गढीमा ट्याक्टर दुर्घटनामा एकको मृत्यू अर्का घाईत
१० जेष्ठ २०७७, शनिबार १६:२०
इनरुवा । सुनसरीको गढी गाउँपालिका ६ सतैरझोरामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने अर्का एक घाईते भएका छन् ।
गढी गाउँपालिकाको कच्ची बाटोमा उत्तरबाट दक्षिण तर्फ ईट्टा बोकेर जाँदै गरेको को १ त ९६८९ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा ट्याक्टरका चालक दुहवी नगरपालिका ११ का २४ वर्षिय फुलचन ऋषिदेवको घटनास्थलमा नै मृत्यु भएको हो ।
ऋषिदेवको घटनास्थलमा नै मृत्यु भएको छ भने दुर्घटनामा परी ट्रयाक्टरका सहचालक २३ वर्षिय संजय पासवान घाईते भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । मृतकको पोष्टमार्टम र घाईतको उपचार जिल्ला अस्पताल ईनरुवामा भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया