इनरुवा बजारबाट अटो चोरी
९ माघ २०७७, शुक्रबार १६:४८
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा अटो चोरी भएको छ । इनरुवा नगरपालिका वडा नम्वर १ शान्तिचोकबाट रातो रङको आटो चोरी भएको हो ।
इनरुवा शान्तिचोकबाट बुधवार करिव ११ बजे को २ ह ५२०९ नम्वरको अटो चोरी भएको अटो धनी सम्भु साहले बताउनुभयो । अटो धनी सम्भु साहले तीन लाख २५ हजारमा अटो बेच्ने तयारी गरेको समयमा चोरी भएको बताउनुभयो । साहका अनुसार इनरुवा नगरपालिका वाडा नम्वर ९ बबियाका सहदेव महेता र अर्का एक अपरिचित ब्यतिले अटो ट्रायल गर्न लाने भन्दै चोरी गरेर लगेको हो । अटो चोरी भएको विषयमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा जनकारी गराएको साहले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले खोजी कार्य गर्न मेहता र साहलाई भनेको अटो धनी साहले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया