टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु – Nagarikabhiyan : National News

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ । मोरङमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको को१ख६५०३ नम्बरको टिपरले सुन्दरहरैचा–७ गोठगाँउमा प्रदेश१(०२०४१प९१२५ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक पथरी शनिश्चरे नगरपालिका(२ का ४१ वर्षीय वीरेन्द्र लिम्बुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

दुर्घटनामा घाइते उनलाई उपचारका लागि विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगे पनि त्यहाँ मृत्यु भएको हो । टिपर चालक प्रहरी नियन्त्रणमा छन् ।