भारतबाट हिँड्दै आएका ८ जना प्रहरी नियन्त्रणमा
१० बैशाख २०७७, बुधबार ११:३२
इनरुवा । भारतको अररिया जिल्लाबाट हिँड्दै आएका सुनसरीका ८ जनालाई सीमा प्रहरी चौकीले बर्जु गाउपालिकाको अमडुवा सिमा क्षेत्रबाट सोमबार राती नियन्त्रणमा लिएको छ । दुहवी नगरपालिका वडा नं. १२ वडामा घर रहेका ८ जना लामो समय देखि भारतको अररीया क्षेत्रमा लकडाउनका कारण आफन्तकोमा बस्दै आएको थियो ।
उनीहरु लामो समय भएपछि घर डिड्दै आईरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका ८ जना मध्ये ६ जना महिला र २ पुरुष रहेको सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोख्रेलले बताउनुभयो ।
नियन्त्रणमा लिएका ८ जना दुहवी नगरपालिकामा रहेको क्वारेन्टाइनमा राखिएको र उनीहरुको स्वाव संकलन गरि परीक्षणका लागि विराटनगर स्थित रहेको अस्थायी कोरोना अस्पताल लगिएको दुहवी नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक उचितनारायण शाहले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया