कोरोना संक्रमितको मृत्यु, २७ दिनमा २४ को मृत्यु
२७ बैशाख २०७८, सोमबार १९:२०
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. २ का कोरोना संक्रमित थप एक पुरुषको मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार इटहरी २ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मृतकमा वैशाख १९ गते कोरोना पोजेटिभ देखिएको र उनलाई सोही दिन अस्पताल भर्ना गरिएको पोखरेलले जानकारी दिनुभयो । ती पुरुषको २६ गते आइतबार (हिजो) राति १० बजे मृत्यु भएको उनले बताउनुभयो । शवको ब्यव्स्थापन नियमानुसार भइरहेको पोखरेलले बताउनुभयो । जिल्लामा हालसम्म २४ जनाको कोरोनाका कारणले मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया