राहतको विषयमा इनरुवा प्रमुख र उपप्रमुख बीचमा तनाव – Nagarikabhiyan : National News

राहतको विषयमा इनरुवा प्रमुख र उपप्रमुख बीचमा तनाव

इनरुवा, चैत २४ गते । सुनसरी सदरमुकाम इनरुवाका नगर प्रमुख राजन मेहताले एकलौटी गरेकाले उपप्रमुख जमुना गौतम पोखरेलले आपती जनाउनुभएको छ । मेहताले लकडाउन अघिदेखी नै स्वास्थ्य संस्थामा औषधी अभाव रहेकोमा कुनै ध्यान नदिएको र लकडाउनको बेला राहत वितरण गर्ने विषयमा आफूसंग कुनै समन्वय नगरेकाले पोखरेलले आपती जनाउनुभएको हो ।
नगर क्षेत्रका विपन्न समुदाय, सुकुम्बासीहरु भोकभोकै बसेको भएपनि ध्यान नदिएको , बजारमा अभाव सृजना भएको, कालोबजारी बढेको भएपनि नगर प्रमुखले भाषण बाहेकका राम्रो काम नगरेकाले आपती जनाउनुभएको छ ।
नगरपालिकामा आफू महिला भएको कारणले उपेक्षा गरि प्रमुख मेहताले एकलौटी गरेको उपप्रमुख पोखरेलले गुनासो गर्नुभयो । नगर क्षेत्रका १० वटा स्वास्थ्य संस्थामा कहि पनि सिटामोल बोहकका औषधी नरहेका कारणले सर्वसधारण रित्तो हात फर्केको, लकडाउनमा जनमजदुरी गर्ने, ज्यालादारीमा काम गर्नेहरुलाई हातमुख जोड्न समस्या भएकाले त्यसतो परिवारलाई राहत दिन भन्दा पनि वास्ता नगरेकाले आफूले त्यसको विरोध गरेको पोखरेलले बताउनुभयो ।