शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता – Nagarikabhiyan : National News

शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपा एमाले माधव नेपाल समूहका सांसदहरुले हस्ताक्षर फिर्ता लिएका छन्। नेकपाको एकता कायमै रहेका बेला प्रचण्ड नेपाल समूहका सांसदहरुले राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । फागुन २३ गते सर्वोच्च अदालतले एमाले ब्युँताइदिएकाले त्यसअघि नै दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिएको माधव पक्षका प्रदेश सांसदहरूले बताएका छन्।

प्रदेश सभा सदस्य भीमप्रसाद आचार्यसहित १६ जनाले अविश्वास प्रस्ताव फिर्ता लिएको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराएका छन्।