गोरखापत्रकर्मी यादव सम्मानित
१८ पुष २०७७, शनिबार १८:२७
इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादव सममानित हुनुभएको छ । जिल्लाको सदरमुकाम इनरुवामा रहेको सुशासन र नागरिकको हितमा कलम चलाएको भन्दै श्री हनुमान आरधाना समिति कोशीले यादवलाई सम्मान गरेको हो ।
समितिले अध्यात्मिक, भजन किर्तन र पौराणिक बाजा संरक्षण सहितको काम गर्दै आएकोमा मौलीक गित र बाजा संरक्षणमा लागेकाहरु सहित पत्रकारलाई सम्मान गरेको श्री हनुमान आरधाना मण्डल नेपालका अध्यक्ष फनिलाल ठाकुरले जानकारी दिनुभयो । ठाकुरका अनुसार श्री हनुमान आरधाना मण्डलले कार्तिक मन्दिर निर्माण गर्न सहयोग गर्ने संस्थापक रामसुरुज यादव, बेचु यादव, नेपाली शर्मा , भरत प्रसाद यादव सहितका पनि सम्मान गरिएको छ ।
यसैबीच कोशी गाउँपालिका २ पश्चिम कुशाहा बक्रोमा कार्तिक कुमर हनुमान आराधना मण्डली गठन भएको छ । मन्दिर सहित भजन मण्डलमा रहेकाहरुको भेलाले सचिदानन्द यादवको अध्यक्षतामा २५ सदस्य समिति गठन गरेको छ । भेलाले कार्तिक कुमर हनुमान आराधना मण्डलीको उपाध्यक्षहरुमा रामसागर यादव, अमरलाल यादव, रंजना देवी यादव, बौआ यादव, सर्मिलादेवी यादव, सचिवमा रिमादेवी यादव, सहसचिवमा हरिलाल यादव र कोषाध्यक्षमा अनितादेवी यादव चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा रामवती देवी यादव यादव, बालेश्वर यादव, प्रशुराम यादव, शान्तीदेवी यादव, पशुपती यादव, फुलेश्वर यादव, नन्दन यादव, अमलादेवी यादव, भुटकुन यादव,झवरी यादव, खैकीदेवी यादव, राजाराम यादव, अन्जुदेवी यादव र रेश्मी यादव लगायतका चयन भएका छन् । बरिष्ठ सल्लाहकारमा देवनारायण यादव र बेचु यादव चयन भएका छन् । उनीहरुले साप्ताहिक हनुमान आरधाना सहित भजन किर्तन र अध्यात्मीक कार्यक्रम गर्ने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया