हात्ती आतंक र सरकारको तयारी – Nagarikabhiyan : National News

हात्ती आतंक र सरकारको तयारी

जयकृष्ण यादव (सहयोगी)
नेपालको सबै भन्दा सानो आरक्षको रुपमा रहेको कोशी टप्पु बन्यजन्तु आरक्षमा प्रत्येक वर्ष जंगली हात्तीको आतंक र अर्काको आतंकले दजर्नाै नागरिकले अकालमा ज्यान गुमाउन बाध्य छन् । अर्ना र हात्ती आतंक एकपछि अर्को बढ्दै गएकाले त्यसलाई रोक्न सुनसरी, सप्तरी र उदयपुरका नागरिकहरुले पटकपटक माग गरेपनि हालसम्म कुनै सुनुवाई भएको छ्रैन् । यस आरक्षको सीमाक्षेत्रमा पर्ने सुनसरीको बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिका, सप्तरीको हनुमानगगर कञ्कालीनी, कन्चनरुप र साप्तकोशी नगरपालिका र उदयपुरको बेलका नगरपालिकाका नागरिकहरुले दुई दशकयता पटकपटक सरकारसंग अर्ना र हात्ती आतंक नियन्त्रण गर्न माग गरेको भएपनि हालसम्म कुनै सुनुवाई नभएको अवस्था छ । यस आरक्षको सरकारात्मक पक्षहरु धेरै भएपनि हात्ती र अर्ना आगंकको सेरोफेरोमा यहाँ गाउँपालिका र नगरपालिका क्षेत्रका बासिन्दाले रातभर सुत्न समेत राम्ररी पाएका छैन् । उनीहरुले आरक्षलाई निकुञ्जमा परिणत गर्नुपर्ने र आरक्ष बाहिर निस्कने हात्ती, अर्ना संहित जंगलीजनावरण नियन्त्रण गर्नुपर्ने संघीय, प्रदेश र स्थानीय सरकारसँग आग्रह गरेका छन् । यसरी आग्रह गर्ने क्रम जारी रहेको बेला आतंक पनि जारी र मानिस मार्ने क्रम पनि सोही रफतारमा बढीरहेको छ ।
हालै मंसिर २४ गते प्रदेश १ का मूख्य मन्त्री शेरधन राई सहित प्रदेशका चार जना मन्त्रि र उच्च अधिकारीहरुको उपस्थितीमा भएको रिफ्रेसमेण्ट सेन्टरको सिलान्यास कार्यक्रममा समेत अर्ना र हात्ती आतंक रोक्न पहल गर्न आग्रह गरेका थिए । आग्रह गर्नेमा नागरिक मात्रै नभई सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारी र कोशी निवासी प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्री जगदिश प्रसाद कुसियैत लगायतका रहनुभएको थियो । उहाँहरुले आरक्षको जंगली हात्तीको बथानले दैनिक ग्रामीण क्षेत्रमा प्रवेश गरेर घर भत्काई भण्डारण गरेको अन्न खाइदिनुका साथै लत्ता कपडा र भाँडाकुँडासमेत नोक्सानी गर्दै केही नागरिकको अकालमै ज्यान समेत लिने गरेको स्थानीय बासिन्दालाई स्वतन्त्रपूर्वक बाच्न समस्या भएकाले मूख्यमन्त्री सहित संघीय सरकारसँग हात्ती रोक्ने उपाय खोजी समाधान गरिदिन आग्रह गर्नुभएको थियो ।
त्यस आग्रहको हप्ता नलाग्दै सुनसरीको कोशी गाउँपालिका ५ श्रीपुरका २६ वर्षिय प्रमोद कुमार यादव गहुँमा पानी लगाउने क्रममा हात्तीको आक्रमणमा परी ज्यान गुमाउनुभयो । पालिका अध्यक्ष ऐयुव अंसारी र मन्त्रीको आग्रहको कार्यान्वयन हुने नहुने र सुन्ने नसुन्ने कुराको बारेमा स्थानीयमा एककान दुईकान हुदै मैदान भएको बेला मंसिर २८ यादवको हात्ती आक्रमणमा परि ज्यान गयो । सुनसरी तर्फ कोशी गाउँपालिकाको प्रकाशपुर, मधुवन, पश्चिमकुशाहा, हरीपुर र श्रीपुर टोलमा बढी हात्तीको आतंक छ । यहाँका हात्तीपीडित परिवारलाई भेट्न पुग्नुभएका मन्त्री देखी अध्यक्षसम्मलाई हात्ती, अर्ना र आरक्ष पीडित परिवारले आरक्षबाट निस्कने हात्ती नियन्त्रण गर्न र गाउँ छिर्ने क्षेत्रमा बलियो विद्युतीय तारबार वा आरसिसि ढालन सहितको उपाय गरिदिन माग गर्दै आएका छन् । यसरी माग गरेको वर्षौ वित्दा सुनुवाई भएको छैन भने अर्को तिर आतंक जारी रहेकाले नागरिकहरु तनावमा छन् । “दैनिक हात्तीले बस्तीमा प्रवेश गरेर नोक्सानी पु¥याउन थालेपछि सास्ती खेप्न बाध्य छौँ”, स्थानीय तेजनारायण यादवले भन्नुभयो, “रातभर जाग्राम बस्नु परेको छ, ताल पर्दा सुतेको विहान कोही आफन्त वा गाउँलेलाई हात्ती र अर्नाले मारेको सुन्नुपरेको छ ।” केहीले कोशी क्षेत्रमा राति जाग्राम बस्दा दिउँसो सुत्नुपर्छ, त्यसैले मजदुरीमा जान नपाउँदा कतिपय मुसहर र दलित तथा विपन्न परिवारले भोकै बस्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । हात्तीको बथान हिंस्रक हुन थालेका घर भत्काउँदा मानवीय क्षति हुने सम्भावना प्रवल रहेको छ , त्यसमाथि बाटोमा रहेकालाई समेत लखेटेर मारी दिएको अवस्था पनि छ । यसको समाधान गरिनुपर्ने र हात्तीले घर भत्काएका परिवारका घर पुनः निर्माण गरिनुपर्ने माग, मृतकलाई २० लाख रुपियाँ क्षतीपुर्ती दिनुपर्ने माग समेत स्थानीयले तेर्साएका छन् ।
गाउलेका अनुसार विगतमा आरक्षको मध्यवर्ती क्षेत्रमा पर्ने स्थानमा १४ किलोमिटर विद्युतीय तारबार गरिदिएको चार वर्ष नवित्दै प्रभावहिन बनेको छ । हात्ती पीडित परिवारले उठाएका माग पूरा गर्नका लागि सक्दो पहल गर्ने प्रदेश मन्त्री कुसियैत सहित मूख्यमन्त्री राईले प्रतिबद्धता व्यक्त गर्नुभएको छ तर कार्यान्वयमा स्थानीयले आशंका गरेका छन । य
आरक्षमा रहेको जनावरको असर गाउँमा के छ ?
सामान्य रुपमा हेर्दा प्रदेश १ को प्रवेशद्धारमै पर्ने पर्यटकीयहरुको गनतब्य कोशीटप्पु बन्यजन्तु आरक्ष अहिले हाती आतंकले नागरिक हैरान भएका छन् । मात्तिएको हात्ती बस्तीमा पसेर वर्षेनी मानिसको ज्यान लिन थालेपछि नागरिकमा त्राससगै निरासा छाएको छ । अहिले कोशीटप्पु आसपासमा जनता हात्तीकै कारण आजित भएका छन् । एक वर्षेभरी खाने अन्नपात मात्र हैन मानिसको ज्यानै लिने डरले सर्वसाधरण आतंकित छन ।
बालीनालीका लागि मुख्य समस्या अर्ना र हात्ती छदैछ त्यसमाथि मानिसलाई समेत बाकी नराखने भएकाले समस्या देखिएको छ । अर्ना हात्तीसगै यहाँ बँदेल र जंगली गाईले पनि बालीनाली खाएर चौपट पार्ने गरेको स्थानीयहरु बताउछन् । किसान भन्नछन‘बालीमा लगानी लगायो, अर्ना, हात्ती र बँदेलले खाएपछि कोशी आसपासका जनताले वर्षेनी गुनासो गर्नुको विकल्प छैन । न सरकारले सुन्छ न त जंगली जनावरले हैरानी दिन छाडेको छ न यसलाई कोही सरोकारबालाले गम्भिरता रुपमा नै लिएको छ ।
दिनभर रातभर हात्तीको त्रासमा बस्ने सर्वसधारणहरुको पीडा नमज्जाको छ तर सरकारी पक्षले विकल्प समेत नखोजेर लाचारीपन देखाईनै रहन्छ । कोशीमा दुई दजर्न सर्वसाधरण हात्ती आक्रमणबाट ज्यान गुमाईसकेका छन भने दश वर्ष यता कोशी टप्पु वन्य जन्तु आरक्षमा ७ वटा जंगली हाती मरिसकेका छन् ।
आरक्ष क्षेत्रमा १० देखि १५ वटा जंगली हाती भएको रहेको आरक्ष प्रशासन जानकार रहेको छ । मानव र वन्य जन्तुबीच दुरी बढ्दै जादा उनीहरुका लागि संकट सृजना हुदैछ हातीलाई संरक्षण गर्न वन जोगाउने र उनीहरुलाई खानेकुराको व्यवस्था गरिनुपर्छ । खानेकुरा अभाबकै कारण हात्ती गाउ पसेर विध्वसं मच्चाईरहेको प्रष्ट छ । नेपालमा कुल २०० देखि २२५ वटा जंगली हाती छन् ।
कोशी टप्पुमा १० देखि १५ वटा हाती रहेकोमा भारतबाट झापाको बाहुन डागीमा सयौवटासम्म आउने गरेका छन् । एकातिर हाती मरेर क्षती भइरहेको छ । अर्काेतिर हातीले सर्वसाधाणको घर भत्काउने तथा अन्नबाली नोक्सानी पुर्याउने र ज्यानै लिने गरेको छ । ‘हातीका लागि बासस्थान घटीरहेको छ, मान्छेको संख्या बढीरहेको छ,’ ‘वन फडानीसँगै हातीको चरिचरन क्षेत्र घट्दो छ । अनि हाती हिड्ने कोरिडोरमै मान्छेले घर बनाएर बस्न थाले, जसले गर्दा मानिस र वन्य जन्तुबीच द्धन्द्ध बढ्दा दुबै असुरक्षित हुने क्रम पनि बढेको छ ।
आर्थिक वर्ष २०७४÷०७५ मा छ जनाको मृत्यु भएको थियो । हातीको आक्रमणबाटै आर्थिक वर्ष २०७३÷०७४ को अवधिमा पनि छ जनाकै मृत्यु भएको थियो । कोशी टप्पु वन्य जन्तु आरक्ष तथा आसपासका क्षेत्रमा घुम्ने सबै भाले हाती रहेका छन् । ‘जहाँ ढोइ हाती (हजुरआमा) हुन्छ, त्यसले गु्रपको नाइकेको भूमिका खेल्छ,’ कोशी टप्पु वन्य जन्तु आरक्ष प्रशासन स्वीकार गर्छ । कोशी टप्पु क्षेत्रमा एउटा मकुना हाती रहेको छ । यो हातीले अरुभन्दा बढी विध्वंस मच्चाउने गरेको छ । जसका कारण वर्षेनी कोशी आसपासका जनताले ज्यान गुमाउनु परेको छ । आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८६५ घर परिवारका ८४ हजार ४२३ जना नागरिक बसोबास गर्छन् ।
मध्यवर्ती क्षेत्रका किसानले धान, मकै, उखु र केरा खेती लगाउने गर्छन् । यी चारैवटा बाली हात्तीका लागि रुचीको आहरामा पर्छन् । आरक्ष क्षेत्र सुनसरी, सप्तरी र उदयपुर गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । यसरी सर्वसाधरण जनतालाई असुरक्षा महसुस भईरहेको स्थानमा सरकारले उचित समाधान खोज्नुको विकल्प छैन ।
आरक्षको आतंक नियन्त्रण गर्न सरकारी तयारी के छ ?
सुनसरीको बराहक्षेत्र नगरपालिकाको प्रकाशपुरदेखि कोशी गाउँपालिकाको श्रीपुरसम्म १४.७ किलोमिटर विद्युतीय घेराबेरा(सोलार फेन्सी) गरेपनि हातीले घेराबेरा नजिकैको सुकेको रुख लडाएर घेराबेरा बिग्रारी गाउँ प्रवेश गर्ने गरेका छन् । रेडियो कलर लगाउँदा हाती जहाँ जहाँ जान्छ इन्टरनेटको माध्यमबाट हेर्न सकिन्छ, गाउँ प्रवेश गर्नासाथ तत्काल रोक्न सकिन्छ । यो गरेको कार्यपनि प्रभावहिन छ । आरक्ष सुरक्षार्थ नेपाली सेनाको गस्ती भईरहेको छ । स्टोन बालको कुरा अगाडी बढाएको छ । प्राविधिक टोलीहरु बेलाबेलामा अनुगमन गर्ने र परीक्षण गर्ने गरेको छ तर त्यो खाना र भत्ता अनि भाषणमा सकिएको अवस्था छ । कोशी टप्पु वन्य जन्तु आरक्ष क्षेत्र आसपासका मध्यवर्ती क्षेत्रमा अहिले एउटा माकुने हात्तीले बढी विध्वंस मच्चाउँदै आएको छ यहाँ आरक्ष प्रशासनका अनुसार ३ देही ५ वटा रैथाने हाती रहेका छन् । आरक्षमा हातीसँगै अर्नाको आक्रमणबाट पनि सर्वसाधारणको ज्यान जाने गरेको छ । २०६६ सालयता अर्नाको आक्रमणबाट मात्र १३ जनाको मृत्यु भइसकेको छ । भने आर्थिक वर्ष ०७४ देखी हालसम्म हात्तीको आक्रमणबाट मात्र ८ जनाको मृत्यु भइसकेको आरक्षको तथ्यांक रहेको छ । यता माकुना बोलाएको दावी बाहिर आएपछि चितवनबाट प्राविधिक टोलीले त्यसबारेमा अध्ययन थालेको आरक्षका संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिनुभयो ।

 

लेखक गोरखापत्रक इनरुवा समाचारदाता हुन् ।