दुहवी र इटहरीका एक-एक पुरुषको कोरोनाका कारण मृत्यु – Nagarikabhiyan : National News

दुहवी र इटहरीका एक-एक पुरुषको कोरोनाका कारण मृत्यु

दुहवी । सुनसरीको दुहवी नगरपालिका र इटहरी उपमहानगरपालिकाका एक- एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । असोज १४ गते मृत्यु हुनेमा दुहवीका ७० वर्षिय पुरुष र इटहरी उपमहानगरपालिका–५ का कोरोना संक्रमित ७३ वर्षीय पुरूष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

इटहरीका मृतकलाई कोरोना संक्रमण पुष्टिएसंगै श्वासप्रश्वासमा समस्या देदिएपछि विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा लगिएकोमा उपचारको क्रममा बुधबार मध्यानमा मृत्यु भएको उपचार केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसिन डा. दीपक सिग्देलले जानकारी दिनुभयो । यसैगरी दुहवीका एक पुरुषको पनि विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । यस अघि पनि दुहवीमा एक जनाको मृत्यु कोरोनाबाटै भएको थियो । दुहवीमा मृतकको संख्या दुई पुगेको छ ।