हात्तीको आक्रमणमा खंगको मृत्यु – Nagarikabhiyan : National News

हात्तीको आक्रमणमा खंगको मृत्यु

सुनसरीको कोशी गाउपालिका ४ पश्चिम कुशाहामा जंगली हात्तीको आक्रमणमा परी एक पुरुषको मृत्यु भएको छ । कोशी टप्पुबन्य जन्तु आरक्षबाट निस्केको जंगली हात्तीको आक्रमणमा परेर कोशी गाउँपालिका वडा नम्बर–४ का ५० वर्षिय रामा खंग खत्वेको बीहिबार विहान मत्यु भएको हो । खंगलाई आफ्नै घर नजीकै जंगली हात्तीले आक्रमण गर्दा ज्यान गएको आरक्ष कार्यालय स्रोतले जनाएको छ । हात्त आरक्षमा भारत्तबाट आएका १४ वटा जंगली हात्ती कोशी टप्पु बन्य जन्तु आरक्षमा आएको र त्यही बसेर आतंक मच्चाउदै आएकोमा आरक्ष प्रशासनले नियमित गस्ती गरिहेको छ । तर पनि पानी परेको बेला राती गाउँ पसेको र विहान फर्किने बेलामा खंगलाई मारेको स्थानीयको भनाई रहेको छ ।