इनरुवाकी कोरोना संक्रमित महिलाको मृत्यु, इनरुवामा मर्नेको संख्या दुई पुग्यो
१७ आश्विन २०७७, शनिबार १६:२२
इनरुवा, असोज १७ गते । सुनसरीको सदमुकाम इनरुवामा फेरी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा इनरूवा ४ की एक कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । सनिबार कोरोनाले मृत्यु हुनेमा इनरूवा ४ की २८ वर्षीय महिला रहको प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार असोज ८ गते कोरोना संक्रमण पुष्टि भइ प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा उपचाररत ति महिलाको सनिबार बिहान ४ ः ३० मा मृत्यु भएको हो । मृतक महिलामा कुनैपनि दिर्घरोग नदेखिएको डा. श्रेष्ठले बताउनुभयो । यस अघि इनरुवा ४ कै ४९ वर्षीया महिलाको पनि कोरोनाको कारणले मृत्यु भएको थियो । यहाँ कोरोनाले मर्नेको संख्या दुई पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया