लौकहीका विपन्नलाई राहत वितरण – Nagarikabhiyan : National News

लौकहीका विपन्नलाई राहत वितरण

सुनसरी : सुनसरीको कोशी गाउँपालिकामा स्थानीय सरकारले राहत नदिएकाले समाजसेवी र दाताहरुले भोको पेट बसेका सुकुम्बासी र दलितहरुलाई राहत वितरण गरेको छ । स्थानीय पत्रकार पवन रौनियारले सामाजिक सञ्जाल फेसबुकमा पीडितहरु भोकभोकै बसेको भिडियो पोष्ट गरेपछि त्यसबाट प्रभावित भएर कोशी गाउँपालिका १ लौकहीका व्यापारी शंकर साह र अरुण मेडिकल पसलका सञ्चालक अरुण साहले संयुक्त रुपमा १५० भन्दा बढ़ी सुकुम्बारी , दलित समुदायका घरपरिवारलाई वडाको सहकार्यमा राहत वितरण गर्नु भयो ।
दाताको राहत वितरण कार्यक्रममा कोशी १ का वडा अध्यक्ष राजु साह, सशस्त्र सुरक्षा बल (बिओपी) लौकहीका प्रहरी निरीक्षक(इन्सेपेक्टर) भुपेन्द्र काजी निरौला सहितको उपस्थिती रहेको थियो । सरकारको मापदण्डका आधारमा वितरण गरेको स्थानीय विकास गुप्ताले जानकारी दिनुभयो ।