यातायात व्यवसायीकाे आन्दाेलन स्थगित, सार्वजनिक यातायात बन्द नहुने – Nagarikabhiyan : National News

यातायात व्यवसायीकाे आन्दाेलन स्थगित, सार्वजनिक यातायात बन्द नहुने

इटहरी / प्रदेश १ का सार्वजनिक यातायात व्यवसायीहरूले आन्दाेलन स्थगित गरेका छन् । आइतबारबाट प्रदेश भरका सार्वजनिक यातायात अनिश्चितकालीन रुपमा बन्द गर्ने निर्णय गरेकाे सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, प्रदेश १ ले आइतबार नै एक विज्ञप्ति निकाल्दै आन्दाेलन स्थगित भएकाे जानकारी दिएकाे छ । सार्वजानीक यातायात केन्द्रिय महासंघ नेपालकाे निर्देशन र सुभ दिपावलिमा सर्वसाधारण नागरीकहरु असुविधा हुने भएकाले बन्द स्थगन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी विज्ञप्तिमा भनिएकाे छ “व्यावसाय मित्रको कृतत्व माफीयाहरुको घुसपेठको कारण केही व्यावसाय साथीहरुलाई भ्रम र गुम्राहामा राखी यातायात व्यावसायहरुको तमाम मागलाई पुरा हुन नदिई व्यावसायी र मजदुर कै नोक्सान हुने गरी व्यावसायी-व्यावसायी विच र मजदुर- मजदुर विच नै द्वन्द गराउने चलखेल भएको कुरालाई मध्यनजर गर्दै स्थगन गरिएको छ ।” यसैबिच केन्द्रिय महासंघले मागकाे बिषयमा केन्द्रिय सरकार सँग पहल गर्ने प्रतिवद्धता जनाएपछि स्थगित गरिएकाे महासंघ नेपाल, एक नम्बर प्रदेशका महासचिव रमेश खत्रीले बताए ।