गरिमाको रक्तदानमा ६० पिन्ट रगत संकलन
७ मंसिर २०७८, मंगलवार १५:४३
विराटनगर । गरिमा विकास बैंक को १५ बार्षिकोत्सवको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
बैंकको विराटनगरस्थित शाखा कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बैंकका कर्मचारी तथा सर्वसाधारणले रक्तदान गरेका थिए । आज आयोजना गरिएको रक्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको गरिमा विकास बैंक विराटनगरका कर्जा शाखा प्रमुख नन्दकिशोर यादवले जानकारी दिए । गरिमाले देशका प्रमुख सहरहरूमा वित्तीय सेवा पु¥याउँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया