भोक निवारण अभियानले राहत वितरण गरे – Nagarikabhiyan : National News

भोक निवारण अभियानले राहत वितरण गरे

सुनसरीको गढी गाउँपालिकामा आएको बाढीले दर्जन बढी घर परिवार डुबानमा परेकाले भोक निवारण अभियानले राहत वितरण गरेको छ । यहाँ बाढी पीडितहरुलाई विभिन्न साथीभाई तथा मित्रहरूहारुको सहयोगमा राहत वितरण गरेको हो । गढी ३ र ४ छिटाहाको गाउँटोलको केही घरमा चुलो बाल्न समस्या भएकाले साना बालबाच्चाहरुको भोको पेटलाई ध्यानमा राखेर केही खाध्यान घरमै पुर्याएको युवा निरज यादवले बताउनुभयो । यादवका अनुसार हाम्रो त्यो गाउँको पीडितपरिवार निकै दुःख कष्टमा परेको देख्दा, सुन्दाहेर्दा भावुक भएकाहरुले भोकनिवारण अभियान चलाएको हो ।