लैंगिक हिंसाविरुद्धको अभियानलाई गाउँसम्म पुरयाउनुपर्छ: यादव – Nagarikabhiyan : National News

लैंगिक हिंसाविरुद्धको अभियानलाई गाउँसम्म पुरयाउनुपर्छ: यादव

विराटनगर ।  प्रदेश–१ का सामाजिक विकासमन्त्री जयराम यादवले लैंगिक हिंसाविरुद्धको अभियान गाउँ–गाउँमा पु¥याउनुपर्नेमा जोड दिएका छन् ।
सामाजिक विकास मन्त्रालयले विराटनगरस्थित देवकोटा चौकमा बिहीबार आयोजना गरेको लैंगिक हिंसाविरुद्धको १६ दिने साझा अभियानको शुभारम्भ गर्दै मन्त्री यादवले लैंगिक हिंसा विरुद्धको अभियानलाई गाउँ–गाउँमा पु¥याउन सके लैंगिक हिंसा अन्त्य गर्न सकिने बताए । सरकारले मात्रै अभियान सञ्चालन गर्दैमा लैंगिक हिंसा अन्त्य गर्न कठिनाई हुने भएकाले आ–आफ्नो तहमा सबै निकायले अभियान सञ्चालन गर्नुपर्नेमा उनको जोड दिए ।
“लैंगिक हिंसा अन्त्य गर्न सबैले आफ्नो ठाउँबाट काम गर्नुपर्छ,” उनले भने, “यो अभियानलाई गाउँ–गाउँ र घर–घर पु¥याउन सके अवश्य पनि लैंगिक हिंसामा कमी आउनेछ ।” निरन्तरको अभियानले लैंगिक हिंसा सधैंका लागि अन्त्य गर्न सकिने उनले बताए । ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ अभियान सुरुवात गर्दै आज विहान विराटनगरमा प्रभातफेरी निकालिएको थियो । प्रभातफेरिमा सामाजिक विकासमन्त्री यादव, राज्यमन्त्री विष्णु तुम्बाहाम्फे, विभिन्न सामाजिक संघ–संस्थालगायतको प्रभातफेरीमा सहभागिता रहेको थियो । देवकोटा चौकबाट सुरु ¥यालीले बजार परिक्रमा गरि पुन ः देवकोटा चौकमा आएर समापन भएको थियो ।