लैगिंक हिसां बिरुद्धको अभियान डुम्राहामा
२३ मंसिर २०७७, मंगलवार १८:५१
इनरुवा । सुनसरीको इनरुवा नगरपालिका ८ डुम्राहा दलित बस्तीमा लैगिंक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । नगरको बिभिन्न वडामा अन्र्तक्रिया गोष्ठी र सचेतनामूलक कार्यक्रम गरिदैं आएकोमा डुम्राहामा समेत कानुनी सचेतना कार्यक्रम सम्पन्न गरेको स्थानीय श्रवण मण्डलले जानकारी दिनुभयो ।
कार्यक्रम गैर सरकारी संस्था महासंघ र इनरुवा नगरपालिकाको आयोजनामा दिवसकै अवसरमा वडा स्तरीय कानूनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न भएको कानूनी साक्षरता कार्यक्रममा महिला मानव अधिकार रक्षक सरिता घिमिरे कार्की, महासंघका मेघराज न्यौपाने,सबिना सिग्देल रेग्मी सहितकाले बोल्नुभएको थियो । अभियान कार्यक्रमको उद्घाटन इनरुवा नपाकी उपमेयर जमुना गौतम पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा महिला , किशोरी, युवा सहित नागरिक समाजका अगुवाहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया