स्टार डेण्टलको सेवा अव बबियामा पनि
२२ आश्विन २०७८, शुक्रबार १७:५१
दशकौदेखी विराटनरमा दात तथा मुख सम्बन्धी स्वास्थ्य सेवा र उपचार सेवा गर्दै आएको स्टार डेण्टल हस्पिटलले सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका वडा नं. ९ बबियामा आफ्नो शाखा विस्तार गरेको छ ।
स्थानीयहरुलाई गाउँघरै सेवा दिने उदेश्यका साथ शुक्रबार स्टार डेण्टलको शाखा अस्पतालको उद्घाटन गरिएको हो । एक समारोहका बीच स्टारका राजाराम यादव, प्रकाश यादव सहित नागरिक समाजका अगुवाबाट सामूहिक रुपमा उद्घाटन गरिएको संचालक मध्येका एक कपिलेश्वर यादवले जानकारी दिनुभयो ।
गाउँबासीहरुका बीच अतिथिबाट दिप प्रज्वलन सहित रिवन काटेर स्टार डेण्टल हस्पिटलको उद्घाटन गरिएको यादवले बताउनुभयो । यहाँ दाँत सम्बन्धी सबै सेवाहरु सफा गर्ने, भर्ने, फिक्स दाात राख्ने, उपचार गर्ने, आरसीटि गर्ने, दाँत उखेल्ने , गिजा सम्बन्धी काम गर्ने जनाएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया