विराटनगरमा केक काटेर मनाइयो २९९ औँ पृथ्वी जयन्ती ! – Nagarikabhiyan : National News

विराटनगरमा केक काटेर मनाइयो २९९ औँ पृथ्वी जयन्ती !

विराटनगर । विराटनगरमा सोमबार २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस केक काटेर मनाइएको छ ।

पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै सोमबार विराटनगर कोशी प्रोजेक्ट स्थित श्री सिद्धेश्वर महादेव मन्दिर प्राङ्गणमा मैनबती प्रज्जवलन र केक काटेर र उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी मनाईएको शिवसेनाका विराटनगर नगर अध्यक्ष पुष्प ओझाले जानकारी दिए । उनले यो एकीकृत नेपाल पृथ्वीनारायण शाहकै योगदान भएकोले यसलाई कुनै पनि नेपालीले बिर्सन नहुने बताए ।

वि.सं. १७७९ पौष २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा जन्मिएका पृथ्वीनारायण शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका विभिन्न राज्यहरुलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए ।

कार्यक्रममा नगर अध्यक्ष प्रदिप ओझा,सदस्य प्रभु ओझा सहित वडा १२ र १३ का युवाहरुको सहभागिता रहेको थियो ।