भेडेटारमा परिकार महोत्सव हुने – Nagarikabhiyan : National News

भेडेटारमा परिकार महोत्सव हुने

धनकुटा ।  अंंग्रेजी नयाँ वर्षको अवसर पारेर धनकुटाको पर्यटकीयस्थल भेडेटारमा ९ औं परिकार महोत्सव हुने भएको छ ।
धनकुटाको भेडेटारमा सोमबार पत्रकार संमेलन गर्दै आयोजकले दिएको जानकारीअनुसार महोत्सव अंग्रेजी नयाँ वर्षका अवसरम यही पुस १६ गतेबाट १८ गतेसम्म तीनदिन आयोजना हुने आयोजक होटल एसोसियन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई लयमा फर्काउनका र प्रदेश नम्बर १ कै पर्यटकीय स्थान भेडेटारलाई अझ प्रचारप्रसार गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

महोत्सवमा स्थानीय खानाका परिकार, अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु उत्पादनका सामग्री प्रदर्शनीसँगै हेलिफनफाल्इट, जिप लाइन, प्याराग्याइडिङलगायतका खेलहरुसमेत महोत्सव रहनेछन् ।
त्यस्तै भेडेटार आसपासका पर्यटकीय क्षेत्रहरुमा समेत घुम्न पाइने व्यवस्था गरिएको आयोजक समितिका सल्लाहकार नरद चेम्जोङले बताए । महोत्सवमा ३० हजार आगन्तुकको सहभागिता रहने तथा १ करोड रुपैयाँसम्मको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको आयोजक होटल एसोसिएसन भेडेटारले जनाएको छ ।