इनरुवा नगरपालिकको १० नम्बर वडा कार्यालयमा चोरी
२८ कार्तिक २०७७, शुक्रबार १५:०७
इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकको १० नम्बर वडा कार्यालयमा चोरी भएको छ । रातीको समयमा आएको चोरले कार्तिक २७ गते बिहीवार नगद चोरेको हो । राती अन्दाजी रातको दुई बजेको समयमा गेटको तल्चा तोडि भित्र प्रवेश गरि विभिन्न कागजातहरु नष्ट गरेर दाराज समेत फुटाई नगद ७५ हजार ३० रुपियाँ राजस्वको रकम चोरी गरि लगेको वडा कार्यालयले जनाएको छ । चोरी भएकाले जिल्ला प्रहरी कार्यलय सुनसरी र सम्बन्धित निकायहरुलाई चोरो खोजी तथा घटनाको छानविन गरि दोशीलाई कार्वाहीको लागि अनुरोध गरेको इनरुवा १० का वडा सचिव दिगम्बर यादवले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया