भोक्राहा नरसिंह गाउँपालिकाको मुहार फेरिदै: अध्यक्ष यादव – Nagarikabhiyan : National News

भोक्राहा नरसिंह गाउँपालिकाको मुहार फेरिदै: अध्यक्ष यादव

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा पहिलो पटक यस बर्ष सबै भन्दा लामो सडक कालो पत्रे हुने भएको छ । गाउँपालिका भित्र करिब २० किमि सडक आर्थिक बर्ष ०७७/०७८ मा कालोपत्रे हुने भएको हो ।

गाउँपालिका भित्र अहिले सम्मकै लामो बाटो कालो पत्रे हुन लागेको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले बताए ।

गाउँपालिका भित्र २० किमि बाटो कालो पत्रे हुने भए पछि गाउँपालिका बासी पनि खुसी भएका छन । निर्माण हुन लागेको सो सडक खण्डमा विभिन्न गाउँका नागरिकले सुविधा पाउने हुदाँ स्थानियले गाउँपालिका अध्यक्ष यादवको प्रशंसा समेत गरेका छन ।

सुनसरी जिल्ला को सबैभन्दा पछाडी परेको गाउँपालिका भोक्राहा नरसिंह हो तर अहिले विकासमा निर्माणमा अध्यक्ष यादवको कार्यशैलिले गाउँपालिकाको मुहार फेरिदैछ ।

भोक्राहा नरसिंह गाउँपालिकामा चालु आर्थिक बर्ष २०७७।०७८ को असार मसान्त भित्र कम्तिमा २० किलोमिटर सडक कालोपत्रे हुने निश्चित भएको छ ।

गाउँपालिकाले गौरवका आयोजना पहिचान गरि वडामा कालोपत्रेका लागि वजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष यादवले जानकारी दिए ।

गाउँपालिकाले गाउँसभाबाट वडामा सडक कालोपत्रेलाई प्राथमिकता दिएर वजेट विनियोजन गरेको अध्यक्ष यादवले बताए । गाउँपालिकामा रहेका जिर्ण सडकहरुलाई स्तरउन्नती गरी बिभिन्न वडामा यसबर्ष करिब २० किलोमिटर सडक कालोपत्रे गर्न लागिएको भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहताले जानकारी दिए ।

भोक्राहा नरसिंह गाउँपालिकाको २२ करोड ५० लाख बजेटबाट यस बर्ष गाउँपालिका भित्र २० किलोमिटर सडक कालोपत्रे गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत मेहताले बताए । प्रत्येक वडामा ३ देखि ४ किलोमिटर सम्म सडक कालोपत्रे गर्न लागिएको छ , प्रमुख प्रशासकिय अधिकृत मेहताले भने,– कालोपत्रको काम सुरु गर्नका लागि टेण्डर भईसकेको छ , सडक कालोपत्रे यसैबर्षको असारभित्र सम्पन्न हुनेछ । भोक्राहा नरसिंह गाउँपालिका भित्र लामो समय देखी जिर्ण अवस्थामा रहेको वडा न.६ को चिरौली चौकको दक्षिण पिपल चौक हुदै भागवत यादवको घर सम्मको सडक कालोपत्रे , वडा न. ५ र ७ को जनता चौक देखी दक्षिण यादव टोल हुदै कालिमन्दिर जोडने सडक कालोपत्रे, वडा न. ८ रामजानकी मन्दिर देखी भारत वोर्डर जोड्न सडक कालोपत्रे, वडा न. ८ को हुलाकी राजमार्ग दक्षिण यादव टोल हुँदै बसन्तपुर जोड्न सडक कालोपत्रे, वडा न. ४ चिरौली चौक देखी उत्तर प्रकाशपुर जोड्ने सडक कालोपत्रे, वडा न.३ राजमार्गदेखी उत्तर रामसिता विद्यालय जानेबाटो कालोपत्रे, वडा न. १ राजेन्द्र मेहता घरदेखी पूर्व शान्तिचौक सम्मको सडक कालोपत्रे गर्न लागि भोक्राहा नरसिंह गाउँपालिकाका ईञ्जिनियर आशिष निखिल साहले जानकारी दिए ।

भोक्राहा नरसिंह गाउँपालिका कार्यालयले गाउँपालिका भित्र बर्षोदेखी जिर्ण अवस्थामा रहेको मुख्य सडक निर्माणका लागि आर्थिक बर्ष २०७७।०७८ मा सबै भन्दा बढी बजेट खर्च गर्दैछ । कालोपत्रेसँगै भित्री सडक समेत स्तरउन्नतीको कार्य गर्न लागि गाउँपालिका अध्यक्ष यादवले बताए ।

स्थानीय सरकारको अगुवाईमा गाउँमा सडक कालोपत्रे हुन लागेपछि सिंहदरबार गाउँमा आएको अनुभुति भएको भोक्राहा गाउँपालिका वडा नम्बर ७ का बिरेन्द्र यादवले बताए । भोक्राहा नरसिंह गाउँपालिकाको जिर्ण सडक कालोपत्रेका लागि विगतमा जिल्लादेखि केन्द्रसम्म धाउँदा पनि पुरा हुन सकेको थिएन, यादवले भने,– स्थानीय सरकारले अहिले कालोपत्रे गर्न लागेपछि वडाबासी उत्साहित भएका छन् । यस्तै बिभिन्न समस्याका कारण निर्माण कार्य अबरुद्ध रहेको भोक्राहा नरसिंह गाउँपालिका वडा न.ं ५ को शामवाला चौक देखी पश्चिम यादव टोल सम्म सडक र जनता मावि दक्षिण साह टोल हुदै हुनुमानी चौक सम्मको सडक कालोपत्रे गर्नका लागि काम सूरु गर्न लागि भोक्राहा नरसिंह गाउँपालिकाका कर्मचारी रामचन्द्र यादवले जानकारी दिए ।

यस बर्ष गाउँपालिकाको ८ वटै वडामा भित्री तथा कृषि सडक स्तरउन्नती कार्य गर्नका लागि गाउँपालिकाले तयारी थालेको बताए । वडा न. १ बाहुनी खोला पुलमुनी ढलान कार्य १८ लाख, वडा न. २ कृषि वाटो देखी पूर्व सलिमको घर देखी उत्तर असफाक घर सम्म जोड्ने बाटो २० लाख, वडा न. ३ मा ३० लाखको लागतमा ६ वटा योजना संचालन, वडा न. ४ मा वडा कार्यालय निर्माण १० लाख सहित बिभिन्न योजना निर्माण कार्यका लागि जम्मा १ करोड, वडा न. ५ मा अशान्न यादव घर देखी दक्षिण सडक स्तरउन्नतीका लागि वडाबाट १० लाख गाउँपालिकाबाट १० गरी २० लाख बाकी वडाको बिभिन्न योजनामा खर्च गर्न लागिएको गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले बताए । यस्तै ६ न. वडामा ईसराईल मियाँको खेत हुदैँ सुकसेन नहर सम्मको बाटोमा होमपाईप जडान कार्य १० लाख, सिडिओ कामत देखी पूर्व जानेबाटो निर्माण कार्यका लागि १० लाख बाँकी १० लाख बिभिन्न योजना, ७ न.वडा वडा न. ७ को वडा कार्यालय घेराबेरा १० लाख, महेन्द्र मण्डलको घर देखी हुलाकी मार्ग सम्म बाटो निर्माण १० लाख, झवर यादवको घर देखी चपडाही पुल सम्म १० लाख, वडा न. ८ जामिया मदरसा देखी जनता प्रावि सम्म सडक ग्राभेल १० लाख गरी बिभिन्न योजनामा ४० लाख रकम खर्च गर्न लागिएको उनले बताए ।

गाउँपालिकाका भित्र अस्तव्यस्त र जिर्ण अवस्थामा रहेको सडकलाई गुणस्तरीय रुपमा निर्माणका लागि गाउँपालिको थप योजना निर्माण गरी रहेको अध्यक्ष यादवले बताए ।