प्रदेश–१ को नामसम्बन्धी प्रस्ताव पेस गरिँदै – Nagarikabhiyan : National News

प्रदेश–१ को नामसम्बन्धी प्रस्ताव पेस गरिँदै

विराटनगर । लामो समयदेखि थाती रहेको प्रदेश-१ को नामकरणको विषयले आज प्रदेश सभामा प्रवेश पाउने भएको छ। राजनीतिक दलहरुले आज बस्ने प्रदेशसभा बैठकमा नामाकरणको विषय टुंगो लगाउने तयारी गरेका हुन्। नामै राख्न नसकेर एक कार्यकाल गुजारेको प्रदेश १ ले आज अबेरसम्म प्रदेशसभामा छलफल गरेर भए पनि नाम टुंगो लगाउने तयारी गरिएको हो।

प्रदेशको नाम भूगोल वा पहिचान केको आधारमा राख्ने भन्नेमा विवाद छ । नामकरणका लागि ९३ मध्ये कम्तीमा ६३ सांसदको समर्थन अर्थात् दुईतिहाइ बहुमत चाहिन्छ । प्रदेशको नाम कोसी, किराँत, लिम्बुवान, विराट राख्ने विषयमा दलपिच्छे फरक मत छ ।

प्रदेश १ प्रदेशसभामा एमालेका ४०, काँग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् । सत्तापक्ष र विपक्षमा विभाजित हुँदा कसैको पनि दुई तिहाइ मत पुग्न सक्ने सम्भावना कम रहेको कारण सर्वसहमतिमा नामकरणको टुंगो लगाउने तयारी छ ।