सहकारीकर्मीलाई तालिम
९ माघ २०७७, शुक्रबार १६:३४
इनरुवा । सुनसरीको गढी गाउँपालिकाका सहकारीकर्मीहरुलाई दुई दिने तालिम दिएको छ । गाउँपालिकाको ३५ सहकारी संस्थाका अध्यक्ष, प्रबन्धक, लेखा संयोजक र सदस्य सहित सहकारीकर्मीलाई तालिम दिएको हो । गढी गाउँपालिकाले सहकारी संस्था भित्रको सदस्यहरुलाई क्षमता अभिवृद्धि, कानुनी साक्षरता, नेतृत्व विकास तथा सुशासन सम्बन्धी सचेतना तालिम दिएको अध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिनुभयो ।
सहकारीकर्मीहरुलाई सहकारी व्यवस्थापनमा सहजता गर्न, क्षमता अभिवृद्धि, सहकारी ऐन २०७४ का बारेमा जानकारी गराउदै नेतृत्व विकास तथा सहकारी व्यवस्थापनका लागि औरावनीमा तालिम दिइएको यादवले बताउनुभयो । गढी गाउँपालिकाको सहयोग र द’हवी टाईम्सको आयोजनामा सहकारीकर्मीलाई तालिम दिइएको अध्यक्ष यादवले बताउनुभयो । गाउँपालिकाको ६ वटा वडाका विभिन्न ३५ सहकारी संस्थाका ४० जनालाई तालिम दिइएको आयोजक संस्थाका कार्यक्रम संयोजक आषिश यादवले बताउनुभयो ।
दुई दिनसम्म संचालन भएको तालिममा सहकारी डिभिजन तथा प्रशिक्षण कार्यलायका पूर्व कर्मचारी श्यामकुमार दाहाल, मानव अधिकार सञ्जालका संयोजक रमेश भट्टराई र नेपाल पत्रकार महासंघका प्रदेश सदस्य जयकृष्ण यादवले प्रशिक्षण दिनुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया