यस्तो छ प्रदेश १ को नीति तथा कार्यक्रम
२७ जेष्ठ २०७८, बिहीबार १७:२०
मोरङ। प्रदेश १ सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक भएको छ। प्रदेश प्रमुख सोमनाथ अधिकारीले स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणमा केन्द्रित गर्दै लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
प्रदेश १ सरकारको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रणका लागि विभिन्न योजना समेटिएका छन्। जनस्वास्थ्य, अस्पताल, स्वास्थ्य केन्द्र, सरसफाइ र पोषणसँग सम्बन्धित कार्य प्रदेश सरकारको मुख्य प्राथमिकतामा राखिएको छ।
यस्तै आउँदो वर्ष थप पाँच जिल्लामा बहुपक्षीय पोषण कार्यक्रम पूर्ण रूपमा सञ्चालन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ।
विद्यालय शिक्षाको स्तरोन्नति गर्ने, प्राविधिक शिक्षालाई प्रोत्साहित गर्ने, स्थापित विश्वविद्यालय, महाविद्यालयलाई सबलीकरण गर्ने कार्यलाई पनि निरन्तरता दिइने बताइएको छ। लोकपाटी न्यूज बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया