दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक स्टिकर टाँस्ने अभियान
१५ मंसिर २०७८, बुधबार १६:२८
विराटनगर । विराटनगर मोरङ लायन्स क्लबद्वारा दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक स्टिकर टाँस्ने अभियान सुरु सुरु गरेको छ ।
बढ्दो दुर्घटना न्यूनीकरणका लायन्स क्लब र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा विराटनगरको तीनपैनीमा सचेतनामूलक स्टिकर टाँस्ने अभियान सुरु गरिएको हो ।
जनघनत्व बढेसँगै सवारीको चाप पनि बढेको र सवारी दुर्घटना पनि बढिरहेका कारण सचेतना फैलाउने उद्देश्यले स्टिकर टाँस अभियान सुरु गरिएको छ । हाल विराटनगरमा मात्र सञ्चालित अभियानलाई मोरङभरि नै सञ्चालन गरिने क्लबका अध्यक्ष सुदन पौडेलले बताए । तीनपैनीमा सञ्चालित अभियानमा विभिन्न मोटरसाइकल, स्कुटर, कार, सफारी र ठूला सवारीलगायत करिब ३ सय सवारीहरूमा स्टिकर टाँसिएको थियो ।
सेभ ड्राइभ सेभ लाइफ, तीव्र गति जीवनको क्षति, मादकपदार्थ सेवन गरी सवारी नचलाउ जस्ता सन्देशमूलक स्टिकरको बनाएर सवारी साधनमा टाँसिएको र यसले सवारी साधन चलाउने बेलामा चालकलाई सचेत बनाउनुका साथै परबाट हेर्दा सन्देशमूलक स्टिकर देखिने क्लबको भनाइ छ । सो अवसरमा बोल्दै ट्राफिक प्रहरी तीनपैनिका किशोरकुमार निरौलाले यस्ता अभियानले जनचेतना फैलाउनुका साथै दुर्घटना न्यूनीकरणमा सघाउ पुर्याउने बताए । उक्त कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रियका इन्सपायरिङ लायन मीना जोशी, रिजन चेयर पर्सन राजु अधिकारी, जोन चेयर पर्सन लायन सतर अन्सारी, सिनियर एड्भाइजर लायन सूर्यनारायण चौधरीलगायतको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया