुदायस्तरमा तीब्र रुपमा विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले पर्याप्त स्वास्थ सामग्री एवं पर्याप्त राहतको बन्दोबस्त गरेर सरकारले परिस्थितिलाई थप असहज बन्नबाट रोक्नुपर्ने पनि बताएका छन् ।

सभापति देउवाले कुनै पनि ब्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढंगले सरकार या कसैले पनि कुनै पनि कार्य गर्न नहुने पनि बताएका छन् ।

‘आजको चुनौतीपूर्ण घडीमा अनेक समुदाय, विभिन्न धर्मावलम्बी, सबै जाति, वर्ग र क्षेत्रलाई संयम र आपसी एकताका लागि म हार्दिक अपील गर्दछु’ देउवाले अपिलमा भनेका छन्‍, ‘सबैको साथ र सबैको विश्वासले नै आजको संकटबाट पार तर्न सकिने यथार्थ पनि म स्मरण गर्न र गराउन चाहन्छु । अनलाइनखबरबाट

 

कोभिड-१९ विरुद्ध लड्न ह्वावेको एआई प्रविधिहरु एशिया प्यासिफिकमा उपलब्ध

काठमाडौं । चिनियाँ टेलिकम जायन्ट ह्वावेले कोभिड १९ को महामारी विरुद्ध लड्नका लागि आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स९एआई०, भिडियो कन्फ्रेन्सिङ्ग, वायरलेस नेटवर्क कभरेज र स्मार्टफोनहरु एशिया प्याशिफिक क्षेत्रका देशहरुलाई उपलब्ध गराउने भएको छ ।

ह्वावेले यसको लागि इण्डोनेशिया, मलेशिया, थाईल्याण्ड र बंगलादेश तथा अन्य देशहरुसँग सहकार्य गरेको छ । सहकार्यअन्तरगत ह्वावेले संचार चुनौतीहरु, कनेक्टिभिटीको सुनिश्चितता र आविश्कारिक प्रविधिहरुको साथमा अत्यावश्यक सेवाहरुको लागि कोभिड(१९ महामारीको अवधिमा सम्बोधन गर्नेछ ।

कम्पनीकाअनुसार ह्वावे टेलिमेडिसिन प्राक्टिस कोरोनाभाइरसको विरुद्धमा लड्नका लागि चार महत्वपूर्ण विषयहरुमा आधारीत रहेको प्रयोग गर्न सकिनेछः जसमा लाइभ भिडियो स्ट्रिमिङ्ग, रिमोट कोल्याबरेसन, रिमोट डाईग्नोसिस, र रिमोट प्रोटेक्सन छन्, यी सबै एशिया प्यासिफिक देशहरुमा प्रत्यक्ष परिदृश्य हुन् ।

ह्वावेको टेलिमेडिसिन भिडियो कन्फ्रेन्स सलुसन थाईल्याण्डको अस्पतालहरुमा जडान गरिएको कम्पनीले जानकारी दिएको छ ।

फिलिपिन्सको बागुईओ जनरल हस्पीटल एण्ड मेडिकल सेन्टरमा ह्वावेको एआईमा आधारित सिटी स्क्रीनिङ्ग जडान गरिएको छ ।

ह्वावेकाअनुसार बंगलादेशको मिनिस्ट्री अफ हेल्थ एण्ड फ्यामिली वेलफेयर र डाईरेक्टोरेट जनरल अफ हेल्थ एण्ड सर्भिसेजले ह्वावेको भिडियो कन्फ्रेन्स सिस्टमहरु प्रयोग गरिरहेको छ । सिंगापुरमा भने ह्वावेको क्लाउड सलुसन प्रयोग गरिएको कम्पनीले उल्लेख गरेको छ ।

ह्वावे क्लाउडको एन्टि कोभिड १९ पार्टनर प्रोग्राम अन्तरग सहभागी हुनेहरुले ३० हजार अमेरिकी डलर बराबरको निशुल्क क्लाउड स्रोतहरुको प्रयोग गर्न पाउने कम्पनीले जानकारी दियो । ह्वावे क्लाउडअन्तरत नै ईहेल्थ समेत उपलब्ध गराएको छ भने इन्टरप्राइज सलुसनमा भने कम्पनीले महामारीको प्रकोपमा रहेका देशहरुका व्यवसायहरुलाई सहयोग गर्ने बताएको छ ।

यसअतिरिक्त ह्वावेले यूनेस्को आईआईटिई र यूनेस्को आईसीएचईआईसँग सहकार्य गरेको जनाएको छ ।

पूजालाई बहिनी भन्दै सुष्माले दिइन् स्पष्टीकरण

केही दिनयता सामाजिक सञ्जाल टिकटकमा नायिका सुष्मा कार्कीले दिएका केही अन्तर्वार्ता चर्चामा छन् ।

सुष्माले नायिका पूजा शर्मादेखि गायिका मेलिना राईसम्मलाई चिन्दिन भन्दै दिएको अन्तर्वार्ताले टिकटकमा चर्चा पाएको छ। जहाँ पूजाको अभिनयमा समेत सुष्माले प्रश्न उठाएकी छिन् ।

यो भिडियो केही समय अगाडिको हो । तर, लकडाउनको समयमा यो भिडियो चर्चामा रहेपछि नायिका सुष्मा कार्कीलाई टिकटकमै दर्शकले गाली गर्न सुरु गरेका छन् । उनलाई एक कलाकार भएर अर्को कलाकारको सम्मान गर्न नजानेको भन्दै दर्शकले आलोचना गर्न थालेका छन् ।

सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी धेरै भएपछि टिकटककै माध्यमबाट सुष्माले पूजासँगको सम्बन्धलाई स्पष्ट पार्ने कोसिस गरेकी छिन् ।

सुष्माले भनेकी छिन्–‘दुई वर्ष अगाडिको भिडियो अहिले भाइरल गराएर किन नराम्रो बनाउनु । पूजा र मेरोबीच राम्रो सम्बन्ध छ । उनले मलाई दिदी भन्छिन्, म उसलाई बहिनी भन्छु । मिडियाले उचालिदिएर हामो सम्बन्ध बिगार्ने प्रयास गरिरहेका छन् ।’

सुष्माले पुरानो भिडियो केही समय भाइरल हुने र यसपछि हराउने भन्दै अहिले भाइरल बनाउँदा कसलाई फाइदा हुन्छ र ? भन्दै प्रश्न पनि गरेकी छिन् ।अनलाइनखबरबाट