भोक्राहा नरसिंह गाउँपालिकामा मानवअधिकार बिषयक गोष्ठि सम्पन्न – Nagarikabhiyan : National News

भोक्राहा नरसिंह गाउँपालिकामा मानवअधिकार बिषयक गोष्ठि सम्पन्न

इनरुवा । भोक्राहा नरसिंह गाउँपालिकामा मानव अधिकार बिषयक गोष्ठि कार्यक्रम सम्पन्न भएको छ ।

जिम्मेवार निकायलाई जवाफदेही बनाउने ईएलपी परियोजना अन्र्तगत शिक्षा स्वास्थ्य र खाद्यय तथा आवास अधिकारमा छलफल गर्ने गरी मानव अधिकार गोष्ठि सम्पन्न भएको हो ।

मानव अधिकार समुह भोक्राहा नरसिंहको आयोजना र वडा कार्यालयको संयोजनमा कार्यक्रम सम्पन्न भएको समुहका सचिव दिपेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।

यादवका अनुसार कार्यक्रममा सहभागी भएकाहरुले सिचाईका लागि नहर र भूमिगत पानीका लागि बोरिङ्गको ब्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

कार्यक्रममा स्थानीय बुनाई मण्डलले सिचाई अभावका कारण खाद्यय उत्पादन घटेको र त्यसबाट मानिसको खाद्यय सम्वन्धि मौलिक हकको उपयोगमा समस्या भएको गुनासो गर्नुभयो । गाउँका अधिकांश जग्गाहरु सिचाई अभावले तीन बाली हुनुपर्नेमा मुस्किलले एक देखी दुईबाली मात्रै उत्पादन गर्न पाएको अर्का स्थानीय बेचनी मण्डलले बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य शिक्षा र पशु सेवाको बारेमा सहभागीले राखेको गुनासो र सवालको बारेमा स्वास्थ्य चौकी प्रमुख रामाशंकर साह र पशु विकास शाखाका अब्दुल कैयुम अन्सारीले जवाफ दिनुभयो । कार्यक्रम समुहका सचिव दिपेन्द्र यादवको अध्यक्षता र वडाध्यक्ष रामचन्द्र यादवको प्रमुख अतिथित्यमा सम्पन्न भएको थियो ।