देवानगंजमा ३ जना सहित प्रदेश १ मा थपिए ७६० संक्रमित – Nagarikabhiyan : National News

देवानगंजमा ३ जना सहित प्रदेश १ मा थपिए ७६० संक्रमित

देवानगंज । प्रदेश १ मा आइतबार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङमा ३७७, झापामा १२०, सुनसरीमा ७९, उदयपुरमा ४३, ताप्लेजुङमा ३६, तेह्रथुममा ३०, पाँचथरमा ६, इलाममा ४, भोजपुरमा ३, संखुवासभा र धनकुटामा २–२, र प्रदेश १ बाहिरका ५८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ११८ महिला र १५४ पुरुषसहित २७२, सुन्दरहरैचामा ३६, उर्लाबारीमा १८, पथरीशनिश्चरेमा १०, कटहरीमा ९, बेलबारीमा ८, लेटाङ र बुढीगंगामा ४–४, ग्रामथान र मिक्लाजुङमा ३–३, केराबारी, रंगेली र धनपालथानमा २–२ जनामा कोरोनो पुष्टि भएको छ ।

त्यस्तै, रतुवामाई, कानेपोखरी, जहदा र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ५१, मेचीनगरमा २०, अर्जुनधारामा १०, भद्रपुरमा ९, कमल गाउँपालिका र स्थानीय तह नखुलेको ७–७ शिवसताक्षी, गौरादह, बुद्धशान्ति र विर्तामोडमा ३–३ जनामा कोरोना संक्रमण भएको हो ।

यता बाह्रदशीमा २, कचनकवल र झापा गाउँपालिकामा १–१ र सुनसरीको इटहरीमा १८, इनरुवामा १४, धरानमा ११, बर्जुमा ९, दुहवीमा ७, बराहक्षेत्र र हरिनगरमा ४–४, गढी, रामधुनी र देवानगञ्जमा ३–३, कोशी गाउँपालिकामा १, स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको बेलकामा ३९, त्रियुगामा ३, स्थानीय तह नखुलेका १, ताप्लेजुङको फुङलिङमा ३२, मेरिङदेन, मिक्वाखोला, सिदिङ्वा र पाथीभरा याङवरकमा १–१, तेह्रथुमको म्याङलुङमा २९, मेन्छयायेममा १, पाँचथरको फालेलुङमा ५, कुम्मायकमा १ कोरोना देखिएको छ ।

इलामको इलाम नगरपालिकामा २, सुर्योदय र चुलाचलुीमा १–१, भोजपुरमा ३, संखुवासभाको खाँदबारीमा २, धनकुटाको छथर र महालक्ष्मीमा १–१ र प्रदेश १ बाहिरका ५८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितहरुको संख्या ३७ हजार ९८३ पुगेको छ । संक्रमितमध्ये ३० हजार २३२ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ७ हजार १९४ पुगेको छ ।

प्रदेश १ मा आइतबार १ हजार ४२३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३४६ महिला र ४१४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।