यौनधन्दाले पुन : विकृत बन्दैछ इटहरी
१८ मंसिर २०७७, बिहीबार १६:०३
इटहरी । जहाँ गए पनि गज्जब गर्ने बानी परेका प्रहरी अधिकृत बिनोद शर्मा जब इटहरी प्रहरीको कमान्ड सम्हाल्न आए उनले यहाँ पनि आफ्नो करिश्मा उजागर गरेरै सरुवा भए । यौनधन्दाले विकृत इटहरीलाई सभ्य बनाउने र गुण्डागर्दी अन्त्य गराउने श्रेय उनै डिएसपी शर्मालाई जान्छ ।
इटहरीमा विनोद शर्माको आगमन पश्चात् निर्मुल भएको यौनधन्दा पुनः टाउको उठाउने चरणमा रहेको छ । तर धन्दा गर्ने तरिकामा भने पहिले भन्दा फरक छ । पहिले जस्तो खुल्लेआम होटल रेष्टुरेन्ट खोलेर नभई अहिले रातको समयमा गोप्य हिसाबले इटहरीमा पुनः बिस्तारै अवैध यौनधन्दा शुरु हुन थालेको छ ।
कानुनी र सामाजिक दृष्टिकोणबाट समेत बर्जित यौनधन्दा रातको समयमा इटहरीमा गर्ने गरेको पाईएको छ । यसअघि पनि इटहरीमा पुन यौनधन्दा शुरु गर्ने प्रयास नभएको होइन। फ्ल्याट नै भाडामा लिएर यौनधन्दा सञ्चालन गर्ने पाईएपछी प्रहरीले छापा मारेर बन्द गराएको थियो ।
तर यो यौन व्यवसायमा संलग्नहरुले निश्चित अड्डामा भन्दा सम्पर्कका आधारमा आफ्नो व्यवसाय सञ्चालन गर्ने गरेको पाइएको छ ।
इटहरीमा डिएसपी बिनोद शर्माले अबैध यौनधन्दा सञ्चालकहरुलाई पक्राउ गरि मुद्धा चलाएपश्चात शान्त भएको इटहरीमा यौन व्यवसायमा संलग्नहरु सजाय भुक्तान गरि निस्किएपछी नयाँ तरिका अपनाएर पुन आफ्नो पुरानै व्यवसायमा फर्किएको हुनसक्ने आशंका उत्पन्न भएको छ ।
पछिल्लो समयमा रातको समयमा इटहरीमा समलिङ्गीहरु पनि यौनजन्य क्रियाकलापमा संलग्न हुन थालेको प्रष्ट भएको छ । मध्यरातको समयमा पनि इटहरीका सडक,गल्लीमा दैनिक जसो समलिङ्गी देखा पर्नु त्यसको ज्वलन्त उदाहरण हो ।
इटहरीमा सदाका लागी सामाजिक र कानुनी हिसाबले समेत अबैध र तिरस्कृत यौनधन्दा अन्त्य गर्न प्रहरी प्रशासनले चनाखो हुनुपर्ने साथै होटल तथा लज व्यवसायीले समेत व्यवसायिक आचारसंहिता कायम गर्दै अवैध यौनधन्दा निर्मुल गर्न जरुरी छ ।
छोटो समयमा अकुत रकम आर्जन गर्ने लोभमा नपरी होटल तथा लज व्यवसायीहरुले पनि यौनधन्दा लाई मलजल नगरी आफ्नो व्यवसाय गर्न जरुरी छ ।
इटहरीलाई सभ्य र सम्बृद्ध बनाउन यहाँ बसोबास गर्ने सबैको भुमिका बराबर हुने भएकाले इटहरीमा रातको समयमा पुन शुरु हुँदै गरेको यौनधन्दा अन्त्य गर्न यहास्थित नागरिक समाज,राजनितिक दल,प्रहरी प्रशासन,सरोकारवाला निकाय र आम नागरिक समयमै सचेत हुँदै इटहरीमा कहिल्यै अबैध यौनधन्दा गर्न संभव छैन भन्ने कुरा व्यवहारिक रुपमै प्रमाणित गर्न जरुरी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया