भन्सार छलीको समान बरामद – Nagarikabhiyan : National News

भन्सार छलीको समान बरामद

इनरुवा । जिल्ला प्रहरी कार्यालयले भन्सार छलीको समान बरामद गरिएको छ । विभिन्न ईलाकाहरुमा गस्ति गर्दै जाने क्रममा नेपालबाट भारत तर्फ र भारतबाट नेपाल तर्फ भन्सार छली गरी लैजादै गरेको बेवारिसे अवस्थामा भन्सार छलीको सरसमानहरु बरामद गरीएको हो । प्रहरीले बरामद गरेको विभिन्न सरसमानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सेतुबन्ध सुनसरीमा बुझाईएको जनाएको छ ।

प्रहरीका अनुसार बरामद गरिएको समानहरुमा टेवुल पंखा २ सेट ,ताल्चा ३० पिस, लेडिज ब्रा १२ पिस, बच्चाको अण्डर पेन्ट ७० पिस, बिभिन्न किसिमका कस्मेटिक सामानहरु सुट(कुर्था) ६ पिस , ब्लाउज कपडा ४ थान, लुंगी ८ पिस , कुर्था १२ पिस, खैनी ३२० के.जी., खुर्सानी १६ के.जी., बिडी १८ के.जी., धनिया १६ के.जी., सलाई ४ के.जी., चिनी १४० के.जी., खाद(मल) ३ बोरा , खाने तेल ३३ लिटर र राज निवास ५ के.जी रहेको छ ।