१३ जेष्ठ २०७९, शुक्रबार १०:३३ – Page 6 – Nagarikabhiyan : National News

मत जित्न सकिन, महानगरवासीको मन जितेँ : सिर्जना सिंह

काठमाडौं । काठमाडौं महानगरकाे मेयरमा विजयी स्वतन्त्र उम्मेदवार बालेन साहलाई गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले बधाइ दिएकी छन् ।

बिहीबार अबेर सम्पन्न भएको मतगणनापछि उनले बालेनालाई बधाइ दिएकी हुन् । साथै उनले आफूलाई अमूल्य मत दिएको भन्दै आफ्ना मतदाताहरुलाई धन्यवादसमेत ज्ञापन गरेकी छन् ।

उनले मतदाताहरुले विजयी हुने गरी निश्चय नै मत जित्न नसकेको तर नगरवासी सबैको मन जितेको दावी गरिन् ।

आफूले लोकतान्त्रिक अभ्यासको सम्मान गर्ने र परिणामलाई हार्दिकतापुर्वक स्वीकार गर्ने उनले जनाएकी छन् । मेयरमा निर्वाचित बालेनलाई रचनात्मक साथ र सहयोग गर्ने प्रतिबद्धतासमे व्यक्त गरेकी छन् ।

काँगेस नेतृ सिर्जनालाई पाँचदलीय गठबन्धनले साझा उम्मेदवारको रुपमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार उठाएका थिए । उनले दोस्रो स्थान बनाएकी छन् ।

नेकपा (एमाले)का मेयरका उम्मेदवार केशव स्थापितले भने तेस्रो स्थान बनाएका छन् ।

बालेनको प्रतिबद्धता-मेरो क्षमता काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन लगाउनेछु

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह ९बालेन०ले आफ्नो सम्पूर्ण समय महानगरपालिकाको व्यवस्थापनका लागि दिने प्रतिबद्धता गरेका छन् ।

मेयरमा निर्वाचित भएपछि प्रतिक्रपया दिंदै उनले अबको पाँच वर्ष आफ्नो क्षमता, ज्ञान र कुशलता काठमाडौंलाई पूर्ण विकासित र विश्वकै उत्कृष्ट सहर बनाउन लगाउने प्रतिबद्धतासमेत गरे ।

‘महानगरपालिकालाई मेरो सम्पूर्ण समय दिनेछु । महानगरपालिका बाहेक कुनै पनि काममा समय दिनेछैन’ उभने भने, ‘आफ्नो सम्पूर्ण क्षमता, लगनशीलता, क्षमता र ज्ञानलाई महानगरपालिका व्यवस्थित बनाउन, स्वच्छ, सफा र पूर्णविकसित विश्वकै उत्कृष्ट बनाउन लगाउनेछु ।’

नगरवासीले दिएको अत्यधिक मतले आफू एकदमै खुसी भएको प्रतिक्रिया दिंदै उनले नगरवासीको मतलाई ऊर्जाको रुपमा लिएको बताए । उनले भने, ‘नगरवासीले हामीलाई यहाँ पुर्‍याउनु भएको छ । यो जिम्मेवारी दिनुभएको छ । यो जिम्मेवारीलाई हन्ड्रेड प्रसेन्ट मेरो पूर्ण क्षमतालाई यसमा दिनेछु ।’

इनरूवा अस्पतालको मेसु देवराज घिमिरेको ददागिरी, डाक्टरहरू माथि दुर्व्यवहार गरेको आरोप

देवानगंज । सुनसरी सदरमुकाममा रहेको इनरुवा अस्पतालका निमित्त मेसु डा देवराज घिमिरेले अभद्र व्यवहार गरेको आरोप लगाउँदै डाक्टरहरुले राजीनामा माग गरेका छन्।

डा. घिमिरेले अस्पतालमा कार्यरत  अस्पतालका डा अमित मेहतामाथि  अभद्र व्यवहार गर्ने गरेको आरोप उनीहरुले लगाएका छन्।

अस्पताल भित्र सुशासन कायम गर्ने नाममा नियमित काम गर्ने इमान्दार स्वास्थ्यकर्मी माथी हस्तक्षेप गर्ने र मानसिक तनावसहित अभद्र व्यवहार गरेको भन्दै उनीहरुले मेसुले राजीनामा नदिए इमरजेन्सी बाहेकका सेवा ठप्प पार्ने चेतावनी समेत दिएका छन्।

स्वास्थ्यकर्मीहरु बिरामीको सेवा र उपचारमा नियमित रुपमा लागी परेपनि डा घिमिरेको अभद्र व्यवहारले काम गर्ने मनोबल गिराएको गुनासो समेत उनीहरुको छ।

 

No description available.No description available.No description available.

गढीको वडामा पदभार ग्रहण

सुनसरीको गढी गाउँपालिका वडा नम्बर ३ का नव निर्वाचित पदाधिकारीले विहीबार पदभार ग्रहण गरेका छन् । निर्वाचित वडा अध्यक्ष कुशेश्वर यादव सहित सबै वडा सदस्यहरुले गढी ३ नम्बर वडा कार्यालय छिटाहामा पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण लगत्तै नव निर्वाचित वडा अध्यक्ष यादवले आफ्नो स्वबिबेकको प्रयोग गर्दै निर्वाचनमा सहभागी भई मतदान मार्फत वडाको नयाँ नेतृत्व निर्वाचित गरेकोमा वडावाशीहरुलाई धन्यवाद दिनुभयो । साथै वडाको सर्वाङ्गिण विकासका लागि आफूले सबैलाई समेटेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नव निर्वाचित पदाधिकारीले पदभार ग्रहण गरे लगत्तै वडा भित्रका सबै गाउँटोलमा योजनाहरु माग गर्ने र आवश्यकताका अधारमा काम गर्ने विगतको क्रमागत कार्यलाई निरन्तरता दिने भएका छन् ।
नव निर्वाचित वडा अध्यक्ष सहित सबै सदस्यहरुलाई निवर्तमान वडा अध्यक्ष टुनालाल चौधरी, प्रमुख अथिति नेकपा एमालेका प्रदेश कमिटि सदस्य रामदेव यादव लगायतले शुभकामना दिनुभएको थियो । वडाको विकास र समृद्धिका लागि सबैसँग मिलेर सरसल्लाह र सुझावको आधारमा आगामी दिनमा निर्णय गर्ने वडाध्यक्ष यादवले बताउनुभयो । गढी–३ को वडाबासीले दिएको सल्लाह सुझावलाई पूर्ण क्षमताले भ्याएसम्म अनुसरण गर्दै वडाको विकासमा लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वडाबासीको चाहना अनुसार विकासका गतिविधिहरुलाई द्रुत गतिमा लैजाने र पाँच वर्षमा समृद्ध वडा बनाउने संकल्प लिएको उहाँको भनाई छ ।
गढी–३ का नवनिर्वाचित वडा सदस्यहरु उमेश साह, सानोदेवी साह, इन्द्रादेवी ऋषिदेव, सुन्दरलाल चौधरीले समेत कार्यालयमा पदभार ग्रहण गरेका छन् । नवनिर्वाचित वडा सदस्यहरुले समेत वडाबासीहरुलाई हार्दिक धन्यवाद दिदैँ आभार प्रकट गरेका छन् । जनताले दिएको अभिमतलाई कदर गर्दै पाँच वर्षे कार्यकाल सफल बनाउने र जनमुखी सेवा प्रवाह गर्ने प्रतिवद्धता समेत उनीहरुले व्यक्त गरेका छन् ।
जननिर्वाचितहरुलाई पदभार ग्रहण तथा स्वागत र निवतर्मान भएकाहरुलाई बिदाई कार्यक्रममा प्रमुख अथिति नेकपा एमालेका १ नम्बर प्रदेश कमिटि सदस्य रामदेव यादवले विकासका लागि सबैको साथ , सहयोग र हातेमालो आवश्यक रहेको बताउनुभयो । यादवले निर्वाचनमा प्रतिस्प्रधा हुनु लोकतान्त्रिक प्रकृया भएको तर निर्वाचित भएपछि पार्टीको नभई साझाँ प्रतिनिधिको रुपमा काम गर्नुपर्ने सुझाव दिनुभयो । त्यसैगरी कार्यक्रम संचालक वडा सचिव सत्रुधन प्रसाद श्रेष्ठले निवर्तनमा जनप्रतिनिधिहरुलाई सम्मान सहित विदाई गरिएको बताउनुभयो ।

ओलीले भने – एमाले हारेको छैन, तर लाजमर्दो अन्तरघात भयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा पार्टीभित्रै लाजमर्दो अन्तरघात भएको बताएका छन् ।

बानेश्वरमा जारी संसदीय दलको बैठकमा ओलीले अरु दलमा नदेखिएको अन्तरघात पार्टीभित्र देखिएको बताए ।

‘कांग्रेसमा छैन, माओवादीमा छैन । तर लाजैमर्दो भयो हाम्रोमा’, अध्यक्ष ओलीले भनेका थिए ।

ओलीले एमाले नहारेको पनि बताएका छन् । चुनावी नतिजाबारे ब्रिफिङ गर्दै ओलीले पपुलर मत नघटेकाले हारेको भन्न नमिल्ने बताए ।

‘अलिकति हो सिट घटेको, पपुलर मत घटेको छैन । यसलाई हारेको भन्न मिल्दैन’, अध्यक्ष ओलीको भनाइ उदृत गर्दै एक सांसदले भने ।

एमालेले मेयर भन्दा उपमेयर धेरै जितेको नतिजा प्रस्तुत गर्दै अध्यक्ष ओलीले उपमेयर पनि मेयर बराबर नै भएको बताए ।

तर सत्ता गठबन्धनमा पाँचबाट बढेर सात दल पुगेको अध्यक्ष ओलीले बताएका थिए । त्यसका निम्ति आफ्नै गृहनगर दमकको उदाहरण उनले दिए । दमकमा एमालेविरुद्ध सत्तारुढ पाँच दलले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासँग चुनावी सहकार्य गरेका थिए ।

 

फुङलिङ नगर कार्यपालिकामा गठबन्धनका उम्मेदवार विजयी

ताप्लेजुङ, जेठ ११ गते । ताप्लेजुङको फुङलिङ नगर कार्यपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नगर कार्यपालिका सदस्य चयनका लागि बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी भएका हुन् ।

जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार खुला तीनसहित आठजना कार्यपालिका सदस्य चयनका लागि बुधबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मतदान भएको थियो । निर्वाचन प्रक्रियामार्फत नेकपा एमालेका तर्फबाट कार्यपालिका सदस्यका प्रत्यासीहरुलाई पराजित गर्दै गठबन्धन विजयी भएको हो ।

गठबन्धनतर्फ निर्वाचित महिला सदस्यमध्ये कार्यपालिका सदस्य निर्वाचित हुनेमा नेपाली काँग्रेसबाट सीता नेपाल, कमला खत्री, सविना मादेन र भीमकला दर्जी र नेकपा (माओवादी केन्द्र) बाट बिनिता राई हुनुहुन्छ । यस्तै, खुल्ला दलित वा अल्पसङ्ख्यकतर्फ नगर कार्यपालिका सदस्यमा काँग्रेसका दिनेश खबास तथा माओवादी केन्द्रका गङ्गाराम शङ्खर र साङ्गे पाल्देन शेर्पा निर्वाचित हुनुभएको छ ।

एमालेबाट प्रत्याशी बन्नुभएका निर्वाचित महिला सदस्यमध्येबाट शान्ता मादेन राई, बबिता विक, मीना आचार्य बराल, रीता दर्नाल र गङ्गा दर्नाल पराजित हुनुभएको छ । खुला दलित वा अल्पसङ्ख्यकतर्फ पनि सान्तकुमार सुनुवार, दुकुमार शेर्पा र लालुमाया सार्की पराजित हुनुभएको छ । प्रमुख र उपप्रमुखसहित ५७ जना मतदातामध्ये गठबन्धनको ३३ र एमालेको पक्षमा २४ जना मतदाता रहनुभएको थियो ।

गौशाला प्रहरी वृत्त अगाडि आज पनि सेन्ट लरेन्सका विद्यार्थीको प्रदर्शन

काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका दुई शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विरुद्ध विद्यार्थीहरुले बुधबार पनि प्रदर्शन गरेका छन् ।

बिहान ७ बजे कलेजबाट निस्किएको विद्यार्थीको जुलुस प्रहरी वृत्त, गौशालामा आएर धर्नामा परिणत भएको थियो । उनीहरुले दुई शिक्षकलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरुका अनुसार दुई शिक्षकविरुद्ध कारबाहीको प्रत्याभूति नभएसम्म आन्दोलन जारी रहन्छ । यसैबीच, विद्यालयका प्राचार्य पुरुषोत्तम महर्जनले विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी हुनेबित्तिकै शिक्षकलाई बर्खास्त गरिएको बताएका छन् ।

‘आरोपितलाई पक्राउ गरेर अनुसन्धान समेत सुरु भएर कानूनी कारबाही अघि बढिसकेको छ’ उनले भनेका छन्, ‘घटनाको सम्बन्धमा प्रहरी तथा सम्बन्धित निकायहरुले गर्ने अनुसन्धानमा आवश्यक सहयोग गर्न कलेज व्यवस्थापन तथा प्रशासन सदैव तत्पर रहेको छ ।’

मंगलबार तीन जना विद्यार्थीले कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजनकुमार पौडेलले दुर्व्यवहार गरेको भन्दै प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी दिएका छन् । जाहेरीका आधारमा उनीहरुलाई अनुसन्धानका लागि अदालतले पाँच दिन उनीहरुलाई हिरासतमा राख्न अनुमति दिएको छ ।

थप अनुसन्धान भइरहेको गौशाला प्रहरीका डीएसपी केशव भट्टराई बताउँछन् ।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाएको छ ।

एमाले नेताहरुका अनुसार बैठक केहीबेरमा सुरु हुनेछ ।

सरकारले मंगलबार संसदमा पेश गरेको नीति तथा कार्यक्रम र आगामी बजेटबारे पार्टीको धारण तय गर्न एमालेको संसदीय दलको बैठक बस्न लागेको हो ।

कांग्रेसका जनप्रतिनिधिको रिपोर्ट कार्ड बन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहमा आफ्नो दलबाट निर्वाचत जनप्रतिनिधिको कामको मूल्यांकन गर्न रिपोर्ट कार्डको व्यवस्था गर्ने बताएका छन् ।

कांग्रेसबाट विजयी देशभरका नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षलाई पार्टीले प्रशिक्षण दिने पनि उनले बताए । केन्द्रले गरेको प्रशिक्षणको आधारमा जनप्रतिनिधिले आफ्नो स्थानीय तहमा गरेका कामको मूल्यांकन गर्न सक्ने थापाको भनाइ छ ।

‘एक वर्षमा कामको मूल्यांकन गर्छौं । कामको आधारमा रिपोर्ट कार्ड बनाउँछौ’, भक्तपुरका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले भने,‘तपाईहरु मेयर साब हुन छोडिदिनुस् ।’

नागरिकका हक, जवाफदेहीता, सेवा, नीतिगत व्यवस्था, स्रोतको व्यवस्थापन, समन्वय र संस्थागत विषयमा ध्यान पुर्‍याउन थापाले सुझाव दिए ।

निर्वाचित भइसकेपछि काम गर्ने ठाउँमा आएकाले विगतमा कसले के भन्यो भन्ने कुरा बिर्सेर आफूले के गर्नेमा ध्यान पुर्‍याउन उनले जनप्रतिनिधिलाई आग्रह गरे । ‘हिजो कसले के ग¥यो भन्ने समय होइन अब’ महामन्त्री थापाले भने ।
पराजित भएको ठाउँमा पनि निर्वाचित जनप्रतिनिधिलाई प्रश्न गर्न नछोड्न उनले आग्रह गरे ।

२५ वटा आवश्यक सेवामा हट्ताल गर्न निषेध गर्ने सूचना राजपत्रमा प्रकाशन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले २५ वटा आवश्यक सेवामा हट्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गरेको छ । जेठ १० गते बसेको मन्त्रिपरिषदको बैठकले सार्वजनिक हितको लागि २५ वटा आवश्यक सेवामा हटताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकामा सञ्चालन हुने साइबर सेक्युरेटी लिडरशीप प्रोग्राम तथा ट्रेनिङमा सहभागी हुन नायब महान्यायाविधवक्ता डा. टेकबहादुर घिमिरेको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको पनि बताए ।

त्यस्तै सरकारले अमेरिकाको हवाईस्थित मनोलोलुमा जेठ १८ देखि २० गतेसम्म आयोजना हुने कन्प्रिएन्सिभ सेक्युरिटी कोर्षमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मधेस प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । प्रवक्ता कार्कीले आउँदो जेठ १८ देखि २५ गतेसम्म भारतमा आयोजना हुने हाइलेभल नेपाल स्टडी मिसन टू इण्डिया अन राइट टू फूड एण्ड फूड सर्भिरेन्टी एक्ट कार्यक्रममा सहभागी हुन कृषि तथा पुशुपंक्षी विकास मन्त्रीको नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने निर्णय भएको पनि जानकारी दिए ।

त्यस्तै सरकारले आगामी जेठ २९ देखि असार ५ सम्म जर्मनी, बेल्जियम र फ्रान्समा लर्निङ एण्ड नलेज सेयरिङ अन यूरोपियन कोअप्रेटिभ सिस्टम एण्ड गुडप्राक्टिसेस अन एग्रिकल्चर फ्रुट एण्ड भिजिटेबल कोअप्रेटिभ्स मार्केट डेभलपमेण्ट कार्यक्रममा सहभागी हुन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको नेतृत्वको भ्रमण टोलीलाई स्वीकृत प्रदान गर्ने, रुवाण्डाको किगालीमा २०७९ जेठ २३ गतेदेखि असार २ गतेसम्म आयोजना हुने वल्र्ड टेलि कम्युनिकेशन डेभलपमेण्ट कन्फरेन्समा भाग लिन सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई स्वीकृत दिने निर्णयसमेत गरेको छ ।

प्रवक्ता कार्कीले लोकसेवा आयोगको सिफारिस बमोजिम नेपाल कृषि सेवा, मत्स्य समूह, राजपत्राङ्कित प्रथम श्रेणीको पदमा बढुवा तथा नियुक्ति पदस्थापना गर्ने निर्णय गरेको पनि बताए ।

प्रवक्ता कार्कीले भने, ‘सम्माननीय राष्ट्रपति ज्यूबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्वत २०७९ जेठ १० गते मंगलवारका दिन हुने सम्बोधन स्वीकृत गर्ने ।

– संयुक्त राज्य अमेरिकामा सञ्चालन हुने साइबर सेक्युरेटी लिडरशीप प्रोग्राम तथा ट्रेनिङमा सहभागी हुन नायब महान्यायाविधवक्ता डा. टेकबहादुर घिमिरेको भ्रमण स्वीकृत गर्ने ।

– संयुक्त अधिराज्य अमेरिकाको हवाईस्थित मनोलोलुमा मिति २०७९ जेठ १८ देखि २० सम्म आयोजना हुने कन्प्रिएन्सिव सेक्युरिटी कोर्षमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मधेस प्रदेशका प्रमुख सचिव श्री कृष्णबहादुर राउतलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने ।

– २०७९ जेठ १८ देखि २५ गतेसम्म भारतमा आयोजना हुने हाईलेभल नेपाल स्टडी मिसन टू इण्डिया अन राइट टू फूड एण्ड फूड सर्भिरेन्टी एक्ट कार्यक्रममा सहभागी हुन माननीय कृषि मन्त्रीको नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने ।

– सार्वजनिक हितको लागि २५ वटा आवश्यक सेवामा हटताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने ।

– २०७९ जेठ ११ गते आयोजना हुने नेपाल–चीन कुटनैतिक परामर्श संयन्त्रको भर्चुअल माध्यमबाट हुने १४ औँ बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने ।

– आगामी जेठ २९ देखि असार ५ सम्म जर्मनी, बेल्जियम र फ्रान्समा लर्निङ एण्ड नलेज सेयरिङ अन यूरोपियन कोअप्रेटिभ सिस्टम एण्ड गुडप्राक्टिसेस अन एग्रिकल्चर फ्रुट एण्ड भिजिटेबल कोअप्रेटिभ्स मार्केट डेभलपमेण्ट कार्यक्रममा सहभागी हुन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको नेतृत्वको भ्रमण टोलीलाई स्वीकृत प्रदान गर्ने ।

– रुवाण्डाको किगालीमा २०७९ जेठ २३ गतेदेखि असार २ गतेसम्म आयोजना हुने वल्र्ड टेलि कम्युनिकेशन डेभलपमेण्ट कन्फरेन्समा भाग लिन सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई स्वीकृत दिने ।

– लोकसेवा आयोगको सिफारिस बमोजिम नेपाल कृषि सेवा, मत्स्य समूह, राजपत्राङ्कित प्रथम श्रेणीको पदमा बढुवा तथा नियुक्ति पदस्थापना गर्ने ।

– निजामति सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरुको देहायबमोजिमको सरुवा गर्ने ।

श्री रविन्द्रनाथ श्रेष्ठ सचिव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट प्रमुख अधिकृत राष्ट्रिय शतर्कता केन्द्र । श्री सुरेश आचार्य, सचिव खोनपानी मन्त्रालयबाट सचिव प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय । श्री मणिराम गेलाल, सचिव प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट सचिव खानेपानी मन्त्रालय । श्री सुशीलचन्द्र तिवारी, प्रमुख अधिकृत राष्ट्रिय शतर्कता केन्द्रबाट सचिव उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय । श्री गोपालप्रसाद सिग्देल, सचिव नेपाल ट्रस्टको कार्यालयबाट सचिव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ।’

सकरारले निजामति सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरु रविन्द्रनाथ श्रेष्ठ, सुरेश आचार्य, मणिराम गेलाल, सुशीलचन्द्र तिवारी र गोपालप्रसाद सिग्देललाई क्रमशः प्रमुख अधिकृत राष्ट्रिय शतर्कता केन्द्र, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, खानेपानी मन्त्रालय, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरेको छ ।

कटारीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

उदयपुर । कटारी नगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसका राजेशचन्द्र श्रेष्ठ निर्वाचित भएक छन् ।

बुधबार सकिएको मतगणना अनुसार उनी ६ हजार ४१७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बरालले पाँच हजार ९५२ मत पाए ।

कटारीमा सत्तारुढ दलहरुबीच गठबन्धन भएको थियो । मेयर पदको उम्मेदवारी नपाएपछि माओवादी केन्द्रका नेता बरालले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

निवर्तमान मेयरसमेत रहेका नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठ पाँच हजार ७१५ ल्याउँदै तेस्रो स्थानमा रहे ।

उपप्रमुखमा भने नेकपा एमालेकी गीता खड्का ६ हजार ४१३ मतका साथ निर्वाचित भइन् । उनक निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विनोदकुमार कटुवाललाई तीन हजार ८२१ मत मात्र पाए ।

१४ वटा वडा रहेको सो पालिकामा ७ वडाध्यक्ष एमाले, ३ वडाध्यक्ष काङ्ग्रेस, २ वडाध्यक्ष स्वतन्त्र, १ वडाध्यक्ष नेकपा ९एकीकृत समाजवादी० र १ वटा नेकपा ९माओवादी केन्द्र० ले जितेको छ ।

वडा नं। १ मा एमालेका पदमलाल मगर, वडा नं। २ मा काङ्ग्रेसका प्रेमबहादुर क्षेत्री, वडा नं। ३ मा कांग्रेसकै पुष्कर खड्काले जितेका छन् । वडा नं। ४ मा स्वतन्त्र उम्मेदवार भुपेन्द्रसिंह तामाङ, वडा नं। ५ मा एमालेका मोहनबहादुर तामाङ, वडा नं। ६ मा एमालेका प्रेमबहादुर मगर, वडा नं। ७ मा काङ्ग्रेसका सुविन ढुंगाना, वडा नं। ८ मा स्वतन्त्र उम्मेदवार नवीन्द्रकुमार तामाङले जितेका छन् ।

त्यस्तै वडा नं। ९ मा नेकपा एकीकृत समाजवादीका बेगबहादुर आले मगर, वडा नं। १० मा एमालेका क्षेत्रबहादुर खड्का, वडा नं। ११ मा एमालेका अनन्त हायु, वडा नं। १२ मा माओवादी केन्द्रका यम्बरबहादुर कटुवाल, वडा नं। १३ मा एमालेका शम्भु श्रेष्ठ र वडा नं। १४ मा एमालेकै अम्बरबहादुर मगरले जितेका छन् ।

वडा नं। १० मा मतगणनाका दिन प्रहरीको गोली लागी एक युवकको ज्यान गएको थियो भने एकजना घाइते भएका थिए । सोही घटनाका कारण कटारीको गणना ढिला भएको थियो । वडा नं। ११ का विजयी वडाध्यक्ष हायु सीमान्तकृत जातिमा पर्दछन् ।

स्थानीय निर्वाचन कैलाली : ठूला दलका लागि अपेक्षा गरेभन्दा फरक

सुदूरपश्चिम । सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम कैलाली जिल्लामा ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का लागि अपेक्षा गरिएभन्दा फरक देखिएको छ ।

वि.सं. २०७४ मा भएको निर्वाचनमा यी ठूला दलले पाएको मत, निकटतम प्रतिद्वन्द्वीको मतलगायतका आधारमा यसपालिको निर्वाचन पनि विजयी हुने नेता कार्यकर्ताको अनुमान एवं विश्लेषणभन्दा फरक परिणाम आएको हो । सत्ता साझेदार दलले तालमेल गरेर प्रत्यासी उठाएका तीन पालिका तहमा मात्र पूर्णरुपमा नजिता आफ्नो पक्षमा पार्न सकेका छन् ।

पाँच वर्षअघिको चुनावमा सात पालिका प्रमुखमा विजयी भएको एमालेले सम्पन्न चुनावमा आफ्नो यसअघिको विरासत जोगाउन सकेन । एमाले दुई पालिका प्रमुखमा मात्र विजयी हुन सक्यो । कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच पालिका तहका प्रमुख उपप्रमुखमा तालमेल गरिएकोमा वडा तहका अध्यक्ष र सदस्य पदमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको थियो ।

एमाले, नेपाल परिवार दललगायतसँग चुनावी तालमेल गर्ने बताए पनि उम्मेदवारी मनोनयन गर्दा ती दलसँग तालमेल गरेर उम्मेदवारी दिएको कतै देखिएन । जिल्लाको दक्षिणपूर्वी क्षेत्रका चार पालिका तहमा सम्पन्न निर्वाचनको परिणाम नागरिक उन्मुक्ति पार्टीको पक्षमा गएपछि सो क्षेत्रमा ठूला दलले आफ्नो पुरानो विरासत गुमाउन पुगेका छन् ।

ठूला दलको विरासत तोड्दै भर्खरै स्थापना गरिएको नागरिक उन्मुक्ति पार्टी टीकापुर नगरपालिकाको प्रमुख,जानकी र जोशीपुर गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष, तथा भजनी नगरपालिकाको प्रमुख÷उपप्रमुखमा विजयी बन्न सफल भएको छ । टीकापुर घटनामा अदालतबाट दोषी ठहर रेशमलाल चौधरीको पत्नीको नेतृत्वमा केही महिनाअघि मात्र यो पार्टी स्थापना भएको थियो ।

टीकापुर र आसपासको क्षेत्र कांग्रेसका नेताहरु रामजनम चौधरी, ईश्वरी न्यौपाने, डा रणबहादुर रावल, नारायणदत्त मिश्र, माओवादीका नेता नेपबहादुर चौधरी, नेकपा (एकीकृत समाजवादी)का नेत्री गरिमा शाहको राजनीतिक कर्म थलो हो ।

माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका एमालेका नेता लेखराज भट्टको गृह क्षेत्र गोदावरी नगरपालिकाको प्रमुखमा समेत एमालेले पराजय व्यहोरेको छ । एमालेले नगर प्रमुखको प्रत्यासी बनाएको भट्टका सहोदर भाइ गोकर्ण भट्ट पराजित भए ।

सुदूरपश्चिम प्रदेशको राजधानी सहर र एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा कांग्रेस, एमालेजस्ता ठूला पार्टी पराजित भएका छन् । प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका व्यवसायी एवं समाजसेवी गोपाल हमाल प्रतिस्पर्धीसँग ठूलो मतान्तरले विजयी भए ।

आफू प्रमुखमा विजयी भएमा उपमहानगरपालिकाबाट पाउने सुविधा नलिने घोषणा गरेर चुनावमा होमिएका व्यवसायी हमालले सार्वजनिक गरेका ‘हाम्रो धनगढी, हामी बनाउँछौँ’ भन्ने आकर्षक नाराबाट नगरवासी प्रभावित भएका थिए । यसबाहेक विगतमा कैलाली उद्योग वाणिज्य सङ्घको नेतृत्व गर्दा सुदूरपश्चिम प्रदेशको समग्र विकासका लागि गरेका प्रयास र पाएको सफलताका साथै सामाजिक क्षेत्रमा पु¥याइरहेका योगदानका कारण हमाल रोजाइमा परेका नगरवासीको भनाइ छ ।

उपमहानगरपालिकामा रहेको पेश्की बेरुजु रकम असुलउपर गरी बेरुजुलाई शून्यमा झार्ने, भ्रष्टाचारमुक्त पार्दै उपमहानगरलाई मुलुककै सुन्दर समुन्नत र नमूना सहर बनाउने प्रतिबद्धताले पनि उहाँलाई नगरवासीले रुचाएका हुन् । विसं २०४८ यता भएका स्थानीय तहको निर्वाचनमा उपमहानगरको प्रमुख, उपप्रमुखमा एमाले एक चुनावमा र कांग्रेस दुई चुनावमा विजयी भएको थियो ।

सम्पन्न निर्वाचनमा सत्तासाझेदार दलबीच पालिका तहको प्रमुख उपप्रुखमा गरिएको तालमेल जिल्लाको मोहन्याल गाउँपालिका, घोडाघोडी नगरपालिका र गौरीगङ्गा नगरपालिमामा मात्र पूर्णरुपमा सफल देखिएको छ ।

तालमेल भएका अन्य कतिपय पालिकामा सत्ता गठबन्धन दलका प्रत्यासी प्रमुखमा विजयी हुँदा उपप्रमुख पराजित भएका छन् भने उपप्रमुख विजयी भएका सत्ता साझेदार दलका प्रमुखका उम्मेदवार कतिपय पालिकामा पराजित भएका छन् । जिल्लामा १३ पालिका रहेका छन् ।

कांग्रेसले गोदावरी र लम्कीचुहा नगरपालिको प्रमुख तथा कैलारी गाउँपालिकाको अध्यक्षमा, चुरे, मोहन्याल, कैलारी, गाउँपालिकको उपाध्यक्ष तथा घोडाघोडी र गौरीगङ्गा नगरपालिकाको उपप्रमुखमा विजयी भएर चित्त बुझाउनुपरेको छ ।

निर्वाचनमा विजयी कांग्रेसका उपप्रमुख प्रत्यासीको सङ्ख्या भने यसअघिको निर्वाचनको भन्दा बढेको छ । माओवादी केन्द्रका मोहन्याल गाउँपालिकाको अध्यक्ष र गौरीगङ्गा नगरपालिकाको प्रमुखमा तथा टीकापुर नगरपालिकाको उपप्रमुख र बर्दगोरिया गाउँपालिकाको उपाध्यक्षमा विजयी भएको छ ।

एमाले सम्पन्न निर्वाचनमा चुरे र बर्दगोरिया गाउँपालिकाको अध्यक्ष, धनगढी उपमहानगरपालिका, गोदावरी र लम्कीचुहा नगरपालिकाको उपप्रमुखमा विजयी भएको छ । एकीकृत समाजवादी घोडाघोडी नगरपालिकाको प्रमुखमा विजयी भएको छ ।

वि.सं. २०७४ को निर्वाचनमा जिल्लाका सात पालिका प्रमुखमा विजयी बनेका एमालेका लागि यसपालिको स्थानीय तहको निर्वाचन बढी अनपेक्षित बन्न पुग्यो ।

कांग्रेसले यसअघिको चुनावमा विजयी भएको धनगढी उपमहानगरपालिकाको प्रमुख, बर्दगोरिया र जोशीपुर गाउँपालिकाको प्रमुख गुमाएको छ । माओवादी केन्द्रले कैलारी गाउँपालिको अध्यक्ष र भजनी नगरपालिकाको प्रमुख गुमाएको छ । रासस

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले मुलुकको विद्यमान समस्याको समाधान गर्न सक्दैन : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं । नेकपा ९एमाले०का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रमले मुलुकको विद्यमान समस्याको समाधान गर्न नसक्ने बताएका छन् । बुधबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले सरकारले प्रस्तुत गरेको आ।व।२०७९र८० को नीति कार्यक्रम इतिहासकै नालायक र सारहीन भएको बताए ।

उनले नीति तथा कार्यक्रमले मुलुकको आजका समस्याहरु चिन्न नसकेको र समाधान दिन नसकेको उल्लेख गरे । उनले नीति तथा कार्यक्रममा कुनै दृष्टिकोण नभएको उल्लेख गर्दै बालुवा चुसेजस्तो निरश भएको टिप्पणी गरे ।

उनले भने, ‘गठबन्धन जस्तो छ, नीति कार्यक्रम पनि त्यस्तै छ । यो इतिहासकै सबैभन्दा नालायक, सारहीन, गन्तव्य, दिशाविहीन, मुलुकका आजका समस्या चिन्न नसकेको र समाधान दिन नसकेको, बालुवा चुसेजस्तो निरश छ । यसमा कुनै दृष्टिकोण छैन । कुनै गन्तव्य छैन । यसले मुलुकका आजका समस्या चिनेको छैन । समाधान दिने यसमा कुनै दृष्टिकोण छैन । समयको अपव्यय मात्रै हो यो ।’

उपाध्यक्ष पौडेलले सरकारले अवलम्वन गरेका नीति तथा निर्णयहरुका कारण मुलुकमा भयानक संकट आइपर्न लागेको बताए । उनले आर्थिक संकटको बारेमा सरकार मौन रहेको बताए । उनले विगतमा सकारले गरेका राम्रा कामहरुलाई यस सरकारले निरन्तरता नदिइ नीति तथा कार्यक्रम पूर्वाग्रही रुपमा ल्याएको पनि बताए ।

उनले भने, ‘आजका आर्थिक संकटको कारणको बारेमा यो सरकार पस्नै चाहादैन । किनभने यो सरकारकै कारणले गर्दा, यसले अवलम्वन गरेका नीतिका कारणले गर्दा, यसले गरेका निर्णयहरुका कारणले गर्दा मुलुक आर्थिक रुपमा यो भयानक संकटको सम्मुखमा आइपुगेको छ । तर त्यसप्रति यसले चुप्पी साँधेको छ । मौनता गर्देको छ । मानौँ यसमा मुलुकको अर्थतन्त्र सबै लयमा छ । ठीकठाक छ भनेजस्तो ग¥या छ । यो नीति कार्यक्रम पूर्वाग्रही पनि छ । सरकार निरन्तरतामा चल्ने, बुझिने चिज हो । हिजोका राम्रा कामहरुलाई तिनको निरन्तरतामा सरकार अगाडि बढ्नुपर्ने हो । तर, हिजोका राम्रा कामहरुलाई यसले निरन्तरता दिन चाहेको छैन ।’

नीति तथा कार्यक्रमले विगतमा अगाडि बढाइएका राष्ट्रिय गौरवका आयोजनाहरुका प्रभावकारी कार्यान्वयनमा कुनै चासो र चिन्ता व्यक्त नभएको उनको भनाइ छ । राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका आयोजनाहरुलाई अगाडी बढाउने सन्दर्भमा पनि सरकार पूर्वाग्रही बनेको उनले आरोप लगाए । स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित हुन नसकेको उल्लेख गर्दै उनले निष्पक्ष, भयरहित र स्वतन्त्र बातावरणमा निर्वाचन सम्पन्न भयो भनेर जनतालाई गुमराह गर्ने कोशिस भएको बताए ।

नीति कार्यक्रम भाषिक दृष्टिकोणले पनि कमसल रहेको उनले बताए । यसले मुलुकलाई कुनै नतिजा दिन नसक्ने उनको दाबी छ । उपाध्यक्ष पौडेलले अब गठबन्धनको ओरालो यात्रा सुरु हुने बताए । आगामी निर्वाचनमा गठबन्धनको पटाक्षप हुने उनले बताए । आगामी निर्वाचनपछि नेकपा९एमाले०को नेतृत्वमा सरकार बन्ने कुरालाई कसैले रोक्न नसक्ने उनले दाबी गरे ।

उनले भने, ‘यो गठबन्धनको पटाक्षप आउने निर्वाचनमा हुनेवाला छ । गठबन्धनले जे गेन गर्न सक्ने हो, त्यो गरिसक्यो । अब यसको ओरालो यात्रा सुरु हुन्छ । र आउने निर्वाचनमा गठबन्धनको पटाक्षप हुन्छ । म तपाईहरुसँग फेरि दाबी गरेर भन्छु, आउने निर्वाचनमा नेकपा९एमाले०को नेतृत्वमा सरकार बन्ने कुरा कसैले रोक्न सक्दैन । नेकपा९एमाले० संसदको ठुलो पार्टी हुने एमालेको हैसियतलाई कसैले रोक्न सक्दैन । यसपटकको निर्वाचनमा पनि एकखालको प्रयोग भइसकेको छ ।’

उनले थपे, ‘सारा दल एकातिर हुँदापनि नेकपा९एमाले०को श्रेष्ठतालाई कसैले खण्डित गर्न सकेको छैन । निर्वाचन परिणामका हिसाबले, निर्वाचित भएका पदाधिकारी सदस्य संख्याको हिसाबले एमाले दोस्रो भएको होला, जनमतको हिसाबले, संगठनात्मक शक्तिको हिसाबले एमालेलाई चुनौती दिने तागत कसैसँग छैन । एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने हैसियत नै कसैसँग छैन । यो त अहिले पनि देखिइसकेको छ ।’

उनले नीति तथा कार्यक्रमले मुलुकको आर्थिक संकटका कारणहरुलाई चिनेर त्यसको निराकरण गर्नेगरी ल्याउनुपर्नेमा त्यसो हुन नसकेको बताए ।

देशभर रासायनिक मल अभाव, असारमा थप चर्किने

काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका(८ की गोमा चौलागाईं नजिकैको सिपाघाट बजारमा रासायनिक मल किन्न पुगिन् । बारीको एकसरो मकै गोड्नु अघि हाल्नका लागि तीन बोरा रासायनिक मल उनलाई चाहिएको छ ।

तर, बजारमा मल पाइएको छैन । रासायनिक मल नपाएको यो नै उनको पहिलोपटक होइन । एक दाना पनि मल दिन सकिने अवस्था नरहेको भन्दै मलको डिपो पन्छिएको गोमाले अनलाइनखबरलाई बताइन् ।

‘मल छैन भन्छन् । यसअघि तरकारीमा हाल्न पनि मल थिएन,’ उनी भन्छिन् ।

गोमाका अनुसार बजारमा कालो बजारीमा मल पाइने हल्ला सुनिएको छ । एक बोरा मललाई ५ हजार रुपैयाँ तिरे पाइन्छ भन्ने सुनेको उनले बताइन् ।

धादिङ धुनिबेसी(१ की निर्मला उप्रेतीले पनि बजारमा रासायनिक मल नपाएको गुनासो गरिन् । तरकारी र बारीमा लगाएको मकैमा हाल्न मल नपाइएको उनको भनाइ छ ।

‘डिपो र पसलले मल छैन भनेको छ,’ उप्रेतीले भनिन्, ‘धेरै वर्षदेखि मलमा हैरानी खेपियो । धानका लागि खेतमा हाल्नका लागि पनि मल जोहो गर्नु पर्‍यो ।’

सरकारले जहिल्यै मुख्य सिजनमै मलमा किसानलाई धोका दियो । चितवनकी तरकारी किसान धनु अधिकारीले पनि मल नपाएको बताइन् । पाएको मल पनि निकै महँगो भएको बताइन् ।

‘आजभन्दा ६ महिना अगाडि ९ सयमा पाउने युरिया मल आज मैले २ हजार २५० रुपैयाँमा किनेर ल्याएँ, त्यो पनि महिनौ दिन कुरेर ,’ अधिकारीले भनिन्, ‘कठै मेरो देश १ कहाँनिरबाट प्रशंसा गरुँ म मेरो देश, नेपाल कृषि प्रधान देश हो भनेर र म यो देशको किसान हुँ भनेर ।’

मल खरिदमा २७ अर्ब बजेट

सरकारको लापरबाहीका कारण यो वर्ष पनि मुख्य सिजनमै रासायनिक मल अभाव भएको भन्दै देशैभर किसानले गुनासो गरिरहेका छन् । बारीको मकै, चैते धान र छिट्टै रोपाइँ हुने असारे धान र बिउमा राख्नका लागि मलको चरम अभाव भएको किसानहरुको गुनासो छ ।

नेपालमा आधिकारिक रुपमा रासायनिक मल आयात गर्न दुई वटा कम्पनीले अनुमति पाएका छन् । तर, मुख्य सिजनमै सधैं मल अभाव हुनुमा यिनै संस्थाको भूमिका महत्वपूर्ण छ । पूर्ण सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड र अर्ध सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कम्पनीले मल आयात गर्छन् । तर, अहिले साल्टसँग मलको मौज्दात शून्य छ भने कृषि सामग्रीसँग निकै कम मल छ ।

सरकारले यो वर्ष मल आयातका लागि २७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका थियो । पहिले बजेटबाटै १५ अर्ब मल खरिदमा छुट्ट्याइएकोमा पछि थप १२ अर्ब रुपैयाँ सरकारले मलका लागि दिएको थियो ।

यो रकमबाट करिब ४ सय मेट्रिकटन मल आयात गर्ने लक्ष्य राखिएकामा विभिन्न कारणले झन्झट देखिएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताए । ‘ठेक्का प्रक्रियाबाट पनि सबै मल आएन, जीटूजीबाट पनि प्रक्रिया अघि बढीरहेको छ’ सञ्जेलले भने ।

साल्टसँग शून्य मौज्दात, कृषि सामग्रीसँग थोरै

कम्पनीसँग अहिले मलको मौज्दात नै नरहेको साल्ट ट्रेडिङका सूचना अधिकारी कुमारराज भण्डारी बताउँछन् । मल आयातका लागि गरिएको टेन्डरहरुबाट थालिएको खरिद प्रक्रियाबाट मल आउने क्रममा रहेको उनले बताए ।

‘अहिले हामीसँग मलको मौज्दात छैन,’ राजभण्डारीले भने, ‘डीएपी २० हजार मल कोलकाता आइपुगेको छ, २२ हजार टन युरिया विभिन्न मुलुकमा लोड हुँदैछ,’ राज भण्डारीले भने, ‘कोलकाताको मल छिट्टै आए राहत हुन्छ, नत्र थप मल आउन अर्को तीन हप्ता जति लाग्छ ।’ यता पूर्ण सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीसँग पनि मल निकै थोरै छ ।

कृषि सामग्री कम्पनीका निमित्त प्रबन्धक राजेन्द्रकुमार कार्कीकाअनुसार अहिले कम्पनीसँग युरिया मलको मौज्दात ५ सय टन मात्रै छ । पोटास ५ हजार ७०० टन र डीएपी मल १५ हजार ५ सय मेट्रिकटन मात्रै छ ।

मल खरिदका लागि टेन्डर अन्तिम चरणमा रहेका कारण तत्काल मलको उपलब्धता टेन्डरबाट कठिन भएको कार्कीले बताए । यो सिजनमा कम्पनीमा २ लाख मेट्रिकटन रासायनिक मल आवश्यक हुने सरकारी अनुमान छ ।

अल्झियो भारतसँगको जीटूजी

सरकारले गत १६ फागुनमा भारतसँग पाँच वर्षका लागि जीटूजी मार्फत रासायनिक मल ल्याउने सम्झौता गरेको थियो । सरकारी तहमा भएको सम्झौता दुई देशका मल खरिद गर्ने कम्पनी बीचको सम्झौतामा गएर अहिले अड्किएको मन्त्रालय स्रोतले बतायो ।

‘नेपाल सरकारले तोकेको कृषि सामग्री कम्पनी र भारत सरकारले तोकेको यस्तै प्रकृतिको निकाय बीचको सम्झौता हुन सकेको छैन’ मन्त्रालय स्रोतले भन्यो ‘जसका कारण मल आउने सम्भावना कम छ ।’

कम्पनीस्तरमा सम्झौता हुनै बाँकी भएकाले भारतबाट कहिले मल आउँछ भन्ने यकिन हुन सकेको छैन ।यसले धान रोप्ने सिजनमै मल अभाव थप चर्किने देखिएको छ ।

सरकारलाई संसदीय समितिको निर्देशन : एक महिनाभित्र पाठ्यपुस्तक छापिसक्नू

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विद्यालय तहको पाठ्यपुस्तक एक महिनाभित्र छापिसक्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको छ ।

१ जेठदेखि नयाँ शैक्षिक सत्र सुरु भए पनि सरकारले विद्यार्थीलाई पाठ्यपुस्तक दिन सकेको छैन । यस विषयमा छलफल गर्न बुधबार शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रका अधिकारीलाई बोलाएको थियो । उनीहरुसँगको छलफलपछि समितिले छापिसकेका पुस्तक तत्काल वितरण गर्न पनि निर्देशन दिएको छ ।

समितिको बैठकमा जनक शिक्षा सामग्री केन्द्रका महाप्रबन्धक अनिल झाले ३५ लाख पुस्तक छाप्न बाँकी रहेको जानकारी गराएका थिए । सबै पुस्तक छापिसकेर मात्र वितरण गर्ने तयारी गरेकाले ढिलाइ भएको उनको भनाइ छ ।

कोरोना महामारी, स्थानीय तहको निर्वाचन र रुस युक्रेन युद्धका कारण भारतमा कागज अभाव भएको र भारतमै अभाव हुँदा नेपालमा पनि अभाव देखिएको महाप्रबन्धक यादवले बताए ।

उनले पुस्तक छाप्न अहिले कागज अभाव छ वा छैन भन्नेबारे केही खुलाएनन् ।

आफ्नो सुनान क्षेत्रमा उत्तर कोरियाले तीन क्षेप्यास्त्र हानिदिएको दक्षिण कोरियाको दावी

उत्तर कोरियाली सरकारले तीन ओटा ब्यालेस्टिक क्षेप्यास्त्र हानेको दाबी दक्षिण कोरियाले गरेको छ । दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफले सो कुरा बताएको हो ।

दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफले दिएको जानकारीअनुसार प्योङयाङको सुनान क्षेत्रमा यी क्षेप्यास्त्र हानेको पाइएको बताएको छ ।

बुधबार बिहान ६ः३७ देखि ६ः४२ सम्म ती क्षेप्यास्त्र हानेको पाइएको समाचारमा जनाइएको हो ।
बुधबार बिहान प्रहार गरेका यी तीन ब्यालेस्टिक क्षेप्यास्त्रसहित उत्तर कोरियाली सरकारले १७ औँ पटकसम्म क्षेप्यास्त्र हानेको पनि दक्षिण कोरियाली सरकारले जनाएको छ ।

दक्षिण कोरियाली समाचार समिति योनहापले उत्तर कोरियाबाट यी क्षेप्यास्त्रहरु प्रहार हुनसक्ने अनुमान भइरहेका बेला ती क्षेप्यास्त्र परीक्षण भएको पाइएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको दक्षिण कोरिया र जापानमा भएको भ्रमणको एक दिनपछि उत्तर कोरियाले यो क्षेप्यास्त्र हानेको पाइएको छ ।