उराँव झाग्डको संस्थालाई गाडी उपहार
२० आश्विन २०७७, मंगलवार १६:५१
इनरुवा । नेपाल झागड उराँव कोड्रेम सुधारा कार्य गुठीयार आ कल्याण सुधार समिति संस्था सुनसरीलाई एक जनाले ब्यक्तिगत रुपमा महिन्द्रा कम्पनिको चारचक्के गाडी उपहार दिएको छ । मोरङ्गको झोराहाट निवासी दिपेश कुमार सरदारले उराँवहरुको उत्थान , पहिचान र शैक्षिक सुधारका लागि भन्दै उराँवहरुको जातिय संस्था गुठयारालाई गाडी उपहार दिएको हो ।
सरदारले नेपालको पछाडि पारिएको समुदाय उराँव भएकाले उनीहरुको संगठन बिस्तार र जातिय उत्थान गर्न एक ठाउँबाट अर्को ठाउँमा जान सहजताका लागि गाडी उपहार दिएको बताउनुभयो । केही वर्षदेखी संस्थाका अध्यक्ष दिपेन्द्र कुमार उराँवले साइकल र मोटरसाइकलमा प्रदेश १ को इलाम, झापा, मोरङ्ग, सुनसरी र उदयपुर सहित सातवटै प्रदेशको उराँव समुदाय बसोवास रहेको ठाउँमा अध्ययन , अवलोकन र संगठन बिस्तार गर्न समस्या भएकाले आफुले निःशुल्क रुपमा गाडी प्रदान गरिएको बताउनुभयो ।
सरदारले आफनो २५ वर्षदेखीको मित्रता रहेको उराँवलाई समाजसेवा र राजनीतीमा समेत पहुँचको लागि गाडी दिएको बताउनुभयो । उहाँले अरु साथी र भाई, मितले सन्देश सामाग्री फलफुल, कपडा उपहार दिदैं आएकोमा आफुले त्यस भन्दा माथि उठेर हुनेले नहुनेलाई दिनुपर्छ भन्ने भावनाबाट प्रेरित भएर गाडी उपहार दिएको र गाडी रहुनजेलसम्म चालक र इन्धनको समेत आफुले नै ब्यवस्था गर्ने समेत बताउनुभयो ।
यता गाडी पाउने उराँवले आफनो मित्र सरदराले आफुलाई ठुलो सहयोग गरेको प्रतिक्रिया दिनुभयो । उराँवले आफुले सोचेको भन्दा निकै ठुलो उपहार पाएको भन्दै सरदारलाई धन्यवाद समेत दिनुभएको छ ।
उराँवले आफुहरुको संस्थामा साथीहरुबाटै असहयोग पाएको र अदालतसम्म मुद्दा गएको हेरेर आफुले सहयोग पाएको उनका सहयोगी संजिप उराँवले बताउनुभयो । उच्च अदालत बिराटनगरमा लामो समयदेखी गुठियारा संस्थाको बिवाद रहेकोमा २०७६ असोज ८ गतेको फैसला अनुसार दिपेन्द्र कुमार उराँव अध्यक्ष रहने गरी संस्थाको अधिकारीता दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया