युवाले बाडे सुरक्षाकर्मीलाई मास्क र सेनिटाईजर – Nagarikabhiyan : National News

युवाले बाडे सुरक्षाकर्मीलाई मास्क र सेनिटाईजर

सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकाका समाजसेवी युवाहरुले सीमा सुरक्षामा खटिएका सुुरक्षाकर्मीलाई मास्क, सेनिटाईजर सहितका स्वास्थ्य समागी्र बितरण गरेका छन् । देवानगञ्ज गाउँपालिकाका समाजसेबी युवा पारस कुमार भगत र मुनमुन भगतले देवानगञ्ज गाँउपालिका बोडर आउट पोष्ट कप्तानगञ्ज, सीमा प्रहरी चौकी कप्तानगञ्ज र ईलाका प्रहरी कार्यालय सितागञ्जलाई मास्क, ह्यान्ड सेनिटाइजर, ग्लभ्सर फेस सिल्ड जस्ता स्वास्थ्य सामग्री बितरण गरेका हुन ।
कोरोना भाइरसको दोस्रो लहरसंगै फ्रन्ट लाईनमा रहेर सीमाको सुरक्षा जोखिम उठाउदै अहोरात्र जनताको शान्ती सुरक्षा र सेवामा खटिरहेको भन्दै सामग्री वितरण गरेको हो । सबै सुरक्षाकर्मीलाई उनीहरुको कार्यालयमा गएर मास्क सहितका सामग्री वितरण गरेको जनाएको छ ।