१५ पुष २०८०, आईतवार ०८:५४ – Page 2 – Nagarikabhiyan : National News

बझाङमा गयो भूकम्प

बझाङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङको काण्डा केन्द्रबिन्दु भएर ३।४ म्याग्निच्युडको भूकम्प गएको हो । आइतबार बिहान ६ बजेर ४५ मिनेटमा भूकम्प गएको केन्द्रले जनाएको छ ।

बझाङ गत असोज १६ मा ६।३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पटक(पटक भूकम्प गइरहेको छ ।

आज ठूली रात अर्थात् पुसे १५ पर्व मनाइँदै

सुदूरपश्चिम प्रदेशमा आज पुसे १५ पर्व मनाइँदै छ।
हरेक वर्ष पुस १५ गतेलाई सुदूरपश्चिममा विशेष महत्त्वका साथ मनाउने गरिएको छ।

ठूली रातका रूपमासमेत मनाइने पुसे १५ का अवसरमा गाउँका सबै जना एक ठाउँमा जम्मा भएर रातभर देउडा खेल्ने, आगो तापेर जाग्राम बस्ने, दन्त्यकथा आइनै बातै सुन्ने सुनाउने, तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूल खाने प्रचलन छ।

यद्यपि सुदूरपश्चिमका पहाडी भूभागबाट तराइ झरेकाहरूमा भने विस्तारै यो पर्वको मौलिकता कम हुँदै गएको छ। आज लामो रात हुने र आजैका दिनबाट रात छोटो हुदै जाने हुनाले पुसको पन्ध काट्नु असारको दिन काट्नु भन्‍ने यहाँको उखान छ।

भण्डारीको प्रश्नः यो देश कोरिया जान पाउँ भन्दा मर्नुपर्ने देश हो

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बालकुमारीमा दुई जनाको ज्यान जानेगरी भएको घटनाप्रति आपत्ति जनाएका छन्।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भण्डारीले बालकुमारी घटनाप्रति आपत्ति जनाएका छन्। उनले यो देश कोरिया जान फर्म भर्न पाउँ भन्दा मर्नपर्ने देश होरु भन्दै प्रश्न गरे।

उनले अहिले समाजमा असामाजिक गतिविधिहरु बढिरहेको बताए। उनले भने, अहिले समाजमा के भइरहेको छरु हिजोमात्रै बालकुमारीमा दुई जना बच्चा कोरियाको फर्म भर्न पाउँ भनेर आन्दोलन गर्दा दुर्घटनामा परी मृत्यु भएको छ। के यो देश कोरिया जान फर्म भर्न पाउँ भन्दा मर्नपर्ने देश होरु प्रश्न यो हो। यति ठूलो जलश्रोत, प्रकृति, श्रोत र साधन छ। कुन ठाउँमा छ, हाम्रो संस्कृतिले आशुमा पनि मुस्कान दिन्छ।’

बलात्कार मुद्दामा दोषी ठहर भएपछि सन्दीपले खेलेनन प्रोक्लबको फाइनल

नेपाल प्रो क्लब च्याम्पियनसिप क्रिकेटको फाइनल खेल अहिले पर्साको नारायणी रंगशाला वीरगन्जमा भइरहेको छ।
उपाधिका लागि नेपाल पुलिस क्लब र पर्सा क्लब ११ बीच प्रतिस्पर्धा भइरहेको छ। पर्साको कप्तान सन्दीप लामिछाने हुन्। शुक्रबारसम्मका सबै प्रतियोगिता खेलेका सन्दीपले शनिबारको फाइनल खेल भने खेलेनन्।

शुक्रबार भएको सेमिफाइनलमा आर्मीलाई पराजित गर्ने क्रममा सन्दीपले ३ विकेट लिएका थिए।
बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई कसुरदार ठहर गरेपछि उनी प्रतियोगिता नखेलेका हुन्। उनलाई दोषी ठहर गरे पनि सजायँ निर्धारणका लागि पुस २५ गतेको पेशी तोकिएको छ।

सन्दीपको अनुपस्थितिमा टिमको कप्तानी सुरज पटेलले सम्हालेका छन्। प्रतियोगितामा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल पुलिसले पर्सा ११ लाई जितका लागि १४६ रनको चुनौती दिएको छ। पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनाएको हो।

 

रुपन्देहीमा सात वर्षीया बालिकाको शव फेला

रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक बालिकाको शव फेला परेको छ । हिजो शुक्रवारदेखि हराइरहेकी सात वर्षीया नन्दनी कुर्मीको शव फेला परेको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहर भट्टले कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिनुभएको छ ।

हत्यामा संलग्न रहेको आशङ्कमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले बताउनुभयो ।

बालकुमारी घटनामा गोली चलाउन आदेश दिने सुरक्षा अधिकारी निलम्बित

सरकारले ललितपुरको बालकुमारीमा शुक्रवार भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले अन्य विकल्पहरुको प्रयोग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको जानकारी दिनुभयो।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियुसिसी को छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनलाई आज यहाँ सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले रोजगार अनुमति प्रणाली ईपिएस कोरिया शाखाका प्रमुख र सुरक्षा अवस्थाको विश्लेषण नगरी त्यस क्षेत्र हुँदै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला सवार गाडी लैजाने सुरक्षाकर्मीलाई पनि निलम्बन गरिएको बताउनुभयो । प्रधानमन्त्रीसँगको परामर्शपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा उनीहरुलाई निलम्बन गरिएको हो ।

ललितपुरको बालकुमारीमा शुक्रवार भएको घटनामा दुई जनाको ज्यान गएको थियो भने मन्त्री ज्वाला सवार गाडीमा आगजनी भएको थियो । कोरियाली भाषा परीक्षाबाट आफूहरुलाई वञ्चित गरिएको भन्दै केही युवाले प्रदर्शन गरेका थिए । प्रदर्शनले हिंसात्मक रुप लिएपछि जनधनको क्षति भएको थियो ।

प्रधानमन्त्रीले यस घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न आजै मन्त्रिपरिषद्को बैठक बोलाइएको बताउनुभयो ।
प्रधानमन्त्रीले आज बिहान उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराईलगायत सुरक्षा अङ्गका प्रमुखसँग त्यस घटनाका बारेमा जानकारी लिनुभएको थियो । प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग पनि घटनाका सम्बन्धमा छलफल गरिएको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीलाई भेटेर मुख्यमन्त्रीले मागे अधिकार सङ्घीय ऐनलाई टुङ्गोमा पुर्‍याउने प्रधानमन्त्रीको भनाई

संघीयता कार्यान्वयन गराउन मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार हेटौंडामा बसेको बैठकले गरेको निर्णय अनुसार मुख्यमन्त्रीहरुले शनिबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।

संघीयताको प्रावधानअनुरूप केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार हस्तान्तरण नगरेको भन्दै एकताबद्ध भएका सातै प्रदेशका मुख्यमन्त्रीले शुक्रबार हेटौँडामा भेला भई छलफल गरेका थिए।
त्यसपछि आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले यस विषयमा प्रधानमन्त्रीको प्रचण्डलाई पत्र दिँदै ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि अत्यावश्यक सङ्घीय कानुन निर्माणका निम्ति आफू गम्भीररूपमा लागिपरेको बताएका छन् ।
उनले सङ्घीयताको परिकल्पनाकार र संविधान निर्माणको समेत अगुवा हुनुको नाताले आफ्नो ध्यान सङ्घीयताको कार्यान्वयनमा केन्द्रित भएको बताए ।

उनले भने तपाईँहरू सबै जानकार नै हुनुहुन्छ मैले नै सङ्घीय गणतन्त्रको परिकल्पना गरी त्यसका निम्ति सङ्घर्ष गरेको थिएँ, त्यसलाई संविधानमा लिपिबद्ध गर्नसमेत भूमिका खेलेको छु, नेतृत्व लिएको छु, त्यसैले सङ्घीयता कार्यान्वयन मेरो सबैभन्दा ठुलो चासो र प्राथमिकताको विषय हो ।
उनले सङ्घीय संसद्मा सहभागी सबै दललाई पनि सहमत गराएर सङ्घीयतालाई कार्यान्वयन गर्न खोज्दा केही समय लागेको बताएका छन् ।

बसले ठक्कर दिँदा पोखरामा १ जनाको ज्यान गयो २ जना घाइते

पोखरा महानगरपालिका २७ लेखनाथमा बसले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
आज बिहान बाग्लुङबाट भैरहवाका लागि छुटेको लु १ ख ८३५६ नम्बरको बस ब्रेक फेल भएर भित्तामा ठोक्किँदा भारत घर भएकी इसरावती कुमारीको ज्यान गएको हो ।

उनको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान  पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मा ज्यान गएको हो । घाइते तनहुँको म्याग्दे गाउँपालिका(१ का ४६ वर्षीय रामजी गन्धर्व र पर्साकी ४६ वर्षीया चिजमायाँ गन्धर्वको लेखनाथ सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शिवराजको शव कोइला खानीको सुरुङभित्र फेला दुई जना पक्राउ

दाङको बङ्गलाचुली गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर–६ अघराका शिवराज केसीको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
केसीलाई हत्या गरी शव बङ्गलाचुली गाउँपालिका वडा नम्बर–४ को गदारी र फाँटाको जङ्गलमा रहेको कोइला खानीको सुरुङभित्र लुकाइएको अवस्थामा फेला परेको हो । केसी घोराहीको अघरा टोल विकास संस्थाका अध्यक्ष समेत हुनुहुन्थ्यो ।

गएको पुस ८ गते घरदेखि बङ्गलाचुली जान्छु भनेर हिँडेका उहाँको त्यही दिन नै हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । केसीको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । बङ्गलाचुली गाउँपालिका वडा नम्बर–४ गदारीका शेरबहादुर कुँवर र उनकै श्रीमती दीपालाई भारतको नयाँ दिल्लीमा भारतीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ ।

कोइला खानीको झण्डै ५० मिटर सुरुङभित्र शव रहेको आरोपितको बयानका आधारमा खोजी गर्दा शव फेला परेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रचण्डद्वारा बालकुमारी घटनाबारे गृहमन्त्रीसहित सुरक्षा प्रमुखहरूसँग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरको बालकुमारीमा हिजो भएको घटनाबारे उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा प्रमुखहरुसँग छलफल गर्नुभएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतसँग घटनाबारे जानकारी लिनुभएको हो ।

प्रधानमन्त्रीले घटनाको छिटो र निष्पक्ष छानबिन गर्न निर्देशनसमेत दिनुभएको छ । यो घटनाको सत्यतथ्य छानबिन गर्न गृहमन्त्रालयले हिजो नै नेपाल प्रहरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिसकेको छ ।

गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । कोरिया जानका लागि भाषा परीक्षामा सहभागी हुन माग राखेर युवाहरुले हिजो प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनका क्रममा दुई जना युवाको ज्यान गएको थियो । साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको थियो ।

कोरियामा पानी जहाज निर्माण क्षेत्रमा आवेदन दिएका सबैका लागि आवेदन खुल्यो

कोरियामा पानी जहाज निर्माण क्षेत्रमा भाषा परीक्षा दिइ बसेका सबैका लागि उत्पादन क्षेत्रको भाषा परीक्षामा आवेदन खुलेको छ ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले पर्सि १६ गतेदेखि १८ गतेसम्म फाराम भर्नको लागि आवेदन खुला गरेको हो ।

उच्च अदालत पाटनले हिजो आवेदन फाराम भर्न रोक नलगाउन आदेश दिएपछि कोरियाको मानव संशाधन विभागबाट सकारात्मक प्रतिक्रिया आएको भन्दै विभागले गएको साउनमा जहाज क्षेत्रमा भाषा परीक्षा दिएका आवेदकहरुले मात्रै फारम भर्न पाउने निर्णय गरेको हो ।

विभागले पानी जहाजभन्दा बाहेकका व्यक्तिले फारम भर्न नपाइने जनाएको छ । यसअघि उच्च अदालतले रिट निवेदन दिने १८ जनाको हकमा फाराम भर्न आदेश दिएको र ईपीएस शाखाले त्यसैअनुसार १८ जनाको लागि मात्रै आवेदन खुलाएपछि अरु परीक्षार्थीले विरोध थिए ।

हिजो भएको विरोध प्रदर्शनको क्रममा दुई युवाको ज्यान गएको थियो ।

हात्ती महोत्सवको आज अन्तिम दिन

चितवनको सौराहामा चलिरहेको चितवन हात्ती तथा पर्यटन महोत्सव आज सकिँदैछ ।
महोत्सवको चौथो दिन हिजो भव्य कार्यक्रमकाबीच हात्तीलाई वनभोज खुवाइएको छ । सौराहा क्षेत्रमा पालिएका सरकारी तथा निजी हात्तीहरूलाई विभिन्न फलफूलसहित खीर, केक र मनपर्ने घाँस दिएर वनभोज खुवाइएको हो ।

हात्तीलाई चामल र भेलीको खीर केकसहित उखु सख्खर चना फर्सी ड्रागनफ्रुट स्याउ केरा खरबुजालगायतका फलफूल दिइएको थियो । क्षेत्रीय होटल सङ्घ चितवनको आयोजनामा गएको १० गतेदेखि शुरु चितवन हात्ती तथा पर्यटन महोत्सव आज सकिँदैछ ।

महोत्सव अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकको घुुइँचो हुने गरेको आयोजकले जनाएको छ । अङ्ग्रेजी नयाँ वर्षमा यहाँ आएका पर्यटकहरू स्वदेश फर्किने सम्भावनालाई मध्यनजर गरी पर्यटन व्यवसायीहरूले सौराहामा हरेक वर्ष महोत्सव आयोजना गर्दै आएका छन् । कोरोनापछि लगातार तीन वर्ष रोकिएको यो कार्यक्रम यसपालि फेरि भएको हो ।

सङ्घीयता कार्यान्वयन नभए सङ्घर्ष गर्ने मुख्यमन्त्रीहरु प्रधानमन्त्रीलाई भेट्दै

प्रदेशको सरोकार सङ्घ सरकारले सम्बोधन नगरेमा सङ्घर्ष गर्ने चेतावनी दिएका मुख्यमन्त्रीहरुले आज प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दैछन् ।

हिजो हेटौँडा भेला सकेलगत्तै मुख्यमन्त्रीहरु काठमाण्डौ आएका छन् । उनीहरुले आज प्रधानमन्त्रीलाई भेटेर भेलाको निष्कर्ष सुनाउन लागेका हुन् । सात वटै प्रदेशका मुख्यमन्त्रीहरुले सङ्घीयता कार्यान्वयनमा सङ्घीय सरकार गम्भीर नभएको भन्दै अब पनि बेवास्ता गरेमा सङ्घर्षमा जाने चेतावनी दिएका छन् ।

मुख्यमन्त्रीहरुले प्रहरी समायोजन सङ्घीय निजामती सेवा ऐन जारी गर्न माग गरेका छन् । प्रदेशले प्रयोग गरिरहेका सरकारी भवन तथा जग्गाको स्वामित्व हस्तान्तरण गर्न साझा अधिकारका विषयका कानुन निर्माणमा सहकार्य गर्न राष्ट्रिय वनलगायतका प्राकृतिक स्रोतको उपयोग एवम् राजस्व बाँडफाँट वित्तीय हस्तान्तरण लगायतका माग राखेका छन् ।

दलित सशक्तीकरण ऐन कार्यान्वयन गर्न मधेश सरकार उदासीन भएको वक्ताहरूको आरोप

मधेश प्रदेश सरकारले दलित सशक्तीकरण ऐन कार्यान्वयन गर्न पुरै उदासिन रहेको उक्त कार्यक्रमका वक्ताहरु मनोज राम पर्सा, राजन बैठा सर्लाही, सिकिन्दर दास बारा, रामदेव शर्मा खत्वे सप्तरी, उदय नारायण राम रौतहट, विश्वेश्वर सदा सिरहा, सरस्वती खत्वे धनुषा लगायतका दलित अभियन्ताहरुले एक स्वरमा आरोप लगाएका छन् ।
दलित विकास समितिलाई प्रभावकारी बनाउन मधेश सरकार चासो नलिएका कारण दलितहरु अझै अधिकार पाउनबाट बञ्चित रहेको संयुक्त राजनीतिक दलित संघर्ष समितिका संयोजक रामो महाराले बताएका छन ।

दलित विकास समिति मधेश प्रदेशले महोतरीको बर्दिवासमा शुक्रवार आयोजना गरेको दलित सशक्तिकरण एन २०७६ ९मधेश प्रदेश० को कार्यान्वयनको अवस्था र स्थानिय सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका छन् ।
समितिका सदस्य राजकुमार दासको अध्यक्षता तथा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता कुमारी साहको प्रमुख अतिथ्यमा बर्दिवासको पावन मिथिला होटलमा उक्त कार्यक्रमको आयोजना गरिएको छ ।

२०७६ सालमै दलित सशक्तीकरण ऐन ल्याइएको भएपनि त्यसको प्रभावकारी कार्यान्वयनमा प्रदेश सरकार उदासीन देखिएको वक्ताहरूको आरोप छ ।
ऐनमा जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि प्रत्येक पालिकादेखि प्रदेशस्तरीय जातीय विभेद तथा छुवाछुत अनुगमन समिति गठन गर्ने भनिएको छ। तर अहिलेसम्म मधेश प्रदेशको अधिकांश पालिकामा जातीय विभेद तथा छुवाछुत अनुगमन समिति गठन हुन सकेको छैनन ।

कार्यक्रममा सहभागी मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता कुमारी साहले दलित सशक्तिरण एन २०७६ कार्यान्वयन भए दलितहरु अधिकार सम्पन्न हुने भएको हुँदा दलित सशक्तिरण एन प्रभावकारी कार्यान्वयनका लागि आफुले पहल गर्ने बताएकी छन् ।
अबको एक महिना भित्रमा दलित सशक्तिरण एन २०७६ र नियमावली संशोधन हुने समेत मन्त्री साहले बताइन । एन संशोधन गर्न ड्राफ्ट पहिला नै तयार भइ दलित बिज्ञसंग सुझाव समेत लिसकेकोले यसै महिना भित्र संशोधन गर्ने उनले बताइन ।

साथै दलित विकास समितिको कर्मचारीलाई एकसाता भित्रमा व्यवस्थापन गर्ने समेत उनले आश्वासन दिएकी छन् । बैठकमा सहभागिहरुले दलित विकास समितिको कार्यालय खेलकुद तथा समाज कल्याण मन्त्रालयमा नै व्यवस्था गर्न सुझाव दिएका छन।

कार्यक्रममा दलित विकास समितिका सदस्य राजकुमार दासले समितिका उपाध्यक्ष बाहेक अरु सदस्यहरुलाई केहि सुविधा नरहेकोले सरकारले सदस्यहरुलाई पनि सेवा सुविधा उपलब्ध गराउनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा प्रदेश सांसदहरु ललिता देवी दास किशोरी देवी दास, पलटी देवी महरा, रञ्जु मण्डल, पूर्व राज्य मन्त्री सुरेश मण्डल, पूर्व प्रदेश सांसद चमेली दास, गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवाल, गढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव सहित प्रदेशका आठवटै जिल्लाका नगर प्रमुख, प्रशासकीय अधिकृत तथा दलित अभियन्ताहरुको सहभागिता रहेको थियो ।

कोरियामा झापाली युवक सुतेकै ठाउँमा मृत भेटिए

वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका झापा बुद्धशान्तिका एक युवकको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका( ३ स्थित कञ्चनवारि निवासी ३० वर्षीय पदम न्यौपाने सुतेकै अवस्थामा मृत भेटिएको बताइएको छ ।

उनको मृत्युको कारण भने खुलेको छैन । न्यौपाने दक्षिण कोरियाको बुसानस्थित मिर्यांग्सी कम्पनीमा कार्यरत थिए । उनी पाँच वर्षअघि इपिएस कामदारको रुपमा दक्षिण कोरिया गएका थिए । एक वर्षअघि बिदा लिएर घर आएका उनी फेरि रोजगारीका लागि दक्षिण कोरिया फर्किएका थिए । उनी चार दिनअघि मात्र परिवारको सम्पर्क आएको पारिवारिक स्रोतले जनाएको छ ।

सन्दीपका कानुन व्यवसायीको बहस सकियो फैसलाअघि सीसीटीभी फुटेज हेर्ने न्यायाधीशको तयारी

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उनका कानुन व्यवसायीको बहस सकिएको छ। योसँगै अब जवाफी बहस सकेर फैसला सुनाउने न्यायाधीशले बताएका छन्।

त्यसअघि न्यायाधीशले घटना भएको दिनको सीसीटीभी फुटेज हेर्नुपर्ने देखिएको भन्दै हेर्ने व्यवस्था मिलाउन भनेका छन्। घटना भएको दिनमा पीडित र पीडकको व्यवहारले पनि सहमतिमा भएको थियो कि जबरजस्ती करणीजस्ता कुरा पुष्टि हुने र अरु प्रमाणहरु देखिने भन्दै न्यायाधीशले सीसीटीभी फुटेज हेर्न इच्छा व्यक्त गरेका हुन्।

न्यायाधीश शिशिरराज ढकालले फैसला सुनाउनुअघि यस्तो निर्णय गरेका हुन्। गत आइतबारदेखि उक्त मुद्दा सुनुवाइ चलिरहेको छ।
नेपाली क्रिकेट टिमका सदस्य लामिछानेले पीडित गौशालालाई फकाएर नगरकोट घुमाएर काठमाडौंको एक होटलमा लगि बलात्कार गरेको अभियोगपत्रमा दाबी गरिएको छ।