मञ्चको जेठोसँग कान्छो स्रष्टाको छैटौं शृंखला सम्पन्न – Nagarikabhiyan : National News

मञ्चको जेठोसँग कान्छो स्रष्टाको छैटौं शृंखला सम्पन्न

विराटनगर ।  विराट आदर्श साहित्य मञ्चको आयोजनामा आज विराटनगरमा जेठोसँग कान्छो स्रष्टाको छैटौं शृंखला सम्पन्न भएको छ ।
विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा भएको कार्यक्रममा तीन पुस्ताका साहित्यकारले आ–आफ्ना सिर्जना वाचन गरेका थिए । अग्रज कविसमेत रहनु भएका प्राज्ञ विवश पोखरेल, गजलकार विवश बलिभद्र कोइराला र दीपा वाग्लेले आ–आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो । वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका सल्लाहकार इन्द्र राई, भुवन नेपाललगायतलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।