सामाजिक सेवा दिवशमा विपन्नलाई सहयोग र सम्मान – Nagarikabhiyan : National News

सामाजिक सेवा दिवशमा विपन्नलाई सहयोग र सम्मान

इनरुवा । हिदायत ऐजुकेशनल एण्ड वेलफेयर ट्रष्ट नेपाल इनरुवा २ सुनसरीको आयोजनामा ४१ औं सामाजिक सेवा दिवशमा विपन्नलाई सहयोग र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

सुनसरी सदरमुकाम इनरुवा ९ बबियाका विपन्न र गरिब परिवारलाई सहयोग तथा सम्मान गरेको ट्रष्टले जनाएको छ । यहाँका १० जनालाई सहयोग र सम्मान गरेको संस्थाले जानकारी दिनुभयो । कार्यक्रममा मानव अधिकार सञ्जाल सुनसरीका संयोजक ट्रष्टका अध्यक्ष मोलाना हारुन खान, मोलाना ऐयुब खान सहितको सरोकारबालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन हजरत हुसैनले गर्नुहुदै सम्मान र सहयोग हस्तान्तरण अथितिहरुले गर्नुभएको थियो ।