सुनसरीमा ५१५ जना फरारीहरु पक्राउ – Nagarikabhiyan : National News

सुनसरीमा ५१५ जना फरारीहरु पक्राउ

इनरुवा । सुनसरीमा विभिन्न घटनाका आरोपीतहरु लुकीछीपी बसेको र समाजमा अपराधको त्रास फैलाईरहेका फरारी अभियुक्त मध्ये ५१५ जनालाई दुई महिनाको अवधिमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीका अनुसार अपराधिक मनोवृत्तिलाई निरूत्साहीत पार्दै दण्डहीनताको अन्त्य गरी समाजमा शान्ति व्यवस्था कायम गराउन, पीडितलाई न्यायको अनुभूती दिलाउदै कानून प्रती जनआस्था बृद्धि गराउने क्रममा ५१५ जना फरारीहरुलाई दुई महिनाको अवधिमा पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीले नागरिकको सुरक्षा र अपराध न्युनिकरणमा कठ्ठिवद्ध रहदैआएकोमा यस अभियानवाट अपराध गरी जतिसुकै लुकेर वसेपनी वा फरारी अवस्थामा रहेपनि कानुनको नजरवाट भाग्न सकिदैन भन्ने सन्देश पनि फरारीहरुको पक्राउवाट दिन खोजिएको कार्कीको भनाई छ । जिल्ला अदालतबाट बिभिन्न समयका मुद्दाहरुको फैसलाबाट जरिवाना वा कैद तोकिएका तर तोकिएको सजाय भुक्तान नगरी भागीरहेका ५१५ फरार प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले चालु आर्थिक वर्ष २०७८।०७९ मा पक्राउ गरी कानुनी दायरामा ल्याएको कार्कीले जानकारी दिनुभयो । पक्राउ परेका मध्ये १८ वर्ष अगाडी मुद्दा फैसला भई कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद सजाय तोकिएका प्रतिवादी समेत पक्राउमा परेका छन । विभिन्न मुद्धा शिर्षकहरुमा कर्तव्य ज्यान, जवरजस्ती करणी, चोरी, डाका, किर्ते जालसाजी, अपहरण, लागुऔषध, मानव वेचविखन, अभद्र व्यवहार, भ्रष्टचार, चेक अनादर लगायतका मुद्धामा फैसला भई सम्मानित जिल्ला अदालतको अभिलेखमा फरारी कायम रहेका ५१५ जनाको पक्राउवाट १०७ वर्ष ९ महिना १२ दिन कैद सजाय र १९ लाख १० हजार ४५ रुपियाँ जरीवाना वेरुजु फर्छयोट भएको छ ।