माओवादी केन्द्रलाई स्थायी समिति सदस्य लिलामणि पाेखरेलको सुझाव
३ जेष्ठ २०७८, सोमबार १३:०४
१. मालेमाको बिचार, सिद्धान्त र राजनैतिक कार्यदिशाद्वारा नेपाली क्रान्तिको बाटो र अन्तर्बिरोधको स्वरुप स्पस्ट गरौं।
२. पूर्वसमूह,गुट,उपगुट,प्रायोजित स्वार्थबाट मुक्त भई सबैलाई उचित मुल्यांकनसहित उचित जिम्मेवारी दिउँ।
३. चुस्त कमिटी तर ब्यापक संगठन निर्माणको पहल गरौं। भारि भद्दा कमिटीले पार्टी भित्रको अन्तर्जनबाद नास हुन्छ र पार्टीभित्र थोरै व्यक्तिको तानाशाही शुरु हुन्छ।
४. तात्कालिक राजनीतिको बस्तुगत मुल्यांकन गरी कार्यनैतिक योजना तय गरौं।
५. संसदबाद्को घेराबाट मुक्त हुँदै संसदीय र गैर संसदीय संघर्षको माध्यमबाट वर्ग संघर्ष अगाडि बढाउने योजना सुनिस्चित गरौं।
६. बिचार राजनीतिको आधारमा क्रान्तिप्रतिको विश्वास पैदा गर्न हरेक नेतृत्व र कमिटीहरु जहाँ जनता छन त्यहाँ जाने अभियानको नियमित एवं आबधिक कार्य योजना बनाउ।
७.कथित ढोगी बिरासत,दम्भ ,अहंकार त्यगौ, बिलासी जीवनबाट अलग भई सोझो गोरु झै जनताकोबीच जाउ।
८. हामी अन्य पार्टीका नेता कार्यकर्ता भन्दा भन्नै छौ ? हाम्रो बिचार,चेतना, जीवनशैली,सांस्कृतिक धरातल, कार्यशैली, आर्थिक सम्बन्ध र चलखेल, सामाजिक सम्बन्ध र उठबस,खानपीन, कमिसन ,चन्दा अशुली, दुई नम्बरी धदा,योन जीवन आदिमा अरु भन्दा उन्नत तहमा छौं ? स्खलित आचरण र संस्कृतीमा परिवर्तन र शुद्धीकरण न आएसम्म पार्टी बन्दैन। परिवर्तनको सुरुवात गरौं।
९. कम्युनिस्ट आन्दोलनलाई एकता र ध्रुबिकरण थालौं। मोर्चा निर्माण कार्य योजना बनाउ।
१०.रास्ट्रिय सार्वभौमिकता इतिहास कै संवेदनशील र संकटपूर्ण अवस्थामा छ। अतिक्रमण, असमान सन्धि, बहुआयामिक हस्तक्षेप र हिम्श्रक east india company को रुपमा घातक एमसीसीसँगको सम्झौताको खारेज अभियान चलाउ।
११. देशघाती जनघाती,बिस्तारवाद र साम्राज्यवाद्को दलाल,भ्रष्ट,अनैतिक सरकारको भन्डाफोर अभियान चलाउ।
१२. कोरोना महामारी नियन्त्रण र उपचार सहयोगका निम्ति बिशेष कुटनैतिक पहल लिउ,जनताको राहत र सेवाका निम्ति स्वयंसेवी संस्था परिचालन गरौं।
लोकपाटी न्यूज

फेसबुकबाट तपाईको प्रतिक्रिया