बेसहारालाई वडा अध्यक्षको सहारा
७ जेष्ठ २०७७, बुधबार १७:०६
इनरुवा । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका वडा नम्बर ९ बबियाको शर्मा टोलका एक विपन्न जेष्ठ नागरिक दम्पतीलाई वडा अध्यक्ष बसिरमुद्धिन मंसुरीले राहत दिनुभएको छ ।
दुई छोराको बुवाआमा रहेको भएपनि एक छोराको मृत्यु भईसकेको र अर्कोले ससुरालीमै घरजम गरेकाले बेसाहारा बन्नुभएका इनरुवा ९ बबियाका रविलाल खत्वे र पत्नी देवली खत्वेलाई वडा अध्यक्ष बसिरमुद्धिन मंसुरीले राहत दिनुभएको हो ।
खत्वेलाई वडा अध्यक्ष मंसुरीले घरमै पुगेर एक बोरा चामल, दुई केजी दाल, नुन , तेल सहितको सहयोग गर्नुभएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया