अस्पतालमा समस्या समाधानको प्रयास – Nagarikabhiyan : National News

अस्पतालमा समस्या समाधानको प्रयास

इनरुवा, मंसिर १७ गते । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको जिल्ला अस्पताल सुधार र समस्या समाधानमा लागेको अस्पतल सञ्चालन तथा व्यवस्थापन समितिले प्रयास थालेको जनाएको छ । लामो बन्दाबन्दीले समस्याग्रष्त रहेकोमा सेवालाई थप प्रभावकारी र व्यवस्थित्त बनाउन लागिपरेको समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख गोपालराज भण्डारीले जानकारी दिनुभयो । अस्पतालको विकास र सेवा गुणस्तरका लागि आफूहरु आएदेखी नै प्रयासरत रहेकोमा केही समस्याहरु आएको स्मरण गराउनुहुदै अस्पतालको सेवा थप प्रभावकारी र व्यवस्थित बनाउन लागिपरेको बताउनुभयो । बुधबार पत्रकार सम्मेल गरेर समितिले अस्पतालमा जिम्मेबारी समालेसगैं फोहोर व्यवस्थापन, सरसफाई, खानेपानीको व्यवस्थापन, इममेरजेन्सी भवनको निर्माण र थप व्यवस्थित्त बनाउन नयाँ भवनमा लगिएको, शल्यकृया सहितको प्रसुती सेवा सुचारु गरेको जनाकारी दिनुभयो ।


एता यसअघि जिल्ला अस्पताल इनरुवा सुनसरी सुधारका लागि इनरुवाका युवाहरु एक जुट भएका छन् । स्थानीय तथा युवाहरुले इनरुवा अस्पतालको बेथितिका कारण नागरिकहरु मारमा परेकाले जिल्लादेखी प्रदेशसम्म दवावको कार्यक्रम गर्ने समेत निधो गरेका थिए ।
सेवा दिनुको साट्टो सेवाग्राहीहरुलाई सास्ती दिने गरेको गुनासो बाहिर आएपछि युवाहरुले शुक्रवारको प्रथम भेलाले जिल्ला अस्पताललाई सुधार गर्दै अगाडी बढ्ने समेत बताइएको थियो ।
समाजसेवी गोपाल कोइरालाले जिल्ला अस्पताल इनरुवाका कर्मचारीहरुमा अनुशासन समेत नभएको जिकिर गरेका छन । अस्पतालमा कार्यकर्ता भर्ती केन्द्रको रुपमा भएपनि बिरामीहरुलाई हेलचेक्राई गरेको आरोप समेत कोइरालाले लगाएका छन् । अस्पताल राजनीतिकको अखडा भएकोले यसलाई चिर्नका लागि युवा शक्ति एक जुट भए मात्र अस्पतालको बेथितिलाई चिर्न सजिलो हुने बताएका छन् ।
अस्पतालको चारवटै गेट खोल्नुपर्ने जिकिर गर्दै कोइरालाले अस्पताल भित्र भएको अनियमितता, भ्रष्टाचार, दरबन्दी अनुसारको डाक्टर नभएको, सरसफाई नभएको, राम्रो सेवा प्रवाह नभएको लगायतको विषयमा बहस तथा छलफल गर्न आवश्यक रहेको औल्याए ।
भेलामा सहभागी विवेकानन्द झाले अस्पतालमा रहेको बिकृतिका कारण विपन्न र दलित तथा निमुखा नागरिक मारमा परेकाले अस्पतालको स्तर अनुसार सम्पूर्ण ब्यवस्था गर्न जरुरी रहेको बताए । झाले अस्पतालमा सरकारले घोषणा गरेको श्रेणी र दरबन्दी अनुसार ब्यवस्था गरें सबै समस्या समाधान हुने बताएका छन् ।
इनरुवाका युवा दिलिपचन साहुले इनरुवा अस्पतालको कमी कमजोरी सहित २५ बुदें समस्याहरु प्रथम भेलामा सार्वजनिक गरेका थिए । समस्या समाधानका लागि प्रथम भेलाबाट आउने सल्लाह सुझावलाई मध्यनजर गर्दै अस्पताल बिरुद्ध सुधारका लागि आन्दोलन गर्ने समेत बताएका छन् ।
सुधार अभियान जारी रहने र निरन्तर खबरदारीका लागि इनरुवा अस्पताल सुधार संघर्ष समितिले गर्ने समेत साहुले जानकारी दिए । प्रथम भेलाले अस्पतालको सवालमा आवाज उठाएको हुदाँ अब इनरुवा नगरपालिकामा भएका अनियमितता र भ्रष्टाचारको बिरुद्धको अभियान पनि जारी गर्ने साहुको कथन छ ।
भेलामा युवा अभिनन्द यादव, महिचन्द्र साह, धर्मवीर आर्य, ज्ञानदेव पण्डित, भुवनेश्वर यादव लगायतका सयौ सरोकारवालाहरुले अस्पताल र इनरुवाको स्वास्थ्य स्थिती बारे बोलेका थिए ।
अस्पतालको विषयलाई लिएर विभिन्न निकायहरुको ध्यानाकर्षण गर्न दिलिप चन साहुको संयोजकत्वमा २५ सदस्यीय इनरुवा अस्पताल सुधार संघर्ष समिती गठन गरेको हो ।
संघर्ष समितिको सदस्यहरुमा ज्ञानदेव पण्डित, अभिनन्दन यादब, धर्मबिर मेहता, जमालुदिन मिया, भुटाइ साह, आयुस घिमिरे, सन्तोष यादव, रामदेव साह, सौगात बस्नेत , किरण श्रेष्ठ , निरज शर्मा , प्रशान्त श्रेष्ठ , लालबाबु साह, नवराज मेहता, राजेश पण्डीत, राजेन्द्र कुमार श्रेष्ठ , धनिकलाल खत्वे, शम्भु साह, त्रिलोक नाथ गुप्ता , करन साह, शम्भु यादव, रघुनन्दन मेहता, अकबर खान र अजय साह रहेका छन् ।
त्यसैगरी समितिको सल्लाहकारमा गोपाल कोइराला, सिताराम पौदार, सौनाला साफी, राम प्रसाद मेहता, भुवनेश्वर यादव, दयानन्द साह, भोला साह, नवराज बराल, भगिरथ खत्वे, नवीनचन्द्र साह र बासुदेव साह हलुवाइ रहेका छन् ।