प्रदेश १ मा नयाँ सङ्क्रमितभन्दा निको हुने झन्डै तेब्बर – Nagarikabhiyan : National News

प्रदेश १ मा नयाँ सङ्क्रमितभन्दा निको हुने झन्डै तेब्बर

विराटनगर । प्रदेश १ बाट १ हजार ४४२ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ६०९ महिला र ८३३ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ४६३ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कोरोना मुक्त हुनेको संख्या ४६ हजार ३४१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ५७३ जना कोरोना सङ्क्रमित थपिएका छन् । सुनसरीमा १६८, मोरङमा १४४, झापामा १२५, उदयपुरमा ५५, संखुवासभामा ४९, धनकुटामा ७, इलाममा ३, तेह्रथुम र भोजपुरमा २–२, पाँचथर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।