१५ जेष्ठ २०७९, आईतवार १७:१६ – Page 3 – Nagarikabhiyan : National News

भूमिहीन र अव्यवस्थित बसोवासीलाई लालपूँर्जा वितरण गर्ने तयारी

राष्ट्रिय भूमि आयोग पाल्पाले सुकुमवासी, दलित, भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई लालपूँर्जा वितरण गर्न काम अगाडि बढाएको छ । आयोगले जिल्लाको तानसेन, रामपुर, माथागढी र रैनादेवी छहरामा भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोवासीको तथ्याङ्क सङ्कलन गरेर लालपूँर्जा वितरणको कामलाई अगाडि बढाएको हो ।

जिल्लाको रामपुरमा सात सय ८३ जना निवेदकलाई जग्गा वितरण गर्न सबै प्रक्रिया पूरा गरेको अयोगले जनाएको छ । आयोगका जिल्ला अध्यक्ष मोहनलाल गैरेले रामपुरमा झण्डै आठ सय जनाको जग्गा सम्बन्धी समस्या समाधानको अन्तिम प्रक्रियामा रहेको जानकारी दिनुभयो । रामपुर नगरभित्रका थप दुई हजार दुई सय जनाको नयाँ निवेदन प्राप्त भएको उहाँले उल्लेख गर्नुभयो ।

जिल्लाको माथागढी गाउँपालिकामा एक हजार दुई सय ३४ जना अव्यवस्थित बसोवासी, सुकमवासी तथा भूमिहीनको निवेदन प्राप्त भएको छ । माथागढीमा निवेदन दिनेमध्ये अधिकांश निवेदक अव्यवस्थित बसोवासी रहेको आयोगका जिल्ला अध्यक्ष गैरेले जानकारी दिनुभयो ।

तानसेन हालसम्म एक हजार दुई सय २३ जनाको निवेदन आएको छ । तानसेनको समेत निवेदन आउने क्रम जारी छ । अब आयोगले माथागढी र तानसेनको कामलाई तत्कालै अगाडि बढाउने जानकारी उहाँले दिनुभयो । जिल्लाको रैनादेवी छहरामा भने हालसम्म निवेदन सङ्कलनको कार्य भइरहेको छ ।

पाल्पा जिल्लामा अधिकांश स्थानमा विद्यालय, तत्कालिन गाविस र विभिन्न सङ्घसंस्थाले वितरण गरेका जग्गाको समस्या रहेको छ । रामपुर र तानसेनमा भने नगन्य मात्रामा सुकुमबासीको समस्या समेत देखिएको आयोगका सदस्य अमरसिंह प्रधानले जानकारी दिनुभयो । निवेदन सङ्कलन भएका स्थानमा जग्गाको नापजाँच गर्ने तथा अन्य प्रक्रिया टुङ्ग्याएर काम अगाडि बढाउने आयोगका पदाधिकारीले बताएका छन् ।

आगामी आर्थिक वर्षमा १० लाख पर्यटक नेपाल भित्र्याउने

अर्थमन्त्री जर्नादन शर्माले आगामी आर्थिक वर्षमा १० लाख पर्यटक नेपाल भित्र्याउने बताउनुभएको छ । संयुक्त सदनको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो जानकारी दिनुभएको हो ।

नेपालको संस्कृति र सभ्यताकोप्रवर्द्धन गर्दै चालु वर्ष १० लाख पर्यटक भित्र्याउने योजना, औद्योगिक विकासको लागि वैदेशिक लगानी प्रवर्धन गरिने छ ।

उद्योग तथा वाणिज्य मन्त्रालयका लागि १० अर्ब ४८ करोड रकम विनियोजन, आरोहणका लागि निर्माण गरिएका पदमार्गको पुनर्निर्माण गरिनेछ । निर्माणाधिन औद्योगिक क्षेत्र र औद्योगिक ग्रामको निर्माणकार्य समयसीमा भित्रै सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।

पर्यटकीय गन्तव्यको यात्रा सहज बनाउन सडक निर्माण गर्नेगरी बजेट विनियोजन, ग्रेट हिमालयन ट्रेड निर्माणका लागि ३३ करोड र  स्थानीय तहको २१६ स्थानमा सञ्चालित पर्यटक पूर्वाधार कार्यक्रमका लागि ९० करोड रुपियाँ विनियोजन गरिएको छ ।

काठमाडौंमा नेवा संग्रहालय
काठमाडौंमा नेवा संग्रहालय निर्माण र पोखरामा गुरुङ मौलिक केन्द्र स्थापना गरिने छ, पर्यटन क्षेत्रका लागि नौ अर्ब ३८ करोड विनियोजन, एकै ठाउँम मूर्ति अवलोकन गर्ने गरी संग्रालय बनाउने योजना छ ।

भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुनर्निर्माणको कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न दुई अर्ब रुपियाँ रकम विनियोजन, नागरिक उड्डयन र हवाई सेवाको लागि १२ अर्ब २४ करोड रकम विनियोजन, धनगढी विमानस्थललाई स्तारोन्नति गरेर क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिने छ ।

घर जग्गाको मूल्याङ्कन प्रणालीलाई एकरुपता ल्याइने छ । जग्गाको नापजाँच गरेर जग्गाधनी प्रमाणपत्र प्रदान गरिनेछ, दिगो रुपमा गरिबी कम गर्ने योजना अगाडि बढाइनेछ, सहरी गरिबलाई सीपमुलुक तालिम प्रदान गरिनेछ । निजका लागि सुविधा सम्पन्न अपार्टमेन्ट निर्माण गरिनेछ ।

घरबार विहीनलाई आवास र सहरी बेरोजगारलाई रोजगारी दिन सीप मुलुक तालिम दिइनेछ, धान, मकै, गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने छ । सहकारीको ५० प्रतिशत रकम उत्पादनमूलक काममा लगानी गरिनुपर्ने छ, भूमि व्यवस्था मन्त्रालयको सात अर्ब चार करोड विनियोजन छ ।

पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ ।

आइतबार संसद्मा अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै पर्यटन क्षेत्रतर्फ बडिमालिका, त्रिपुरा क्षेत्रलाई पर्यटकी क्षेत्रका रुपमा विकास गरिने उनले बताए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याइनेछ ।

बजेट २०७९/८० : आयातबाट उत्पादनतर्फ प्रस्थान

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० पेश गरेको छ । आज अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी अवको बजेट पेश गरेका हुन् ।

यो बजेट आयातबाट उत्पादनतर्फ र बञ्चितिकरणबाट समावेशीकरणतर्फ प्रस्थान भएको उनले बताए । कोभिडपछिको अर्थतन्त्र लयमा फर्कन लागेको बताउँदै उनले चालू आवमा राजस्व सङ्कलन सन्तोषजनक रहेको उल्लेख गरे ।

अर्थमन्त्री शर्माले उत्पादनमा आधारित अर्थतन्त्रको विकास गरी रोजगारी सिर्जनाका लागि गरिबी निवारण गर्ने, प्राकृतिक स्रोतसाधन र पूँजीको परिचालन गरी रोजगारी सिर्जना गर्ने विषय बजेटको प्राथमिकतामा रहेको जानकारी गराए ।

बैठकमा अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरिहरेका छन् । आगामी आवको बजेटमा कृषि, पर्यटन, उद्योग, ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बुझिएको छ ।

नेपाली जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन हुने गरी बजेट ल्याएको छु : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाली जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन हुने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका छन् । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन् ।

त्यस अवसरमा उनले आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीता तर्फको प्रस्थान बजेटको रुपमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट रहेको पनि बताए ।

अर्थमन्त्री शर्माले भने, ‘प्रस्तुत बजेटलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीको तर्फको प्रस्थान बजेटको रुपमा प्रस्तुत गरेको छु । सबै नागरिकको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्ने कुरालाई बजेटमा केन्द्रित गरेको छु ।’

अर्थमन्त्री शर्माले अहिले बजेट प्रस्तुत गरिरहेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ५ अर्ब ९० करोड विनियोजन

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा आगामी वर्ष प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ५ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको छ ।

आइतबार संसद्मा बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ५ अर्ब ९० करोड विनियोजन गरिएको जानकारी गराएका हुन् ।

त्यस्तै औद्योगित पूर्वाधार तयार गर्न तीन अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माले जानकारी गराएका छन् । यता स्थानीय र प्रदेशमा ४ खर्ब ५० अर्ब रुपैयाँ बराबरको वित्तीय हस्तान्तरण गरिने भएको छ ।

नेपाली उत्पादन तथा उपयोग प्रर्वद्धन कार्यक्रमका लागि ३ अर्ब ४५ करोड

काठमाडौं । सरकारले प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम घोषणा गरेको छ ।

अर्थमन्त्री जनादर्न शर्माले आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९र८० को बजेटमा उत्पादनमा वृद्धि, मुलुकको विकास र सम्वृद्धि अभियान दशक घोषणा गरिएको छ ।

यसअनुसार नेपाली उत्पादनको वृद्धि, रोजगारी सृजना र व्यापार अभिवृद्धिका लागि प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम घोषणा गरिएको छ । यो कार्यक्रमका लागि ३ अर्ब ४५ करोड बजेट विनियोजन गरिएको छ ।

कार्यक्रममा सरकारी तथा सार्वजनिक निकायमा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइने उल्लेख छ । उद्योग सञ्चालनका लागि मेसिनरी तथा कच्चा पदार्थ ल्याउँदा अनुदान दिइने समेत बजेटमा उल्लेख छ ।

स्वदेशी उत्पादनको प्रयोग बढाउन ‘आफ्नै उत्पादन आफ्नै उपभोग’ कार्यक्रम सञ्चालन गर्ने घोषणा पनि भएको छ ।

उत्पादन बढाउन सहुलियत लिने र वस्तु तथा सेवा प्रविधि निवर्यात गर्नेलाई थप प्रोत्साहनत दिने आगामी आर्थिक वर्षको बजेटमा उल्लेख छ ।

वैदेशकि रोजगारीबट फर्किएकालाई कर्जा उपलब्ध गराउन ‘च्यालेन्ज फन्ड’ बनाउने घोषणा पनि भएको छ ।

रासायनिक मल खरिदका लागि १५ अर्ब बजेट विनियोजन

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा आगामी वर्ष रासायनिक मल खरिद गर्नका लागि १५ अर्ब बजेट विनियोजन गरेको छ ।

आइतबार संसद्मा बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले किसानका लागि रासायनिक मल खरिदका लागि १५ अर्ब बजेट छुट्याएको बताएका हुन् ।

उनले भने, ‘आगामी वर्ष प्रमुख बालीहरु लगाउने समयमा रासायनिक मल सहज आपूर्ति सुनिश्चित गर्न मल खरिदका लागि १५ अर्ब बजेट विनियोजन गरेको छु ।’

ग्रिन हाइड्रोजन र ग्रिन एमोनिया प्रविधि प्रयोग गरि रासायनिक मल स्थापना गर्न लगानी बोर्ड नेपालमार्फत कार्य अघि बढाइने पनि मन्त्री शर्माले बताए ।

यस्तै, बाजो जमिनको उपयोग गरि कृषि क्षेत्रलाई सुदृढ गराउने, कृषकहरुलाई मल, बीउलगायत औजारहरु सरल र सहज रुपमा उपलब्ध गराउने मन्त्री शर्माले बताएका छन् । प्रधानमन्त्री कृषि परियोजनाका ५ अर्ब ९० करोड विनियोजन गरिएको छ ।

कृषि तथा पशु विकास मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा कृषि तथा पशु विकास मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड बजेट विनियोजन गरेको छ।

आइतबार संसद्मा बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले कृषि तथा पशु विकास मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड बजेट विनियोजन गरेको बताएका हुन्

सरकारले ल्यायो किसान पेन्सन योजना

काठमाडौं । सरकारले किसान पेन्सन योजना अघि सारेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९÷८० को बजेटमा किसानसँग सरकार कार्यक्रम अघि सारेका हुन् । उनले भनेका छन्, ‘किसान पेन्सन कार्यक्रम सुरु गर्न किसान हित कोष स्थपना गरिनेछ ।’

यो कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत सरकारले जम्मा गरिदिनेछ । उनले भने, ‘कोष स्थापना गर्न विउ पूँजीका रुपमा १ अर्ब छुट्याएको छ ।’

किसान परिचयपत्रका आधारमा सार्वजनिक सेवामा छुट दिइने समेत उनले बताएका छन् ।

 

नेपाललाई साहसिक पर्यटनको केन्द्रविन्दुका रुपमा स्थापित गर्न मन्त्री आलेको आग्रह

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाललाई साहसिक पर्यटनको केन्द्रविन्दुका रुपमा स्थापित गर्न सबै पर्यटन व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल पर्यटन बोर्डले आज नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरेको १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा शुभकामना दिँदै उहाँले कोभिड–१९ को विश्वव्यापी महामारीका कारण पर्वतीय पर्यटनमा समेत सिथिलता आएको अवस्थामा यस दिवसका माध्यमबाट नेपालको पर्यटन सुरक्षित रहेको जानकारी गराउन र नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दुका रुपमा स्थापित गराउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री आलेले विश्व तापमानमा वृद्धि हुँदै जाँदा नेपालका हिमाल पनि सङ्कटमा पर्दै गइरहेका कारण हिमाली संस्कृतिले चुनौती व्यहोर्नु परेको चर्चा गर्नुुभयो । उहाँले भन्नुभयो, “विश्व तापमानमा वृद्धि हुँदै जाँदा हाम्रा हिमाल सङ्कटमा पर्न थालेका छन्, जसले गर्दा हिमाली पहिचान र संस्कृतिलाई नै चुनौती थपिँदै गएको छ ।” हिमाली स्वच्छताको अभिवृद्धिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाका बीचमा सार्थक सहकार्यको आवश्यकता रहेकोसमेत मन्त्री आलेले जानकारी गराउनुभयो ।

सगरमाथा र अन्य हिमाल नेपाल र नेपालीका गौरव तथा राष्ट्रिय सम्मानका प्रतीक रहेको बताउँदै उहाँले भन्नुभयो, “हिमाली वातावरणको स्निंग्धता र स्वच्छतालाई कायम गर्दै हिमाली समुदायको संस्कृतिलाई संरक्षण गर्ने कार्यमा सबै सरोकारवालाको साथ र सहयोग प्राप्त हुन जरुरी छ ।” सोही अवसरमा मन्त्री आलेले हिमालको संरक्षण तथा सम्वद्र्धन गर्ने कार्यमा नीतिगत सुधार गर्दै ठोस कार्यान्वयन योजना निर्माण गर्न आफूसहित सिङ्गो मन्त्रालय प्रतिबद्ध रहेको जानकारीसमेत गराउनुभयो ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको सान र गरिमालाई थप उचाइमा पु¥याउन आफू सधैँ लागिपर्नेसमेत मन्त्री आलेले वचन बद्धतासमेत व्यक्त गर्नुभयो ।उहाँले सगरमाथा बेस क्याम्पमा विदेशी पर्यटक आएका समयमा नेटको लाइन काटी कालाबजारी गर्ने गरेको जानकारी पाइएकाले त्यो कार्य तत्काल रोक्न र दोषीलाई कारवाही गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आफूले सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई जानकारी गराएको बताउनुभयो ।

कार्यक्रम मूल समारोह समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले आजकै दिन सन् १९५३ मा तेञ्जिङ नोर्गे शेर्पा र एड्मण्ड हिलारीले विश्वको उच्च शिखर सगरमाथाको शिखर चुम्नुभएकाले उहाँहरुको साहस र योगदानको उच्च प्रशंसा गर्नुभयो । उहाँले सगरमाथा आरोहीका समस्या समाधानका लागि मन्त्रालय तथा विभाग सधैँ सकारात्मक रहेको जानकारीसमेत गराउनुभयो ।

सम्पर्कविहीन विमानको खोजी तीब्र पार्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान खोजीलाई तीव्र पार्न प्रशासन र सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्मालाई टेलिफोन गरी खोजी कार्यलाई तिव्रता दिन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ ।

आइतबार पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान १०स्०७ बजेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन भएको थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार विमान लेतेबाट धौलागिरी हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकहरूले बताएको जानकारी दिए ।

विमानमा १९ यात्रु र ३ चालक दलको सदस्य रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

 

यौन हिंसाका मुद्दामा हदम्याद बढाउन संसद सचिवालयमा विधेयक

काठमाडौं । यौन हिंसाको मुद्दामा उजुरी गर्ने हदम्याद बढाउने सम्बन्धी विधेयक संसद सचिवालयमा पुगेको छ ।

यौन हिंसाका मुद्दामा पीडितले उजुरी गर्ने हदम्याद बढाउनुपर्ने चौतर्फी आवाज उठेका बेला सरकारले उक्त विधेयक लगेको हो । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले यौन हिंसाको मुद्दामा हदम्याद बढाउने सम्बन्धी विधेयक आइतबार दर्ता गराएका संसद सचिवालयले जनाएको छ ।

मुलुकी अपराध संहितामा हाडनाता करणी र नाबालकमाथिको बलात्कारबाहेक अरु बलात्कार तथा यौन हिंसाको मुद्दामा पीडितले उजुरी गर्न पाउने हदम्याद एक वर्ष तोकिएको छ।

कसरी राख्ने प्रेम प्रस्ताव ?

हुन त प्रेम आफूले मात्र चाहेर हुने कुरा पक्कै होइन । दुबैले एकअर्कालाई मन पराउनुपर्छ । रुचाउनु र एकअर्कालाई राम्रोसँग बुझ्नु अति आवश्यक पर्छ । एकअर्कालाई स्विकार्नुपर्छ । तर यो बिन्दुसम्म आइपुग्नका लागि भने केहि चरण भने पक्कै पार गर्नै पर्छ ।

कसैलाई देख्नसाथ वा मन पराउनसाथ दुबैको मन मिलिहाल्छ र स्वीकार गर्छन भन्ने पनि हुँदैन । यसका लागि कसै न कसैले पहल गर्नुपर्छ । अर्थात आफुले मन पराएका साथीलाई आकर्षित गर्नु पर्छ । त्यसैले पहिलो चरण हो आफूले मन पराएको साथीलाई आफूतर्फ आकर्षित गर्नु हो ।

आफूले जसलाई मन पराइन्छ उसको भावना बुझ्नुपर्छ । सोझौ प्रेम प्रस्ताब राखि हाल्नु सुहाउँदैन । वा म तिमीलाई मन पराउछु भन्दैमा कसैसँग प्रेम बसिहालने पनि होइन । त्यसैले आफूले मन पराएका युवक वा युवतीलाई प्रस्ताव राख्नुअघि उनको मन जित्नु पनि कै आवश्यक छ ।

कसरी आकर्षित गर्ने ?
सर्वप्रथम आफूले मन पराएका युवक वा युवतीले अरु कसैलाई मन पराएको छ, छैन ? वुझ्नुपर्छ । यदि कुनै पार्टनर छैन भने मात्र आफूले प्रक्रिया अगाडि वढाउनु उपयुक्त हुन्छ ।

सुरुमा उनको भावनालाई बुझ्ने प्रयास गर्नुपर्छ । उनलाई कसरी प्रभावित बनाउन सकिन्छ, त्यही किसिमको व्यवहार गर्नुपर्छ ।

जब तपाइले मन पराएका व्यक्ति आफू प्रति आकर्षित छ भन्ने कुरा महसुष हुन्छ, तब मात्र प्रेम प्रस्ताव राख्दा राम्रो हुन्छ । यद्यपी प्रस्ताव राख्दा ठाडै ‘म तिमीलाई मन पराउ छु’ भन्नु उपयुक्त हुदैन् । वरु आफूले उक्त मन पराएको व्यक्ति संग राम्रो मित्रताको भावनालाई सुमधुर बनाउदै लैजानु पर्दछ । जब आत्मीयता बढ्दै जान्छ तब मात्र प्रेम प्रस्ताब राख्दा उपयूक्त हन्छ । त्यसको प्रतिक्रिया माग्नु पर्छ ।

प्रेम सम्वन्ध सुमधुर राख्ने राम्रो उपाए
प्रेममा परे पछि एकअर्का संग भेट त हुने नै भयो । यसका लागि दुवैले समय दिनु र मिलाउनु पर्छ । रमणिय स्थानमा डेटिङ जाने, रमाइलो कुराकानी गर्ने । यसले प्रेम सम्वन्ध मजवुद वनाउन नी कै सहयोग गर्छ ।

प्रेमी र प्रेमिकावीच सधै भेटघाट नहुन सक्छ । आफ्नै कार्यव्यस्तताका कारण भेट्ने कुरा गर्ने समय नमिल्न सक्छ । यस्तो अवस्थामा फोन तथा एसएमएस गरेर आफ्नो उपस्थिती जनाउन सकिन्छ । फोनमा रोमान्टिक कुराकानी गर्दा, म्यासेज पठाउँदा पनि आफ्नो प्रेम सम्वन्धलाई सफल बनाउन सकिन्छ ।

प्रेमी र प्रेमिकावीच खुलेर कुराकानी हुन जरुरी छ । एकअर्काको सोचाई, भावना दुवैले वुझ्नु पर्छ । यसवाट कतिपय अवस्थामा सृजना हुने गलत सोचाइ हटाउन मद्दत मिल्छ यस्कालागि एकआर्कामा सबै कुराहरुको सेयरिङ हुन अति आवश्क हुन्छ ।

डेटिङ स्पटको छनौट

प्रेमी र प्रेमिकालाई डेटिङका लागि प्रस्ताव गर्न सकिन्छ । यद्यपी यस अघिनै आफूले कुन स्थानमा डेटिङ जाने ? यस सम्वन्धमा टुंगो गरिसक्नु पर्छ । प्रेमी वा प्रेमिका डेटिङका लागि राजी भइसकेपछि ‘डेटिङ स्पटको’ खोजीमा अलमलिनु हुदैन् । यदि अगाडि नै योजना तय नभए दुवैले छलफल गरेर डेटिङ स्पट छनौट गर्दा पनि राम्रो पनि हुन्छ ।

प्रेमिकाको खुशीका लागि
प्रसंसा गरौ आफ्नो प्रेमिकाको प्रशंसा गर्न कतिपनि कञ्जुस्याइ गर्नु हुन्न । प्रेमिकाको राम्रो एवं सकारात्मक पक्षको सधै खुलेर प्रशंसा गर्नु होस् । प्रशंसाले जो कोहिलाई खुसी तुल्याउ छ ।

मायामा ‘केयरिङ’ महत्वपूर्ण हो । प्रेमिकाले पनि हामीवाट त्यही कुराको अपेक्षा गरेको हुन्छ । आपूmले पनि त्यस्तै व्यवहार देखाउ पर्द छ, जसले प्रेमिकालाई केयर गरिरहेको आभाष मिलोस् ।

समर्थन गर्नु होस् । प्रेमिकाको कुरालाई वढी खण्डन गर्न थालियो भने त्यसको नकारात्मक प्रभाव पर्न जान्छ । यस किसिमको व्यवहारले प्रेमिकाले आफुलाई होच्याएको महसुश गर्न सक्छन् । त्यसैले उनको भावनालाई सम्मान एवं समर्थन गर्नुपर्छ ।

भ्यालेन्टाइन गिफ्टको राम्रो छनोट

भ्यालेन्टाइनको अवसरमा के गिफ्ट दिने ? धेरै जोडीलाई यहि प्रश्नले सोचमग्न वनाएको हुन सक्छ । बजारमा भ्यालेन्टाइनका लागि अनेकौ गिफ्ट उपलव्ध हुने गरेको छ ।

सांकेतिक रुपमा प्रेम दर्शाउने रातो एवं पिंक कलरका गिफ्ट आइटम यसवेला उपयुक्त हुन्छ । वजारमा उपलव्ध गिफ्ट मध्ये आफ्ना प्रेमी वा प्रेमिकाका लागि कस्तो आइटम ठीक होला ? यस सम्वन्धमा एकपटक सोचविचार गर्नैपर्छ ।

गिफ्ट गरिद गर्नु अघि पे्रेमी र प्रेमिको रुची, सौख, भावनाका वारेमा वुझ्नुपर्छ । उनीहरुको रुची अनुसारको गिफ्ट खरिद गरेर दिनु उपयुक्त हुन्छ । यसरी गिफ्ट छनौट गर्दा आफ्नो आर्थिक हैसियतलाई पनि ध्यानमा राख्नुपर्छ ।

प्रेमीका फकाउनका लागि

आफ्नी प्रेमिकालाई प्रभावित गर्न उनको सौन्दर्यको प्रशंसा गरौ । यद्यपी हट र सेक्सी चाहि नभनौ । यसो भन्दा अनर्थ लाग्न सक्छ ।
प्रेमिकाको हात समाउ र प्रेमपूर्वक सिरमा चुमौ ।
उनको सानो कुरालाई पनि ख्याल गरौं ।
कहिले कहि उनलाई मन पर्ने म्युजिक सुनाऔं, फिल्म हेर्न लैजाऔं ।
फेसनेवल तथा स्टाइलिस पहिरन लगाउने । यसवेला पहेंलो, पिंक एंव रातो रंगको पहिरन उपयुक्त हुन्छ ।

तपाईले कस्तो प्रेम गदै हुन्छ प्रेमका महत्वहरू यस्ता छन्

यो पृथ्वीमा सबैभन्दा बढी चर्चा परिचर्चा पाएको शब्द भनेको नै प्रेम हो । संसारमा सबभन्दा बढी परिभाषा गरेर पनि परिभाषित हुन नसकेको शब्द शायद ‘प्रेम’ हुनुपर्छ । प्रेमको विषयमा जति धेरै गीत र कविता कुनै पनि विषयमा लेखिएका छैनन् । अधिकाँश कथा उपन्यास र चलचित्रको मुख्य विषय पनि प्रेम नै हुन्छ । आज संसारमा जति पनि चलचित्रहरु बनेका छन्, जति जति गीतहरु सुन्नमा आएका छन् वा हामीले सुनेका छौ , ती सबैमा कुनै न कुनै तरिकाले माया र प्रेमकै भाव र गुणगानको सम्बन्ध जोडेर गुन गुनाईएको हुन्छ । तर अझै पनि संसारमा कसैले प्रेम यो हो र यसकारण हुन्छ भन्न सकेको छैन । बैज्ञानिकहरुले प्रेम किन हुन्छ भन्ने विषयमा विभिन्न तर्क अघि सारेका छन् तर ती पनि सर्वमान्य छैनन् । मानिसहरु प्रेम किन हुन्छ र के हो प्रेम भन्ने विषयमा सदियौंदेखि खोज र अनुसन्धान गर्दै आएका छन् । भनिन्छ प्रेम भनेको एउटा यस्तो भावना हो जसलाई न कसैको बुद्धिले रोक्न सक्छ न कुनै तर्कले नै छेक्न सक्छ । भनिन्छ कि प्रेम प्रेरणाको खानी हो, प्रेम जीवन हो, प्रेम प्रकृति हो, प्रेम विश्वास हो अनि प्रेम संसारै हो । प्रकृतिको सबै भन्दा सुन्दर उपहार हो प्रेम र त्यो भन्दा मिठो छ उसको अनुभुती, जो जिन्दगीको महत्व सिकाउँछ र जीवन जिउन योग्य बनाउँछ ।

भनिन्छ मायामा नै संसार अडिक छ । सच्चा प्रेम त्यही हो जसले आपतमा सहयोग गर्छ, जो जहाँ एक अर्काका लागि तन, मन, धन सबै किसिमले सहयोग, समर्पण गर्ने र संघर्ष गर्न सक्ने क्षमता हुन्छ अनि एक अर्काप्रति अटुट विश्वास र ढृड निश्चय हुन्छ। माया आकाश भन्दा असिम छ, सागर भन्दा गहिरो छ, पवन झै चञ्चल अनि सामुन्द्रीक पानी भन्दा कञ्चन छ। माया अपार छ, विशाल छ अनि माया महान छ । मायामा आत्मियता छ, मधुरता छ, विशाल छ अनि मायामा भावुकता पनि छ। मायाको उद्गम बिन्दु एउटै हो। माया विश्वास हो, मायामा आत्मसन्तुष्टि, सद्विचार, सद्भावना र सद्चरित्र छ भन्ने कुरामा दुई मत नहोला। मायामा सर्मपण, दया, करुणा, सहयोगी भावना हुनैपर्छ । मायामा सुख, आनन्दका सारा संसारको खुसीमा नै मायामा छ।

प्रेमको महत्व
प्रेम अद्भूत शक्ति हो । हामी सबै प्रेमका पुजारी हौँ । संसार प्रेममय छ । प्रेममय भएकै कारण संसार अडिएको छ । सबै मानिस जानी नजानी माया प्रेम गरिरहेका हुन्छन । माया ममता, करुणा, स्नेह, सद्भाव, भक्ति, सत्कार, स्वाभिमान, अनुशासन आदि सबै प्रेमका स्वरूप हुन् । प्रत्येक पल मानिसले प्रेमको कुनै न कुनै स्वरूप धारण गरेकै हुन्छ । यही शक्तिको कारण मानव जीवनको औचित्य रहन्छ । प्रेम र्सवश्रेष्ठ र शक्तिशाली छ । प्रेम एकमात्र त्यस्तो शक्ति हो, जसले मानिसको जिन्दगी सफल बनाउन सहयोग गर्नसक्छ । कसैको कुनै पनि व्यवहार परिवर्तन गर्न सकिन्छ भने प्रेमले मात्र सकिन्छ । यहि प्रेम कतिलाई अभिशाप पनि हुने गर्छ ।

प्रेम कहानीहरू
भनिन्छ एउटा प्रेमीले प्रेमिकालाई वा प्रेमिकाले प्रेमीलाई गर्ने माया अनि एउटा आमाले छोराछोरीलाई गर्ने माया र छोराछोरीले आमालाई गर्ने माया कति छ भन्ने कुरा उनीहरुको आँखाबाट थाहा पाउन सकिन्छ। प्रेमका विविध रूप छन् – सन्तान प्रेम, मातृपितृ प्रेम, सखा प्रेम, दाम्पत्य प्रेम आदि। प्रेम एउटा अदभुत् अनुभव हुन सक्छ । धेरै प्रेम कहानीहरू छन्। जस्तो कि लैला मजनु, रोमिया जुलियट, मुनामदन, हीर राँझा, नल दमयन्ती, सावित्री सत्यवान आदि ।

नलदमयन्ती र सावित्रीसत्यवानका कथाहरू वियोगपछि संयोगमा टुङ्गिएका छन् । सपना, प्रेम र सहयात्रा अथवा समय यात्राको सम्बन्ध निक्कै घनिष्ठ हुन्छ । एक्लै हिँडेको बाटो लामो लाग्छ, सहयात्रामा त्यहि दूरी पनि कम र सुखको अनुभुत हुन्छ । एकले अर्काको भावलाई सम्मानका आधारमा बाँधेको हुन्छ र सुन्दर परिवारको परिकल्पनालाई पुरा गरिरहेको हुन्छ । विशेष अर्थमा सात्विक प्रेम प्रेमको त्यो अवस्था हो, जहाँ हुन्छ प्रेम, प्रेम र मात्र प्रेम ।

प्रेम आफैंमा एक यस्तो चिज हो । जसमा भावना र अनुभव ९फिलिङ० जोडिएको हुन्छ । प्रेममा परेका मानिसहरुलाई यस्तो लाग्छ मानौं उसको वरिपरि चारैतिर मात्र प्रेम छ ।

तर के तपाईलाई थाहा छ प्रेम कति प्रकारको हुन्छ , या तपाईले कहिल्यै सोच्नु भएको छ कि मैले कस्तो प्रकारको प्रेम गरिरहेको छु, पक्कै पनि हरेक मान्छेको मनमा आफूले गरिरहेको प्रेम कस्तो प्रकारको हो भन्ने जिज्ञासा उत्पन्न हुन्छ । तर धेरैजसोले त्यसको जवाफ पाउँदैनन् ।

लंगटर्म लभ
लामो समयसम्म चल्ने प्रेम नै ‘लंगटर्म लभ’ हो । प्रेममा परेर धेरै दुख, कष्ट तथा तमाम व्यवधान सहेर पनि कोही जोडी सम्बन्धमा बाँधिरहन्छन् भने उनीहरुको प्रेमलाई ‘लंगटर्म लभ’ भनिन्छ । यस्ता प्रेमिप्रेमिकाले एक अर्काको साथ कहिल्यै पनि छोड्ने गदैनन् । यि जोडीले एकअर्कामा नै आफ्नो जिन्दगी देख्ने गर्छन् । यस्तो प्रमे अक्सर कमैले मात्र गर्छन् ।

यस प्रकारको प्रेम विवाहमा गएर परिणत हुन्छ, र जीवनपर्यन्त चलिरहन्छ । यस्तो प्रेम गर्नेहरु बुढेसकालसम्म पनि एकअर्काप्रति समर्पित हुन्छन् ।

रोमान्टिक प्रेम
यस्तो प्रेम प्राचिन ग्रीसका प्रेमका देवता मानिने ‘ईरोश’प्रति समर्पित मानिन्छ । रोमान्टि प्रेमलाई सबैभन्दा खतरनाक प्रेम पनि भनिन्छ । यति खतरानाक कि यो प्रेमले धेरैजसो समस्याहरु निम्त्याउँछ । यस परिभाषाअन्तर्गत विवाहेत्तर सम्बन्धलाई रोमान्टिक प्रेमको संज्ञा दिने गरिन्छ।

 

रोमान्टिक प्रेमको अर्को परिभाषा पनि छ । जसमा भनिन्छ कि प्रेममा परे पछिको पहिलो अनुभव नै ‘रोमान्टिक लभ’ हो । यस प्रकारको प्रेममा परेका जोडीहरु एक दोस्रोको विना बाँच्न नै नसकिने सोच्छन् ।

चंचल प्रेम
यस्तो प्रकारको प्रेम बचपनमा हुने गर्छ । कतिपयलाई भने किशोरावस्थामा पनि चंचल प्रेम हुन्छ । यस्तो प्रेम केटाले केटी तथा केटीले केटालाई जिस्क्याएर, फ्लर्ट गरेर सुरु हुन्छ ।

 

यस्तो प्रेममा पर्नेहरुलाई लाग्छ कि पूरै संसार रंगीन छ । सबैजना धेरै खुसी छन्, कोही कसैसँग रिसाउँदैन ।

प्रेमिल प्रेम
यस्तो प्रकारको प्रेम बढी नै भावनात्मक हुन्छ । यस्तो प्रेम तपाईले आफ्नो साथीसँग बढी गर्नुहुन्छ । केटा होउन या केटी विपरित लिङ्गीहरु पनि साथित्व निर्वाह गर्छन्, भने त्यो प्रेमिल प्रेम हो ।

 

यस्तो प्रेममा कुनै शारीरिक आकर्षण हुँदैन । यस्तो प्रकारको फिलिङ बचपनमा भाई–बैनी तथा आमाबुवासँग पनि हुन सक्छ । स्कुल, कलेजका साथी भाई, आफ्नो ईष्ट मित्रसंग पनि यस्तो प्रमे हुने गर्छ ।

आवेगपूर्ण प्रेम
यस प्रकारको प्रेममा मानिसहरुमा अरु कुनै पनि चिजको मतलव हुँदैन । यस्तो प्रेममा परेकाहरु पागलपनको हद पार गरेर पनि आफ्नो प्रेमी प्रेमिकालाई पाउने कोशिष गर्छन् । यस्तो प्रेममा परेका जोडीहरु जात र परम्परालाई चुनौति दिँदै एक हुन्छन् ।

 

यस्तो प्रेममा परेका व्यक्ति चाहन्छन् कि उनी जससँग प्रेम गर्छन् उसले पनि आफूलाई त्यति नै प्रेम गरोस् जति आफूले उसलाई गरेको हुन्छ । यस्तो प्रेममा रहेकाहरुको सम्बन्ध कहिलेकाँही जलनको कारण खटपट पनि पर्ने गर्छ ।

खाली (रित्ता) प्रेम
जब कुनै जोडी प्रेममा परेपछि पश्चाताप, दुख या पीडामा हुन्छ भने यस्तो अवस्थालाई खाली ९रित्तो० प्रेम भन्न सकिन्छ । बाध्यताबस प्रेमी भइरहनुपर्ने अवस्था हुन्छ भने त्यसलाई खाली प्रेम भनिन्छ ।

 

यस्तो प्रेम खासगरी विवाहित जोडीहरुमा हुन्छ, जो एकअर्काप्रति समर्पित हुँदैनन् । तर बच्चा, परिवार अथवा समाजका कारण मात्रै बन्धनमा हुन्छन् ।

स्वयंलाई प्रेम
यस्तो पनि भनिन्छ कि अरुलाई प्रेम गर्नुभन्दा पहिले स्वयं आफूलाई प्रेम गर्नुपर्छ । यसलाई साधारण भाषामा भन्नुपर्दा आफूलाई उपयुक्त लाग्ने (सुहाउने)प्रेम भन्दा पनि हुन्छ ।

 

यस्तो प्रेम गर्नेहरु आफ्नो आदर्श, आवश्यकता र भौतिक चाहनाबाट निर्देशित हुन्छन् । जस्तै कुनै शाकाहारी केटीले शाकाहारी केटालाई नै प्रेम गर्नु यसको उदाहरणका रुपमा लिन सकिन्छ । किनकी त्यहाँ त्यसको आदर्शले काम गरेको हुन्छ ।

निस्वार्थ प्रेम
यस प्रकारको प्रेममा प्रेमीहरुले कसैका लागि कुनै पनि प्रकारको द्वेष राख्दैनन् । यस्तो प्रेम जा ेसुकैसँग पनि हुन सक्छ ।

यस्तो प्रेम कुनै पनि प्रकारको दायरको बन्धनमा बाँधिएको हुँदैन । जात, धर्म या उमेरले नै पनि यस्तो प्रेममका कुनै रुकावट ल्याउन सक्दैनन् । बौद्ध धर्ममा यस्तो प्रेमलाई ‘यूनिभर्सल लभ’ भनिन्छ । यस प्रकारको प्रेममा शान्ति र खुसी प्राप्ती हुन्छ ।

स्वार्थी प्रेम
यो त्यस्तो प्रेम हो, जो एकतर्फी प्रेमभन्दा पनि बढी खतरनाक हुन्छ । आजकल यस्तो प्रेमलाई ‘स्मार्ट लभ’ पनि भन्ने गरिन्छ । किनकी यस्तो प्रेम गर्नेहरु आफ्नो स्वार्थबाट निर्देशित हुन्छ । र स्वार्थ पूरा गर्ने दाउमा हुन्छ ।

यस्तो भन्नु गलत नहोला कि यसप्रकारको प्रेमले ‘प्रेम’को पवित्रतालाई धमिलो बनाइदिन्छ । धेरैले स्थार्थबाट प्रेरित भएर गरिने प्रेमलाई धोकाको संज्ञा दिन्छन् ।

एकतर्फी प्रेम
यस प्रकारको प्रेममा पीडाको अलावा अरु केही पाइँदैन । जसलाई प्रेम गरिन्छ त्यसलाई नै जानकारी नदिइ गरिने यस्तो प्रेममा प्रेमी तड्पिएरै पागल हुन्छन् ।

यस्तो प्रेम गर्नेहरु अक्सर साहित्यकार बन्छन् भन्ने गरिन्छ । यस्तो प्रेमबाट मानिसहरु डरउँछन् । तर यस्तो प्रेममा आधारित ९वियोगान्त० कथाहरुलाई भने खुब मन पराइन्छ ।

विमानको खोज तथा उद्धारमा सघाउन स्थानीयलाई आग्रह

काठमाडौं । सरकारले मुस्ताङमा हराइरहेको तारा एयरको विमानको खोज तथा उद्धारमा सघाउन स्थानीय बासिन्दसँग अनुरोध गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले स्थल र हवाईमार्गबाट विमानको खोजी भइरहेको उल्लेख गर्दै मुस्ताङका सर्वसाधारणलाई हराइरहेको विमानका बारेमा जानकारी भएमा खोज तथा उद्धार समन्वय केन्द्रको फोन नम्बर ०१४११३००० मा सूचना दिन आग्रह गरेको छ ।