अमरसिंह मा. बि मा नयाँ पाठ्यक्रम कार्यान्वयनका लागि शिक्षक लाई सहजीकरण दुई दिने तालिम सम्पन्न
२२ असार २०७९, बुधबार १२:२३

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका स्थित सहाबगंजमा रहेको अमरसिंह माध्यमिक बिध्यालय मा शिक्षा विकास तथा समन्वय इकाई सुनसरी र देवानगंज गाउँपालिका सुनसरीको सह आयोजनामा दुई दिने नयाँ पाठ्यक्रम कार्यान्वयनका लागि शिक्षक लाई सहजीकरण कार्यक्रमू सम्पन्न भएको छ।
उक्त कार्यक्रममा प्रशिक्षकहरू द्वारा देवानगञ्ज गाउँपालिका भित्रका सबै बिद्यालयको शिक्षकहरु लाई नयाँ पाठ्यक्रम का बारेमा प्रशिक्षण दिएका थिए। नयाँ पाठ्यक्रम मा समावेश गरिएका बिषय बस्तु को कार्यान्वयन गर्नुका साथै सिकाई सम्बन्धित प्रशिक्षण दिएको अमर सिंह मा. वि. का शिक्षक अमन बस्नेतले जानकारी दिनुभयो ।
सोमबार र मङ्गलबार गरि दुई दिन सम्म संचालन भएको उक्त कार्यक्रममा पहिलो दिन कक्षा ४ का पाठ्यक्रमको बिषयमा सहजीकरण कार्यक्रम संचालन गरिएको थियो भने दोस्रो दिन कक्षा ७ र ९ को गणित, नेपाली , समाजिक , बिज्ञान तथा अङ्ग्रेजी विषय को विषय शिक्षक शिक्षिकाहरुलाई तालिम दिइएको थिइयो ।
सरकारले नयाँ शैक्षिक सत्र २०७८ को लागि कक्षा ४ , ७ , ९ मा नयाँ पाठ्यक्रम लागू गरेको छ। भने समय मा पाठ्यक्रम को उपलब्धता नभएको कारण लाखौ बिद्यार्थीहरु को भविष्य अन्धकारमा परेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया