जहदा गाउँपालिका मा दुर्गा मन्दिरको ११औं साधारण सभा सम्पन्न
२७ भाद्र २०७८, आईतवार ११:३९
मोरङ । जहदा गाउँपालिका वडा नं. ४ रामचौकमा अवस्थित श्री दुर्गा मन्दिर व्यवस्थापन समितिको ११ औं साधारण सभा सम्पन्न भएको छ । यस जहदा गाउँपालिकाको अध्यक्ष श्री कैलाश प्रसाद मण्डलको प्रमुख अतिथिमा श्री दुर्गा मन्दिर परिसरमै सभा सम्पन्न भएको हो, जसमा श्री दुर्गा मन्दिर व्यवस्थापन समितिको वर्तमान अध्यक्ष ताराचन राजवंशी ज्यूको सभापतित्व रहेको थियो । मन्दिर स्थापित भएको लगभग तीन दशक भन्दा बढी अवधी व्यतित भईसकेको उक्त मन्दिरमा विगतका वर्षहरु झै यस वर्ष पनि मन्दिर व्यवस्थापन समितिको ११औं साधारण सभा अयोजना गरेको थियो । आर्थिक वर्ष २०७७/०७८ को आय-व्यय विवरण सहित निर्माणाधिन अवस्थामा रहेको तीन तल्ले नयाँ मन्दिरको आय विवरण र खर्च विवरण सहित सार्वजनिक गरी साधारण सभा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा श्री दुर्गा मन्दिर व्यवस्थापन समितिको १७५ जना आजीवन सदस्यहरुको नामावली पनि सार्वजनिक गरिएको थियो भने उक्त मन्दिरको लागि साउण्ड सिस्टम बाजा स्पिकर- अउजा १२० एम्पलीफायर सेट सहयोग स्वरुप उपलब्ध गराउनुभएकोमा श्री राजकुमार सिंह ज्यूलाई सम्मान गर्नुको साथै राइजिङ्ग सक्रिय यूवा क्लब, जहदा-४ ले सरसफाई तथा दुर्गा पूजा सहयोग गर्नुभएकोमा सम्मान गर्नुभएको थियो । उक्त कार्यक्रममा जहदा गाउँपालिकाको गाउँवासी, धर्म प्रेमी, आजीवन सदस्यहरु लगायत विभिन्न बुद्धिजीवि, जहदा गा.पा. उपाध्यक्ष सालो देवी साह, जहदा-४ को वडा अध्यक्ष जयनरथ गिरी (कृष्ण), जहदा गा.पा. मेयर प्रत्यासी जितु साहको पनि उपस्थिति रहेको थियो । निर्माणाधिन अवस्थामा रहेको नयाँ दुर्गा मन्दिरमा बाकी रहेको कार्य पूरा गर्नको लागि आवश्यक खर्च जहदा गाउँपालिकाबाट उपलब्ध गराई अर्को वर्षको दर्शैमा दुर्गा पूजा नयाँ मन्दिरमै गर्न सकिने भनि विश्वास जहदा गाउँपालिकाको अध्यक्ष कैलाश प्रसाद मण्डलले आफ्नो मन्तब्य राख्दै जानकारी दिएको छ। मोरङ टाइम्स बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया