बेलबारीका असई उत्कृष्ट ट्राफिक प्रहरी घोषित
१० मंसिर २०७८, शुक्रबार ११:०२
विराटनगर । ट्राफिक प्रहरी पोस्ट बेलबारीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेमकुमार साह कात्तिक महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् ।
इलाका प्रहरी कार्यालय धरानमा दरबन्दी भई विगत १५ महिनादेखि बेलबारीको ट्राफिक पोस्टको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका साह कात्तिकको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । विभागीय निर्देशनको पूर्ण रूपमा पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तबरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबलका साथ काम गरेको, सरोकारवाला निकायसँग सहकार्य गरी प्रभावकारी ट्राफिक व्यवस्थापन गरेको, बिग्रेका सिसी टिभी क्यामराहरूको जडान तथा मर्मत गरी सवारी दुर्घटनामा कमी ल्याउन विशेष योगदान दिएकाले उनको कार्यसम्पादनको उच्च मूल्यांकन गर्दै सालाई ‘कात्तिक महिनाको उत्कृष्ट ट्राफिक प्रहरी’ घोषणा गरिएको बताइएको छ ।
१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले १ नम्बर प्रदेशभरिका ट्राफिक प्रहरीहरूमध्येबाट प्रत्येक महिना उत्कृष्ट प्रहरी छनौट गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया