अध्यक्ष यादव द्वारा ४ कोठे फर्निचर सहितको विद्यालय भवनको शिलान्यास – Nagarikabhiyan : National News

अध्यक्ष यादव द्वारा ४ कोठे फर्निचर सहितको विद्यालय भवनको शिलान्यास

इनरुवा । मंगलवार भोक्राहा नरसिंह गाउँपालिका वडा न. ७ नरसिंह स्थित श्री आधारभुत विद्यालाय फर्निचर सहितको ४ काेठे भवन निर्माणको शिलान्यास गरिएको छ । भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले एक कार्यक्रमका बिच भवनको शिलान्यास गर्नुभएको हो । फर्निचर सहित ४ कोठे भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष यादवले विद्यालयको बृद्धि विकास र शैक्षिक गुणस्तरमा कुनै किसिमको लापरबाही नगर्न विद्यालयका प्रधानाध्यापकलाई निर्देशन दिनुभएको छ । साथै उहाँले उक्त भवनको निर्माणले विद्यालयको भौतिक पुर्वाधार विकास हुने र यसले विद्यालयको पठनपाठनमा थप सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो। हरेक पक्षको विकासमा पहिलो मेरुदण्ड शिक्षा भएको बताउदै गाउँपालिकाले युग सुहाउँदो गुणस्तरीय शिक्षामा जोड दिएको बताए । हरेक योजनाको लगत अनुसार गुणस्तरीय काम सम्पन्न हुनुपर्ने बताउदै आधारभुत विद्यालय मा निर्माण हुन लागेको भवन समयमै सम्पन्न गर्नको लागि निर्माण समितिलाई आग्रह गरेका छन् । गाउँपालिकाबाट विनियोजित ३६ लाखको लागतमा उक्त फर्निचर सहित ४ कोठे भवन निर्माण हुन लागेको भोक्राहा नरसिंह गाउँपालिकाका शिक्षा अधिकृत रमेश तिम्सिनाले जानकारी दिएका छन् । साथै शिक्षा अधिकृत रमेश तिम्सिनाले भोक्राहा नरसिंह गाउँपालिका भित्र रहेका विभिन्न विद्यालयहरुमा शैक्षिक सुधार का लागी अनुगमन गरेका छन् । अनुगमन क्रममा शैक्षिण गुणस्तर बृद्धीका लागि आबस्यक प्रयास र योजना बनाउन शिक्षा अधिकृत रमेश तिम्सिनाले निर्देशन दिएको छ । तिम्सिनाले विद्यार्थीको अनुशासन देखी शिक्षण सिकाईलाई प्रभाबकारी बनाउन निर्देशन दिएको हो । शिक्षक सहित विद्यार्थीहरुले अनिबार्य विद्यालय पोशाक लगाउनु पर्ने, बिदा बस्दा अनिवार्य निवेदन लेख्नुपर्ने, व्यक्ति देखी विद्यालय परिसरमा सरसफाई गराउनु पर्ने, अनिवार्यरुपमा शैक्षिक सामाग्रि प्रयोग र पाठ योजना अनुसार शिक्षण गर्नुपर्ने लगाएतका विषयमा सुधार गर्न निर्देशन दिएको छ । साथै विद्यालयका आर्थिक पक्षलाई पारदर्शी बनाउन र अनुशासनलाई प्रथामिकता दिएर विद्यालय सञ्चालन गर्न पनि शिक्षा शाखाको कर्मचारी लक्ष्मी खतिवडाले निर्देशन दिएको छ । कार्यक्रममा शिक्षा शाखा कर्मचारी लक्ष्मी खतीवडा, अयोधी प्रसाद, सविता देवि, बुध्नी देवि खत्वे लगायत व्यवस्थापन समितिको पदाधिकारीहर, समाजसेवी जितनी देवि, महेन्द्र यादव, सदस्य शिवनारायण मेहता , बिद्यालयका प्रधानाध्यापक रामानन्द मेहता तथा शिक्षकहरु, अभिभावक संघका पदाधिकारीहरु लगायत बुद्धिजीवी व्यक्तिहरुको उपस्थिति रहेको थियोे ।

भोक्राहा नरसिंह गाउँपालिका वडा न–७, नरसिंह स्थित आधारभुत विद्यालय भवन शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादव लगायतका सरोकारवालाहरु । तस्बिर : अजमल अन्सारी